सोलुखुम्बुः विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा पर्यटक भित्रिन थालेका छन। अहिले खुम्बुमा विदेशी पर्यटकहरु समेत फाट्टफुट्ट देखिन थालेको तेन्जीङ हिल्लारी विमानस्थल लुक्लाका बरिष्ठ अधिकृत किरण गौतमले जानकारी दिए पर्यटकीय सिजन सुरु हुने समय सुरु भएसँगै विदेशी पर्यटकहरु खुम्बु क्षेत्र भित्रन थालेको उनले बताए। पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप वृद्धि भएको छ ।
उनका अनुसार लुक्लामा आज आज ४ वटा उडान भएको छ । विमान मार्फत् आज करिब ६० जनाको हाराहारीमा यात्रु भित्रिएका छन । लुक्लाबाट फर्किने यात्रु शुन्य भएपनि भित्रिने यात्रुको संख्या बढिरहेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ । हिजो तारा एयरलाईन्सको २ वटा र सिता एयरको १ वटा उडान मार्फत् ५० जना यात्रु खुम्बु भित्रिएको प्राधिकरणले जनाएको छ । भित्रिने यात्रुमा स्थानीयवासी र विदेशी तथा स्वदेशी पर्यटकहरु रहेको उनले बताए। खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मंसिर र चैत्त, बैशाख, जेठलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।



























































Discussion about this post