English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

पहिरो र विज्ञको बिगबिगी, छैन रोकथाम र सचेतना !

टुरशाला by टुरशाला
जेष्ठ ६, २०८१
in समाचार
A A
0
38
SHARES
  • राजु झल्लु प्रसाद, प्रेम बास्तोला

काठमाडौं । प्रभावको आधारमा पहिरो पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । शनिवार धादिङको धुनिबेंसी नगरपालिकामा भूप्रविधि समाज नेपाल (नेपाल जियोटेक्निकल सोसाइटी, एनजीएस) ले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘पहिरो जोखिम व्यवस्थापन: बुझाई, मनन र कार्यान्वयन’ नामक सचेतना अभियान कार्यक्रममा बोल्दै विज्ञहरूले यस्तो बताएका हुन् ।

बिहानी सत्रको कार्यक्रममा विज्ञहरूले नेपालमा पहिरोका कारण बर्सेनी तीन सय जना नेपालीहरूको अनाहकमा ज्यान गुमाइरहेको भएपनि सरकारले आवश्यक चासो नदेखाएको गुनासो गरे । उनीहरूले  पहिरो पीडित र पहिरो विज्ञबिच ठुलो दूरी रहेको, मुलुकभरका पहिरोको एकीकृत नक्सा नभएको एवं स्थानीय एवं प्राविधिक ज्ञानबिचको अलमलले पहिरो जोखिम बर्सेनी बढ्दै गएको र जनताले अगणित क्षति व्यहोर्नु परिरहेको बताए । पहिरो रोकथाम र न्यूनीकरणका लागि सरकारले गर्ने विकासे आयोजनाहरूमा पनि निर्माणपूर्व नै पहिरोको जोखिमबारे आवश्यक ध्यान दिन अत्यावश्यक भएको उनीहरूले बताए । विज्ञहरूले डोजरे विकासका कारण पहिरो आमन्त्रण गर्ने काम भइरहेको जिकिर गरे  ।

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले सरकारले अहिले जोखिम नक्शांकन गरेर पूर्वसूचना प्रणालीको विकास गरिएको बताए । उनले अहिले प्राधिकरणको तर्फबाट पहिरोबाट हुने क्षति कम गर्न पहिरो पूर्वसूचना प्रणालीको विकास गरिएको बताए । पहिरो पूर्वसूचना प्रणाली देशभरका १४ वटा जिल्लाहरूमा अहिले सञ्चालन भइरहेको र आगामी दिन अझै बिस्तार हुने उनले बताए । उनले भूकम्पको पूर्वसूचना प्रणाली सहज हुने भएपनि पहिरो कठिन हुने गरेको अनुभव सुनाए । उनले यस वर्ष ‘अभोभ एभ्रेज’ वर्षा हुने बताउँदै पहिरोको पूर्वतयारीको कार्य थालनी गर्नुपर्ने समेत बताए । बाढी पहिरोबाट घर र मानिसमा हुने क्षति (लस मोडलिङ) लाई आर्थिक रूपमा रक्षावरण गर्नेगरी बीमा पोलिसी निर्माण गर्नतर्फ पनि आफूहरू अग्रसर रहेको उनले सुनाए ।

यसैगरी, कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ डा. गङ्गालाल तुलाधरले सङ्घ, प्रदेश र स्थानीय सरकारले कुल वार्षिक बजेटको ५ प्रतिशत बजेट हरेक जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि छुट्याउनुपर्ने माग गरेको भएपनि सरकारले आफ्नो काम होइन भन्ने हिसाबले बेवास्ता गरिरहेको बताए । उनले कामप्रतिको दायित्व कम र कामलाई प्राथमिकतामा नराख्ने चलनले वर्षमा विपद्का कारण मानिसहरू मरिरहेको बाध्यता रहेको बताए । “हरेक सरकार अधिकारले सम्पन्न छन् तर कार्यान्वयन क्षमतामा नैतिक रूपमै खडेरी देखिन्छ”, उनले अगाडि भने, “पहिरो सम्बन्धी जनचेतना अभियानको रूपमा अगाडि लैजानुपर्छ, जो राजनैतिक दलदेखि सबै सरकारी निकायहरूले सुरु गर्न सक्छन् ।” डा. तुलाधरले पहिरो र भूकम्प मात्रै नभई वन डढेलो लगायतका विपद्जन्य घटनाहरू बढिरहेकाले  सो सम्बन्धमा पनि शिक्षक, विद्यार्थी, आमजनता, प्राविधिक सरह नै राजनैतिक दल जिम्मेवार बन्न आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा बोल्दै एनसेटका अध्यक्ष इन्जिनियर डाक्टर आमोदमणि दीक्षितले पहिरोको प्रत्यक्ष असर अर्बौँ रुपैयाँ रहेको र अप्रत्यक्ष असर धेरै रहेको बताए । भूकम्पविद् समेत रहेका दीक्षितले मुलुकको अर्थतन्त्रमा पहिरोको बिगबिगीका कारण मुलुकले ठुलो सङ्कट व्यहोरिरहेको बताए । “नेपालमा पहिरोको पनि बिगबिगी छ, प्राविधिकको पनि बिगबिगी छ तर, पहिरोलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा पीडितहरू समक्ष सचेतना पुर्‍याउन कठिन बनिरहेको छ”, उनले अगाडि भने, “पहिरो पीडित र पहिरो ज्ञानीहरू बिच ठुलो दूरी छ । जहाँ ज्ञान छ, त्यहाँ पहिरो छैन र जहाँ पहिरो छ, त्यहाँ ज्ञान छैन । फेरी, पहिरो सम्बन्धी डटेर लडिरहेको पुर्ख्यौली ज्ञानलाई विज्ञहरू चिन्दैनन् । हामीकहाँ यतिसम्म अवस्था छ कि, पहिरो पीडितलाई सम्मिलित नगराई निर्णय भइरहेका छन् । जसकारण हामीले पहिरोको वास्तविक हल पाउन सकिरहेका छैनौँ ।” ‘म जान्दछु, तपाई जान्नुहुन्न’ भन्दा पनि ‘हामी दुवै मिलेर जानौँ’ भन्न भावनाको विकास भएमा मात्रै पहिरोसँग आमजनता र सरकार एकसाथ लड्न सक्ने बताए ।

उनले ग्याविन वाल लगाउँदा पहिरोबाट जोगिन्छ भन्ने गलत कुराको प्रचार गरि त्यसैमा अनावश्यक पैसा लगाउने कार्य भइरहेको एवं वाल लगाउँदैमा पहिरो नरोकिने दाबी गरे । उनले पहिरो व्यवस्थापन प्राविधिक पक्ष रहेकाले र यसको प्रभाव सामाजिक रहेकाले सरकारले पहिरोको बहुआयामलाई बुझ्नुपर्ने बताए । डा, दीक्षितले नेपालसँग पहिरो व्यवस्थापन एवं न्यूनीकरणका आर्थिक कठिनाइ भएतापनि अनुशासनको अभाव भएको बताए । “पहिरोसँग लड्न पैसा भन्दा पनि मन, मुटु चाहिन्छ, जो हामीसँग छैन”, उनले भने ।

यसैगरी, प्रा. डा. नेत्रप्रकाश भण्डारीले पानी र पहाड भएपछि पहिरो जाने बताउँदै बाटोको वरपर मात्रै पहिरो जाने भन्ने गलत भाष्य सिर्जना भइरहेको बताए । उनले पहिरोको जोखिम कुन ठाउँमा छ र कुन ठाउँमा छैन भन्नेबारेमा जनस्तरमा ज्ञान पुर्‍याउन आवश्यक रहेको औँल्याए । आफू बस्ने ठाउँ जोखिममा छ वा छैन भन्नेबारेमा सबैले जानकारी पाउनु अनिवार्य भएको समेत बताए ।

कार्यक्रममा बोल्दै विपद् विज्ञ गोपीकृष्ण बस्यालले कुन ठाउँ, कस्तो ठाउँमा सँगसँगै कति समय अन्तरालमा पहिरो जान्छ भनेर विद्यालय, समुदाय हुँदै स्थानीय तहसम्म पहिरोबारे बुझाई व्यापक गराउनुपर्ने बताए । “स्कुल लेभलबाटै यो काम थाल्यौँ भने हामीले पहिरोबाट भइरहेका सबैखाले क्षतिमा कमी ल्याउन सक्छौँ”, उनले भने । 

यसैगरी, स्क्याफ नेपालका ठाकुरप्रसाद नेपालले मुग्लिङ-नारायाणघाट सडकखण्डको सर्भे इन्जिनियरको रूपमा काम गर्दा भर्टिकल स्लोप कटानले जोखिम निम्ताएको पाएको आफ्नो अनुभव साझा गर्दै हाल निर्माणाधीन पृथ्वी राजमार्गलाई नदी तटबाट उकास्ने काम भइरहेको बताए । “स्लोपलाई नछुने बरु रिभर साइड तिर गइरहेका छौँ । नागढुंगा- मुग्लिङ सडकखण्डमा पहिरो जोखिम कम गर्न यसो गरेका हौँ”, उनले भने । 

यसैगरी, थर्ड पोल मिडियाका नेपाल सम्पादक रमेश भुसालले हामी देशको सौन्दर्यको बखान गरिबस्ने तर आफ्नो भूगोललाई नचिन्ने महारोगले ग्रसित भएको बताए । उनले मान्छेले अन्य जनावरको तुलनामा अभूतपूर्व विकासको गति लिएको तर मति बिगारेको बताउँदै भने, “पृथ्वीको इतिहासमा यति छोटो समयमा (२५० वर्ष यता) एक डिग्री तापक्रम बढाएका छौँ, जुन यसअघि कुनै पनि जातिले गरेको थिएन । जुन तहमा हामीले पृथ्वीको दोहन गरेका छौँ, यो डरलाग्दो छ । हामीले हाम्रो दोहन, दमन र घमन्ड रोक्न आवश्यक छ”, उनले भने  । कम दोहनसहितका विकास कार्य गरेमा मात्रै हामी सुखी हुने उनले बताए । “हामी धनीभन्दा पनि सुखी हुने दिशामा अघि बढौँ”, उनले भने । 

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा पूर्व मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले डोजरे विकास र टोलटोलमा बाटो लगेर पहिरोलाई आमन्त्रण गर्ने काम भइरहेको बताए । उनले नेताहरूले समस्या समाधान र विकासका कुराहरूमा आवश्यक चासो ध्यान दिन नसक्दा पनि  समस्या  यथावत् रहेको समेत बताए । “यहाँ म आज पहिरो रोकथाम सम्बन्धी कार्यक्रममा आएको छु, एकछिनपछि पहिरो निम्ताउने सडक उद्घाटन समारोहमा पुगिरहेको हुन्छु । हामीमा नै व्यापक समस्या छ”, उनले भने ।

धादिङको सांसद समेत रहेका पाण्डेले विकासका नाममा जथाभाबी डोजर लगाउने काम तत्काल रोक्नु पर्ने माग राखे ।  विकासे निर्माणका योजनाहरू थाल्नुअघि ती स्थानहरू पहिरो लगायतका विपद्का हिसाबले कत्तिको जोखिम छ भन्ने कुराको अध्ययन गरि सो को निराकरण गर्न आवश्यक रहेको उनले बताए । पुरानै पाराले जथाभाबी गरे पहिरो क्षति थामिनसक्नु हुने बताए । उनले हरेक विकास निर्माणका कार्यमा वातावरण संरक्षणलाई प्राथमिकीकरण एवं प्रमुख महत्त्व दिनुपर्ने दायित्व रहेको बताए । विपद् न्यूनीकरणका लागि सचेत गराउने काम कम हुँदा पनि समस्या बढिरहेकाले सचेतनाका कामहरू राज्यका तीन तहका सरकारहरूले गाउँ—गाउँ पुर्‍याउनु पर्नेमा जोड दिए । साथै, उनले पहिरो जोखिमसम्बन्धी पाठ्यक्रम तयार गर्न र त्यसलाई विद्यार्थीसम्म पुर्‍याउन आफूले नीतिगत पहल थाल्ने बताए ।

कार्यक्रमको अध्यक्ष एवं धुनिबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागरिकका अनेकन् समस्या  प्रत्यक्ष देख्ने, सुन्ने र अनुभूति गर्ने सरकारका रूपमा स्थानीय सरकार भएपनि स्थानीय सरकार नै धेरै समस्या रहेको बताए । उनले स्थानीय सरकारको अप्ठ्यारो बुझ्ने सरकार केन्द्रमा बन्न नसकेकाले स्थानीय सरकार समस्या परिरहेको उनले बताए  । उनले केन्द्रले स्थानीय सरकारलाई पठाउने जम्मा १२ प्रतिशत बजेटमा पनि अनेकन् बहानबाट आर्थिक वर्षको अन्तिममा आएर काट्ने कार्यले स्थानीय जनप्रतिनिधिलाई समस्यामा पार्ने काम गरेको बताए । उनले पहिरो लगायतका विपद् व्यवस्थापन, न्यूनीकरण, नियन्त्रण, उद्धार र राहतमा केन्द्रीय सरकारले खासै काम नगरेको दाबी गरे । 

मेयर आचार्यले केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वयको पहल गर्न आवश्यक नठानिरहेको बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसक्दा कानूनमा लेखिएको कुरा पनि स्थानीय सरकारले प्राप्त र उपयोग गर्न  पाएको छैन । “एकातिर ३०० घरलाई पानी खुवाउन परिरहेको छ, अर्कोतिर पहिरोको उच्च जोखिममा रहेका पाँच घरलाई पनि बचाउनु परेको छ । केन्द्र बजेट र विज्ञ उतै लिएर बस्छ, समस्या जति हामीकहाँ छ”, उनले अगाडि भने, “हामी सिकाइ मात्रै रहेका छौँ, गरिरहेका छैनौँ ।”  

उनले पहिरो लगायतका विपद्का विज्ञहरू काठमाडौंमै रमाउने र पहिरो पीडितहरू गाउँघरमै ज्ञान नभई अनाहकमा ज्यान गुमाइरहनु पर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । भूप्रविधि समाजले आफ्नो स्थापना दिवसमा काठमाडौं बाहिर निस्केर पहिरोले बढी सताइएको धुनिबेशी नगरपालिकाको विद्यालय परिसरमा आएर सचेतनामूलक कार्यक्रम राखेकोमा उनले आभार समेत व्यक्त गरे । 

नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले सही ढङ्गले जमिनको उपयोग नगर्दा र विकास निर्माणको क्रममा लापरवाह बढ्दै गएकाले पहिरोको बारेमा व्यापक जनचेतना अभिवृद्धि गर्नका लागि बिहानी कार्यक्रम समुदायस्तरमा गरिएको बताए । पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन)) एवं पहिरोबाट बच्न पूर्व तयारीका साधनाहरू प्रदर्शित गरिएको थियो ।

Share15Tweet10Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
बाढी र पहिरो जस्ता भू-खतराबाट बच्न विद्यालय स्तरबाटै पाठ्यक्रम लागू गर्न माग

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions