काठमाडौं । कवि विजय लुइटेलको कविताहरूको संग्रह ‘समयका खुकुला चप्पल’ प्रकाशित भएको छ ।
संग्रह लुइटेलले स्वयं प्रकाशित गरेका हुन् । “कविता संग्रह लिएर धेरै प्रकाशक गृहहरूकहाँ गएँ, सन्तोषजनक अवस्था पाइनँ”, उनी अगाडि भन्छन्, “कवितासंग्रह र त्यसमाथि पनि मजस्तो चर्चामा नआएकालाई प्रकाशन गृहले राम्रो व्यवहार गर्दैन रहेछ । नेपालका प्रकाशन गृहप्रति विरोध जनाउँदै मैले आफैंले आफ्ना कविताहरू प्रकाशित गरेको हुँ”, उनले भने ।


विजय भन्छन्, ‘हरेक प्रकाशन गृहले मलाई कविताको बजार नभएको’ मात्रै बताए । कति प्रकाशन गृहले त कवितानै नपढी यति सम्म खर्च लाग्छ पनि भनेँ । कवितासंग्रह र त्यसमाथि पनि मजस्तो चर्चामा नआएकालाई प्रकाशन गृहले खासै स्वागत गरिहाल्दो रहेनछ ।”
लुइटेल कविताको बजार छैन भन्ने कुरा एक कविलाई स्विकार्न मन नलाग्ने बताउँछन् । “मैले पनि स्वीकार्न सकिन । सोचेँ संसार कहाँदेखि कहाँ पुगिसक्यो ? मानिसहरुले विदेशमा अनलाइन मार्फत त कविता प्रकाशन गरिरहेका छन् भने मैले त्यसो किन नगर्नु ? नेपालका प्रकाशन गृहप्रति असन्तुष्टि जनाउँदै मैले आफैंले आफ्ना कविताहरू प्रकाशित गरेको हुँ”, उनले भने ।
“अब कविता सङ्ग्रह समयका खुकुला चप्पल पाठकहरुको पनि भयो । कविले गाली र ताली दुवैलाई समान रुपले हेर्छु भनेर आफैसँग कसम खाएको छ”, लुइटेलले कवितासंग्रह प्रकाशित भएको खबरसहित सामाजिक सञ्जालमा लेखेका छन् ।
संग्रहमा ६० वटा कविताहरू रहेका छन्, जसलाई ४ भागमा विभाजित गरिएको छ । पहिलो खण्ड जिजिविषामा २४ वटा कविता, दोस्रो खण्ड प्रेममा २२ वटा कविता, तेस्रो खण्ड देशमा ५ वटा कविता र चौथो र अध्यात्म खण्डमा ९ वटा कविताहरू रहेका छन् ।
किताब यात्रा मार्फत यस संग्रह पाठकले प्राप्त गर्ने सक्ने लुइटेलले बताएका छन् । “किताब यात्राले मूल्य रु. २५० मा १० प्रतिशत छुटसहित समयका खुकुला चप्पललाई तपाईको घरसम्मै पुर्याउने भएको छ”, उनले भने ।


संग्रहमा कवि राजु झल्लु प्रसाद र अग्रज गजलकार जीवनपानीको भूमिका रहेको छ ।






























































Discussion about this post