जाजरकोट: कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको हो ।
बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि खराब मौसमका कारण उडान गर्न नपाउने हुँदा लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको यही साउन १३ गतेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको हो ।
नेपालगन्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको हो । त्यस्तै, कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाज अवतरण हुन सकेको छैन् ।
हवाई मार्ग रोकिएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन् । प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो । हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन । डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ ।



























































Discussion about this post