त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट अश्विन दुवाडी सचिव पदका उम्मेदवार बनेका छन्। दिपकराज जोशीलाई सभापतिको उमेदवार बनाएको नेविसंघले सचिवमा अश्विन दुवाडी र कोषाध्यक्षमा सगुन कडेंललाई उम्मेदवार बनाएको हो ।
को हुन् अश्विन दुवाडी ?
भूगर्भशास्त्र केन्द्रीय विभागमा चौथो सेमेस्टर र एमबीएस प्रथम सेमेस्टरका विद्यार्थी अश्विन दुवाडी इन्जिनियरिङ जियोलोजीका उत्कृष्ट विद्यार्थी हुन्। आफ्नो शैक्षिक उपलब्धिलाई कायम राख्दै, उनले इन्जिनियरिङ जियोलोजीमा उच्च स्थान हासिल गरेका छन्। उत्कृष्ट शैक्षिक प्रदर्शनकै आधारमा, उनी गत मंसिरमा जापानको शिमाने विश्वविद्यालयमा आयोजित Sakura Science Exchange Program मा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै जापान गएका थिए।
सानैदेखि अध्ययन, राजनीति, साहित्य, विज्ञान, र सामाजिक कार्यमा सक्रिय रहेका अश्विन दुवाडी विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघमा आस्थावान थिए। समाजमा प्रचलित ‘राजनीति गर्ने विद्यार्थीको पढाइ कमजोर हुन्छ’ भन्ने धारणा विपरीत, उनले प्रारम्भिक शिक्षादेखि नै अध्ययन, राजनीति, र साहित्यमा समान रुचि राख्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। शैक्षिक क्षेत्रमा अब्बल रहँदै, उनले विद्यार्थी राजनीति र साहित्यिक गतिविधिमा पनि उल्लेखनीय योगदान दिएका छन्।
उनी गृहजिल्ला धादिङ र विश्वविद्यालयको विद्यार्थी राजनीतिमा पनि बौद्धिक छविका विद्यार्थी नेताको रुपमा चिनिन्छन्।
साहित्यतर्फ, दुवाडी कविता, गजल, र मुक्तक लेखनमा सक्रिय सर्जक हुन्। उनले विभिन्न साहित्यिक पुरस्कार जित्नुका साथै १४ वर्षको उमेरमै आफ्नो पहिलो कृति “आरम्भ” प्रकाशित गरेका थिए। नेपाली लेखक संघ काठमाडौंका सदस्य रहेका उनले विभिन्न पत्रपत्रिकामा कविता, गजल, लेख, र मुक्तक प्रकाशन गर्दै आएका छन्। समाजशास्त्र, मानवशास्त्र, र सांस्कृतिक चिन्तन उनका साहित्यिक लेखनका प्रमुख विषयहरू हुन्।
दुवाडी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । विद्यालय, क्याम्पस तह हुँदै विश्वविद्यालयको विद्यार्थी राजनीतिमा हाल उनी सक्रिय छन्। त्रिचन्द्र क्याम्पस घण्टाघरबाट स्नातक गरेकाउनी त्यहाँ रहंदा विद्यार्थी राजनीतिसँगसँगै मानवअधिकारको पक्षमा आवाज उठाउने संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको त्रिचन्द्र युथ नेटवर्कमा आवद्ध भए र संयोजक बनेर नेतृत्व पनि प्रदान गरे। उनले ‘सेभ द त्रिचन्द्र’ आन्दोलनको नेतृत्व पनि गरेका थिए।त्यसपश्चात एम्नेष्टी इन्टरनेशनल नेपाल राष्ट्रिय बोर्ड अन्तर्गतको “युथ पावर एक्सन” कमिटीको सदस्य बनेर पनि काम गरे।
अश्विन दुवाडी सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका छन्। सन् २०१८ मा लियो क्लब अफ काठमाडौं लालिगुँरासको सहसचिव भएका उनी हाल नेपाल जेसिसमा आवद्ध छन्। उनले २०२४ मा बालकोट जेसिसको महासचिवको भूमिका निभाए भने २०२५ का लागि कार्यकारिणी उपाध्यक्ष छन्। साथै, सामाजिक सेवामा सक्रिय रहँदै उनले “ढोला काठमाडौं सेवा समाज”को सचिवका रूपमा पनि जिम्मेवारी सम्हालिरहेका छन्। स्पष्ट वक्तृत्व क्षमता भएका अश्विन दुवाडी कुशल कार्यक्रम सञ्चालकका रूपमा परिचित छन्।



























































Discussion about this post