डोल्पा: आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्वीन्टल बहुमूल्य जडिबुटी यार्सागुम्बा निकासी भएको छ । शे–फोक्सुडो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भण्डार क्षेत्रको रुपमा रहेको डोल्पाबाट ६ क्वीन्टलको परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको हो ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीकाअनुसार आर्थिक वर्ष ०७९/०८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेवापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र दुई सय ४० केजी यार्सागुम्बाको छोडपुर्जिबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, डिभिजन वन कार्यालयबाट तीन सय ४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जि वापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ । सेतकचिनि, कुटिक पदमचाल, गुच्चिच्याउ लगायतका अन्य जडिबुटीको छोडपुर्जिबाट ६ लाख ३९ हजार ५५५ गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको हो । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकिएको छ ।



























































Discussion about this post