मुगु: कर्णालीको रारा विमानस्थलमा दैनिक उडान प्रभावित हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागू गर्दा कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित हुँदै आएको हो ।
प्राधिकरणले विमानस्थलको उडान तालिकाअनुसार मात्र उडान भर्नुपर्ने नियम लागू भएसँगै यात्रुहरू मारमा परेका छन् । बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण दुई साता यता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको र त्यसमाथि प्राधिकरणको नियमले अझ बाधा पुर्याएको हो ।
प्राधिकरणले साउन १४ गते बाट आन्तरिक हवाई उडानका लागि उडान तालिकाको समयबाहेक अन्य समयमा उडान भर्न नपाउने नियम लागू गरेको छ । बर्खाको मौसममा बिहान ११/१२ बजेसम्म मौसम बिग्रिने र १२ बजेपछि मौसममा सुधार आउने भए तापनि हवाई उडानमा नयाँ नियम लागू भएअनुसार मुगुको रारा, ताल्चा विमानस्थलका लागि १२ः३० बजेपछि उडान भर्न नपाउने भएकै कारण समस्या भएको हो ।
दुर्गम जिल्लाको बाध्यता र अवस्था नबुझेर नयाँ नीति नियमको कार्यतालिका लागू गर्दा हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि उक्त नियम व्यावहारिक र लाभदायक नभएको पाइएको छ ।



























































Discussion about this post