२ जेठ, काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ ।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ आयोजित कार्यक्रम सोल्टी होटेलमा सुरु भएको हो ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ आयोजित सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे ।
आजदेखि सुरु यो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ । कार्यत्रममा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन् ।



























































Discussion about this post