English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हरायो हरेलो, बिर्सिए बराह पुज्न 

टुरशाला by टुरशाला
माघ २७, २०८०
in इतिहास/संस्कृति
A A
0
36
SHARES
  • अश्विन दुवाडी, राजु झल्लु प्रसाद

बढ्दो आधुनिकताले गाँजेको हाम्रो समाज, परम्परा र पौराणिक महत्त्वका हरेक कुरालाई रुढीवादी परम्परा भनि पन्छिने वा पन्छाउने अवस्थामा पुगिसकेको छ । आधुनिकताको परिभाषा मौलिकता निर्मूल पार्नु हो भन्ने गलत विकारले हामी ग्रसित हुन् पुगिसकेका छौँ ।  परम्परागत रूपमा मान्दै आएको धर्म, अँगाल्दै आएको संस्कृति, सँगाल्दै आएको सामाजिक वैभवताको आफैँमा महत्त्व र विशेषता छ । कतिपय परम्परा, संस्कृति त वैज्ञानिक रूपमा पनि प्रमाणित मात्रै भएका छैनन्, प्रेम, सद्भाव, एकता, सदाचार, सहकार्य, मेलमिलाप, सहिष्णुता, हार्दिकता, धार्मिकता, परोपकारिता, मानवता, सिर्जना, आविष्कार, उपलब्धि, समृद्धि र श्रेष्ठताजस्ता कुरा हासिल भएका मनग्ये उदाहरणहरू छन् । पौराणिक कालदेखि चलिआएका  कतिपय परम्परा एवं संस्कृतिले पनि उत्तिकै वैज्ञानिक महत्त्व पनि राखेको हामी पाउँछौँ । समाजको सबै सांस्कृतिक गतिविधि एउटै डालोमा हालेर परम्परागत कुरीतिको संज्ञा दिनुले भने हामीलाई नै हानी गर्दछ, गरिरहेको प्रत्यक्ष अनुभवहरू छन् । यसर्थ, हाम्रा संस्कृति, सामाजिक व्यवस्था, परम्परा, रीतिरिवाज लगायत का राम्रा पक्षहरूको खोजी गरी त्यसभित्रको वैज्ञानिकता अध्ययन गर्नु जरुरी भइसकेको छ । यसप्रकार राष्ट्रिय स्तरमा सांस्कृतिक एकतामूलक संस्कृति सिर्जना गर्दा जातीय भेदभाव र सङ्कीर्णता निवारण भई राष्ट्रिय एकता सुदृढ हुने कुरामा शङ्कै रहेन । 

लेखकद्वय: अश्विन दुवाडी, राजु झल्लु प्रसाद

१. हरायो ‘हरेलो’  

हरेलोलाई रोपाइँको न्वारान गरेको भन्न मिल्दछ । पहाडी जिल्लाहरूमा मनसुन सक्रिय भएपश्चात् मात्रै रोपाइँ सुरु हुन्छ । धेरैजसो स्थानमा रोपाइँ सकिन मध्य श्रावण महिना कुर्नुपर्छ । आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यताका कारण केही स्थानमा त प्रशस्त पानी परेर मूल फुट्न ढिला हुनुहुँदा श्रावण अन्त्यसम्म पनि रोपाइँको चटारो कायम रहिरहन्छ । कृषिप्रधान हाम्रो देशमा कृषकको सबैभन्दा प्यारो वस्तु खेतीयोग्य जमिन हो । सबैभन्दा ठूलो भगवान् भूमि देवता हुन् । ग्रामीण क्षेत्रमा अझै पनि धेरै ठाउँमा भूमि पूजा गर्ने परम्परा यथावत् रहिआएको छ । वर्षातमा खेतबारीमा पलाउने मूल र मूल आसपास पाइने नाग देवता सबैभन्दा पूज्य देवता हुन, कृषकहरूका लागि । नाग देवताले आकाशबाट हुने अतिवृष्टि, चट्याङ सबै दैवीप्रकोपबाट जोगाउन सक्छन् भन्ने विश्वास कायम छ । विशेषगरी गाउँघरमा नागको पूजा नागपञ्चमीका दिन गर्ने गरिन्छ । यो परम्परा भने अहिले पनि कायम छ । घरको मूल ढोकामा नागको फोटो (चित्र) हरियो दुबो राखी गाइको गोबरले टाँस्ने परम्परा  हिन्दु धर्मावलम्बीमाझ यथावत् नै छ । 

तर परम्परागत रूपमा पहाडी जिल्लाहरूमा मनाइने कृषिमा आधारित एउटा ऐतिहासिक पर्व ‘हरेलो’ वा ‘हरेलो गर्ने परम्परा’ लगभग हराइसकेको छ । कृषि क्षेत्रमा आधुनिकता भित्रियो भनिरहँदा हरेलो पूजा जस्तो एक पौराणिक परम्परा वा भनौँ भूमि पूजा लोपोन्मुख हुनु चिन्ताको विषय हो । तिथिमिति मिलाएर भन्दा पनि परम्परागत रूपमा बार मिलाएर कतै साउनको अन्तिम मङ्गलवार, कतै भदौको पहिलो मङ्गलवार त कतै तीजपछिको मङ्गलवार; कहीँ मुहाने गरामा त कहीँ खले गरामा हरेलो गर्ने गरिन्थ्यो, जसको फाट्टफुट्ट कतै कसैले गर्ने गरेको भए पनि धादिङ जस्ता पहाडी जिल्लामा विधिपूर्वक हरेलो गरेको देख्न/भेट्न मुस्किल भइसकेको छ । 

हरेलो पूजा वा हरेलो गर्ने भनेको विशेषगरि अन्नबालीमा रोग नलागोस् भनेर गरिने पूजा हो । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजका दिन खेतबारीका पानीका मुहानमा सरसफाइ गरि नाग पूजा गरेपछि हरेलो गर्ने परम्परा रहेको थियो । गाउँघरमा तिजको दिन बिहानै नुहाएर गाइको दूध, घ्यु, गउँत, गोबर, अक्षता, फूल, धूप, बत्ती लगेर खेतबारीमा नाग पूजा गर्ने परम्परागत कायमै छ । यस्तो पूजा गर्दा रोपाइँका क्रममा नागका बासस्थान र पानीका मुहान वरिपरि भुलवश भएका गल्तीको क्षमा हुने र खेती राम्रो हुने विश्वास छ । तर नाग पूजासँगै जोडिएको हरेलो गर्ने परम्परा भने लुप्त भइसकेको छ । 

‘हरेलो गर्ने’ भनेको रोपाइँ गरेको खेतबारीमा किराफट्यांग्रा नलागोस्, रोगले आक्रमण नगरोस्, उत्पादन वृद्धि होस् भनेर गरिने परम्परागत पूजा हो । हरेलो गर्दा माटोको हाँडीमा (कसैले नयाँ हाँडी प्रयोग गर्ने गर्थे भने कसैले पुरानो फुटेको हाँडी पनि प्रयोग गर्थे) धानको खस्रो ढुटो (डँडाल्नो), भोजपत्र, कपासको बियाँ, कपास, ढिकी, जाँतोको हातो (जाँतो घुमाउन समाउने काठ), घरको सङ्घार, भर्‍याङको काठको धुलो खुर्केर घ्युमा मुछी हाँडीमा राखेर राखेर आगो सल्काइ खेतमा राख्ने परम्परा हो । यसरी सबै आवश्यक सामाग्री घ्युमा मोलेर आगो लगाउँदा सुगन्धित धुवा आउने र उक्त धुवा धानबालीमा प्रसारित हुँदा किरा फटयांग्रा तथा अन्य धानबालीमा लाग्ने रोग नाश भई उत्पादन वृद्धि हुने विश्वास रहिआएको स्थानीय बराह कालिका माविका पूर्व शिक्षक हरि प्रसाद तिमल्सिनाले सुनाउनुभयो । अझ, रेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि रहेको  छ ।

वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि यस्ता सुगन्धित धुवाले किरा फटयांग्रा नाश गराउन सक्ने र परागसेचनका लागि आवश्यक पर्ने पुतली तथा उपयोगी जीव आकर्षण गर्न सक्ने क्षमता राख्दछन् । यसरी हरेलो गर्दा तिजको दिन बिहानै खेतधनीले खेतका मुहानमा पूजा गरेपश्चात् वर्षभरि खेत जोत्ने हली (विशेषगरी दलित समुदायका मानिस) ले हरेलो गरेको, हाँडी बोकेर खेत परिक्रमा गरि मूल वा नाग पूजा गरेको ठाउँमा राख्ने परम्परा रहेको उहाँले बताउनुभयो ।  हरेलोको दिन खेतमा धूपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्थ्यो । पूजापछि यी परिकार खुर्किएको काठको टुक्रामा राखी मकैको खोस्टामा बाँधेर पोको पारी काठको लिङ्गो बनाई त्यसमा झुन्ड्याएर खेतमा राखिदिने प्रचलन रहेको थियो । यसरी गाडेका वस्तुले रोग र किराबाट खेती जोगाउने मान्यता छ । त्यसैपछि, धूप बालेर खेत तथा तरकारीका झालमा धूपाउने समेत गरिन्थ्यो ।

तर विगत केही वर्षयता भने हरेलो गर्ने परम्परा लगभग अन्त्य नै भइसकेको छ । केही वर्ष अगाडिसम्म केही व्यक्तिहरूले हाँडीमा केही सामाग्री राखेर खेतमा छोड्ने गरेको भएपनि पूर्ण विधिपूर्वक हरेलो गर्ने परम्परा भने लोप भइसकेको छ । त्यस्तै, स्थानीय मण्डली आधारभूत विद्यालयका शिक्षक मधु खनालले भने धेरै पहिला हरेलो गर्दा खनाल थरको खेतधनीको खेतमा जोत्ने हलीको मृत्यु भएको र त्यसपछि हरेलो गर्न छोडिएको कुरा सुनाउनुभयो । यद्यपि कुन पुस्तामा र को हलीको मृत्यु भएको भन्ने चाहिँ यकिन छैन । 

नेपाली बृहत् शब्दकोशले हरेलोको सम्बन्धमा विभिन्न अर्थहरू दिएको भेटिन्छ, 

  • धान, मकैको खेतमा चरा, मुसा आदिबाट खेती बचोस् भनी राखिने कुरिलो र मयलको हाँगो ।
  • मगरात राजा बलिहाङ वा राजा बलिको सम्झनामा गरिने पूजा; असार मसान्त र साउने सङ्क्रान्तिको प्रभातकालीन समयमा गरिने पूजा ।
  • खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा; हरेरी ।
  • रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको मङ्गलवारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा ।

यससम्बन्धमा संस्कृतका विज्ञ, साहित्यकार एवं इतिहासका जानकार डा. नवीनबन्धु पहाडी यसो भन्छन्, “हरेलाे भनेको हरियालीको पर्व हो । यो साउन महिनाको पहिलो मङ्गलवार मनाइन्छ । यस पर्वमा मूल खेतको मुहानमा टाँकी वा कटुसकाे लिङ्गा गाडेर पोको झुन्ड्याइन्छ । त्यहाँ गुइँठाहरू बालेर धुवाँइन्छ, गणेश, भूमि, लक्ष्मी, शिव आदिको पुकार गरिन्छ । खेतमा मुसा,  चरा नलागोस्, मुसाको दाँत कुडियाेस भनेर अमिलो कुलामा निचोरेर बगाइन्छ। चराको टुँडो धुवाँले भाँचियोस् भनेर धुवाँइन्छ । धुवाँमा सरसर्युका दाना, तोरी आदि राग आउने दाना पड्काइन्छ । रोगव्याध किरा भगाउन, किरा फटयांग्रो भागोस् भनेर भूमेका रक्षक (हेरालाेलाई) हरेलालाई कामना गरिन्छ । लिङ्गामा विभिन्न चराहरूका लागि दानाहरू मकै धान, गेडागुडी मकैको जुँगा राखिएको हुन्छ । ‘हरेलाे हरेलाे, राेगव्याध दोहोलो’ भन्दै लिङ्गा हल्लाइन्छ र प्रसादको रूपमा रोटी चढाइन्छ र त्यही पूजा गर्नेले खाएर आउने चलन छ । हजुर आमाले हरेलाे पूजा गर्नुपर्छ भनेको सुनेको ,देखेको थिएँ । कृषि कर्मका लागि सनातन उत्सवजस्तै हो- हरेलो । हरेलो पूजा हरित तत्त्वको सुस्वागत हो । जीवनकाे आराधनाजस्तै हो ।

यसप्रकार यस संस्कार र परम्पराले खेती किसानीको अनुशासनलाई पनि पछ्याइरहेको भान हुन्छ । प्रकृति अर्थात् जमिनको पूजाको रूपमा रहेको ‘हरेलो पूजा’ हराउँदै गर्दा यस परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न वा भनौँ स्थानीय परम्परालाई संस्थागत गर्नतर्फ हामीले सोच्नुपर्छ । हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वको प्रवर्द्धन गर्न सकेमा मात्रै कृषि क्षेत्रमा आधुनिकता भित्रिएको मान्न सकिन्छ ।

२. बिर्सिए बराह पुज्न

ज्वालामूखी गाउँपालिकास्थित वडा-४ मा रहेको पौराणिक तथा ऐतिहासिक महत्त्वको वराह देवता (वराहथान) पुज्न स्थानीयले छाडेका छन् । वराहथानको अजङ्गको शिला (ढुङ्गा)लाई स्थानीय गुरुङहरूले पूजा गर्दै आएकोमा सो थिति हाल बन्द भएको हो । फाल्गुनदेखि श्रावणसम्म महिनामा तीन पटकसम्म आइतबार पारेर (औँसी बाहेक) पूजा गर्ने गरिएको वराह देवताको पूजाआजा मात्रै रोकिएको छैन, थानको भौतिक संरचना पनि निकै जीर्ण रहेको छ ।

पूजा गर्दा अघिल्लो साँझ (शनिवार साँझ) गाउँको अग्लो डाँडामा गएर कटुवाल कराउने (पूजा गर्नेबारे स्थानीयलाई सूचना दिने) र भोलिपल्ट स्थानीय सबै घरबाट धूप, अक्षता, भेटी, केसरी, चामल सहित घरमा पाकेका फलफूल लगायत पूजा सामाग्री लगेर गुरुङ समुदायका व्यक्तिहरूले पूजा गर्ने गरेको पाइन्छ । ढोला, पुर्सु क्षेत्रमा श्रावण महिनामा मकै र अन्य महिनामा घरमा फलेका फलफूल सुरुमा वराहलाई नचढाई नखाने परम्परा रहिआएको थियो । साथै, बराह मन्दिरमा पूजा गरे पश्चात् मन्दिरको तल्लो भागमा रहेको चौर “भूमेथान” (जुन चौर हाल सडक निर्माण गर्दा मासिएको छ)मा आएर पूजा गरेर बाँकी रहेको चामल पकाएर निस्तै खाने चलन थियो । उक्त चामल (भात) कुनै तरकारी तथा नुनसँग खान नहुने जनविश्वास रहेको थियो । फागुनदेखि साउनसम्म प्रत्येक हप्ताको दुई वटा आइतबार पूजाआजा हुँदा दिउँसो त्यस भेगका मानिसले खेत समेत जोत्ने गरेका थिएनन् । अहिले ती सबै कुराहरू हराएका छन् । 

विगत केही वर्षयता भने वराह पूजा गर्न कम हुनुले वराहको अस्तित्व समाप्त हुने त होइन भन्ने प्रश्न खडा भएको छ । पहिले पहिले फागुनदेखि श्रावणसम्म हरेक महिना तीन पटक पूजा गर्ने परम्परा भएको भए पनि अहिले वर्षमा १/२ पटक मुस्किलले गर्ने गरिएको भेटिन्छ । कटुवाल कराउने संस्कृति हराउँदै गएको कारण कुन दिन पूजा गर्ने गरेको जानकारी नै हुन छोडेको स्थानीय बताउँछन् । पहिलेको कटुवाल कराउने व्यक्तिको मृत्युपछि नयाँ कटुवाल बनेका स्थानीय रत्न बहादुर चर्मकार पनि केही वर्षयता बिरामी भएपछि कटुवाल कराउन हिँड्न नसक्ने भएका छन् भने नयाँ कटुवाल चयन भएका छैनन् । पूजाआजामा स्थानीयको रुचि घटेको देखिएको छ भने पुजारी गुरुङ समुदायले पनि खासै अग्रसरता नलिएको पाइएको छ । विभिन्न समयमा भएको राजनैतिक परिवर्तनसँगै गाउँबाट मुखिया, जिम्वाल लगायत गाउँका ठुलाबडा भनिएकाहरू हराएसँगै बराह मन्दिरको अस्तित्व सङ्कटमा पर्नु दुःखद छ ।

घामपानी खाएर बसिरहेछन् वराह देवता:

पुरानो पूजाविधि लोप हुँदै जाँदा मन्दिरको संरचना थप जीर्ण हुनु र पुनर्निमाणको काम अघि नबढ्नु खेदजनक छ । मन्दिरमा रहेको काठका खाँबा पुरानो भएर कमजोर भएको छ भने छानोको ढुङ्गा खस्न थालेको छ । मन्दिर घेरिएको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ । स्थानीय सरकारको आर्थिक सहयोगमा ४ वटा कङ्क्रिटका पिल्लर उभ्याएर छोड्दा झन् मन्दिरको मौलिक पक्षमा क्षति पुगेको छ।

पालिकाको अन्यत्र रहेका मन्दिरहरूको पुनर्निमाण भइसक्दा पनि यस थान (मन्दिर)को जीर्णोद्धार एवं पूजा नियमित हुन् नसक्दा चिन्ता लागेको स्थानीय सावित्री पोख्रेल बताउँछिन् । “नजिकको देवता हेला हुनुभाछ, केबाट चाहिँ यो मन्दिर बन्ला भन्नेछ । सबै ठाउँको बनिसकेको छ, हाम्रो ठाउँको बनेको छैन । यस मन्दिर कुन वातावरणबाट हुन्छ बन्दिए हुन्थ्यो भन्ने लागेको छ”, उनी भन्छिन् । 

वराहथानको पुरानो तस्बीर

वराहमन्दिरको उत्पत्तिसम्बन्धी किंवदन्ती :

वराहथान पुग्ने जोकोही त्यहाँ रहेका ठुलो शिला (ढुङ्गा, जसलाई पूजा गरिन्छ) देख्ने बित्तिकै अचम्ममा पर्ने गर्दछन् । यसै शिलालाई लिएर यस थानको सम्बन्धमा बडो अनौठो किंवदन्ती रहेको छ ।  किंवदन्तीअनुसार, यो विराट शिला पहिले सानो आकारको थियो, सो शिलालाई एकजना स्थानीय व्यक्तिले ‘हँसिया उद्याउने ढुङ्गा’को रूपमा घरमा लिएर गए । तर भोलिपल्ट त्यो शिला त्यहाँ थिएन र अघिल्लो दिन जहाँबाट लगिएको थियो त्यही आएर  बसेछ । कसैले त्यस शिलालाई त्यहाँ ल्याएर राखेको होला भन्ने ठानी पुनः त्यस शिलालाई अर्को दिन पनि राती घरमा लगेछन् । यसरी लग्दा पुनः अर्को दिन पनि शिला हराएछ र त्यसै ठाउँमा आइसकेको देखेछन् । त्यस कुराबाट उसलाई अनौठो लागेछ । र, अर्को दिन घर भित्र डोकोले छोपेर राख्दा पनि त्यस शिला पुनः त्यही ठाउँमा आएर बसेको देखेछ । यस्तो प्रक्रिया बारबार दोहोरिएपछि उसले सबैलाई यसबारेमा सुनाएछ । त्यसै दिन बेलुका एकजना अग्रज गुरुङले सपनीमा ‘म वराह हुँ । मेरो निम्न विधि अनुसार पूजा गर्नु, म सधैँ यस गाउँको रक्षा गर्छु’ भन्ने देखेछन् ।  

सपनामा  वराहले ‘मेरो पूजा १० वर्ष मुनिका कुमार केटाले गर्नुपर्छ । मलाई पूजा गर्दा धूप, अक्षता, भेटि, नैवेद्य चढाउनुपर्छ । मेरो पूजा फागुनबाट साउनसम्म गर्नुपर्छ । म साउनबाट माघसम्म निलारी बस्छु । आदि भनेर सपनामा बताएछन् । सो अग्रज गुरुङले आफूले सपनामा देखेको कुरा गाउँघर, समाजलाई बताई त्यसपश्चात् सोही विधिअनुसार वराहको पूजाआजा हुँदै आइरहेको पाइन्छ । साथै, वराह थानमा रहेको विराट शिला (ढुङ्गा)मा अहिले पनि हँसिया उद्याएको डोब देख्न सकिन्छ, जसलाई लिएर कसैकसैले वराह देवताले गाउँको रक्षा निमित्त पचभैयासँग लड्दा एउटा खुट्टो भाँचिएको समेत भन्ने गरेका छन् ।

पहिले स्थानीय व्यक्तिले हँसिया उद्याउनको लागि घर लिएर गएको भनिएको त्यस शिला (ढुङ्गा)लाई अहिले चार/पाँच जना मानिसले पनि उठाउन सक्दैनन् । पहिले सानो रहेको शिला अहिले बढेर कसरी यत्रो आकार लियो भनि सोध्दा स्थानीय सावित्री पोख्रेल पूजाआजा गर्न थालिएपछि दिन प्रतिदिन शिला बढ्दै गएको बताउँछिन् । पहिले खुल्ला ठाउँमा पूजा गर्ने गरिएको यस देवतालाई हाल जीर्ण अवस्थामा रहेको ढुङ्गाले छाएको पाटीमुनि घामपानी खाएर बसिरहेका छन् । 

वि. सं. १९८५ सालमा ईश्वरी प्रसाद अर्यालले यस ठाउँमा मन्दिर बनाई त्यस मूर्ति त्यस ठाउँमा राखि पूजाआजा गर्ने गरिएको हो । त्यसपछि बर्सेनि खरले छाउनु पर्ने हुँदा २०१८ सालतिर टीकामोहन तिमल्सिना (विचारी)को सक्रियतामा खरको छानो हटाई पुरानो स्वरूपलाई नबिगारी ढुङ्गाको छानो लगाइएको थियो ।

३. छाडियो आइतबारे पूजा गर्न 

वराहथानका आइतबार पूजा हुने गर्दथ्यो भनि हामीले प्रसङ्गवश चर्चा गरिरहँदा हामीले ‘आइतबारे पूजा’को सम्बन्धमा पनि चर्चा गर्नु उपयुक्त हुन्छ ।

धेरैजसो हाम्रो स्थानीय पूजा तथा परम्परा जातिगत हुने गर्छन् । हाम्रो समाजमा  जाती विशेष पूजाहरू प्रशस्त छन् तर, आइतबारे पूजा एउटा यस्तो साझा पूजा हो, जसले सामुदायिक भावना र सामाजिकीकरणलाई बढुवा दिएको पाउँछौँ । वरपरका विभिन्न टोलका मानिसहरो एकठाउँमा भेला भएर पूजा गरिने हुँदा आइतबारे पूजा साझा पूजा हो र यो पूजा सामूहिक भावनाको प्रतीक पनि हो (यसमा दलित समुदायलाई भने समावेश नगरिएको र दलित समुदायले कुलदेवताको पूजामा बारीमा कुखुरा काटेको भने पंक्तिकारद्वयलाई सम्झना छ) ।

संस्कृतका विज्ञ, साहित्यकार एवं इतिहासका जानकार डा. नवीनबन्धु पहाडी आइतबारे पूजा  विशेषतः आकाशीय पिण्डहरूको प्रतीकलाई, ब्रह्माण्डका  स्वामीलाई र उज्यालोका प्रतीक सूर्यजस्ता देवतालाई  गरिने पूजा रहेको बताउँछन् । “वायुदेवता, रुख र वनदेवलाई पनि पूजा गरिन्छ । कसै कसैले पुर्खा र पूर्वजहरूलाई सम्झेर पनि धूपधुँवार पनि गरिन्छ । विशेषतः आइतबारे पूजामा शुद्ध गाईको घ्युको धूप दिने चलन पनि छ । धूप ब्रम्हाण्डीय शान्ति र पर्यावरण सुरक्षाको प्रतीक पनि हो । आयुर्विज्ञानका अनुसार यज्ञले सम्पूर्ण ब्रम्हाण्डकाे शुद्धिकरण पनि गर्छ । त्यसैले गीतामा भगवान् कृष्णले ‘यज्ञाद् भवति भूतानी पर्जन्याद् यज्ञ सम्भव’ भनेका छन् । अर्थात् यज्ञबाट नै बादल वर्षा र प्राणीहरूको उद्भव सम्भव छ । हो त्यही विश्वकल्याणकाे सार्थकताको प्रतीक आइतबारे पूजा हो र त्यसैको सूक्ष्मतम स्वरूप हामी घर घरमा मोही पार्दा धूप हाल्छौ र बाहिर एउटा कोइला राखेर ‘आइतबारे परमेश्वर’ भनेर नाैनीकाे धूप दिने चलन छ”, उनले बताए ।

यस पूजाको सम्बन्धमा शोधिखोजि गर्दै जाँदा- ‘आइतबारे वनदेवी (गैँडुहरूकी श्रेष्ठ देवी) हुन्; हाम्रो तिरचाहिँ जनाइ (जनै) नलगाउँने जातको (घर्ती) व्यक्तिलाई पूजारी बनाइन्छ तर जनै लगाउँनेको घरबाट पनि पूजा सामाग्रीचाहिँ लगिन्छ’ भनि असीम काभ्रेलीले बताएका छन् ।

यसैगरी, इतिहासविद तथा संस्कृति जानकार एवं आफ्नो माटोका सम्पादक नारायणलाल श्रेष्ठ कृषि उत्पादन राम्रो होस भनेर देउतालाई पुज्ने पर्व नै आइतबारे पूजा भएको बताउँछन् । “नेवारी परम्परा अनुसार आइतबारे पूजा चैत्र महिनाको कुनै आइतबारको दिन गरिन्छ । यसको लागि कुनै तिथि वा पर्व चाहिँदैन । कुलको मुख्य व्यक्ति (जसलाई थकाली भनिन्छ) ले तोकेको चैत्र महिनाको कुनै पनि आइतबार एउटै कुलभित्रका व्यक्तिहरू मिलेर सामूहिक रूपमा यो पूजा गरिन्छ । पूजा मन्दिर वा घरमा नगरेर वस्ति नजिकैको बन वा बारीमा गरिन्छ । पूजास्थलको लागि सकेसम्म सफा ठाउँ र ठुलो रुखको फेद रोजिन्छ । जहाँ देउता स्थापना गरी हरेक वर्ष सोही ठाउँमा पूजा गरिन्छ । पूजाको लागि सबै घरबाट फुलअक्षता, धूप, बत्ती, समैवजी लगिन्छ । थकालीले सबै घरको फुलअक्षता मिसाएर पूजा गर्छन् । सबै घरले बलिको रूपमा कुखुरा चढाउने चलन रहेको छ । कसैले भाकल गरेको छ भने थप बलि चढाउँछन् । पूजा सकिएपछि कुखुराको कलेजो, पाङ्ग्रा र घाटी पकाई समैबजीको भोज खाइन्छ । यो निकै रमाइलो हुन्छ ।

आइतबारे पूजा किन गरिन्छ र कुन देवतालाई पुजिन्छ भन्ने कुरा स्पष्ट कसैलाई पनि थाहा छैन । सायद यो पूजा कृषि कर्मसँग सम्बन्धित छ । मलाई गाउँमा छदा बस्तुभाउ एक्कासि बिरामी भयो भने ‘आइतबारे लागेछ’ भनेर अक्षता मन्छेको याद छ । कसैलाई बस्तुभाउ फापेन भने आइतबारेको भाकल गरेको सुनेको छु । जुन समयमा आइतबारे पूजा गरिन्छ, त्यो समय खेतीपातीको काम सुरु गर्ने समय पर्दछ । चैतमा खेतबारी खनजोत गरेर खेतीपातीको लागि ठिक्क पारिन्छ । त्यसैले वर्षभरिको खेतीपाती राम्रो होस भनेर यो पूजा गरिन्छ होला । मलाई याद छ, गाउँबाट काठमाडौं आएपछि बा आमाले ‘ आइतबारे पूजामा आउनु । अव बर्खा लागेपछि आउजाउ त्यस्तै हुन्छ ।’ भन्नु हुन्थ्यो । यो भनाइबाट के अनुमान लगाउन सकिन्छ भने, यो पूजा सम्पन्न गरेर किसानहरू खेतीपातीमा व्यस्त हुन्थे र यो कृषि उत्पादन राम्रो होस भनेर देउतालाई पुज्ने पर्व हो”, उनी भन्छन्।

यसैगरी, आइतबारे पूजा वस्तुभाउलाई रोग लागेमा, गोबर रातो भएमा पनि स्थानीय देवीदेवतालाई भाकल गरि पूजा गर्ने गरेको पाइन्छ । आफ्नो परिवारमा सुख, शान्ति होस्, महामारी रोगव्याधिले कहिल्यै नसताओस्, भनेर गाउँ टोलका सबै एकै ठाउँमा सामूहिक पूजा गर्ने गर्दथे ।

आइतबारे पूजा र आइतबारको व्रत फरक हुन् ।आइतबार पूजा गर्नाले वा व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने विश्वाससमेत गरिन्छ ।

ठ्याक्कै यही देवताको पूजा भन्ने यकिन नभए पनि आइतबारलाई रविवार पनि भनिने र आइतबार सूर्य देवताको पूजा हुने भएकाले केही जानकारहरू आइतबारे पूजामा रवि भगवान् (सूर्य) को पूजा गरिने बताउँछन् । यद्यपि सूर्य भगवानलाई बलि नचढ्ने तर ठाउँ विशेष कतै परेवा, कतै पाठी त कतै बोकाको बलि दिने गरेको पाइएको छ । 

सन्दर्भ-सामाग्री सूची: 

१. प्रमोद भट्ट, हाम्रो ढोला, २०७१
२. नेपाली बृहत् शब्दकोश
३.  संस्कृतका विज्ञ, साहित्यकार एवं इतिहासका जानकार डा. नवीनबन्धु पहाडी
४. बराह कालिका माविका पूर्व शिक्षक हरि प्रसाद तिमल्सिना
५. ज्वालामूखी-३ निवासी रेवतीरमण भट्ट (पंक्तिकारको पिता)
६. असीम काभ्रेली र नारायण लाल श्रेष्ठ
६. स्थानीय सावित्री पोख्रेल आदि । 

Share14Tweet9Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
धादिङ, नुवाकोट र गोरखाकै पुरानो ‘सुवर्ण दधी ज्वालामूखी धर्म महाविहार’ ओझेलमा

धादिङ, नुवाकोट र गोरखाकै पुरानो ‘सुवर्ण दधी ज्वालामूखी धर्म महाविहार’ ओझेलमा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions