आज सामुदायिक वन दिवस २०८०
काठमाडौः सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन, सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध भएका र आवद्ध नभएका उपभोक्ता लगायत वातावरणीय लाभ लिने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु।
सामुदायिक वनको अभ्यास नेपालले बुद्दिमतापूर्ण ढंगले गरिरहेको छ । सिद्धिएका वन क्षेत्रहरू पुनः हराभरा हुन सके, लोपोन्मुख जीवजन्तु जोगिए, साँघुरिदै गएको वन क्षेत्र सघन बन्दै गयो, वन हुने तर उपयोगिता नहुने वनलाई उपयोगितामूलक वनमा परीणत गरियो, वनको संरक्षण र विकासमा सामुदायिक वन र यो सँग सम्बद्ध सामुदायिक वन उपभोक्ता समितिले पुर्याएको योगदान महत्त्वपूर्ण छ ।
उपभोक्ताहरूका लागि लाभदायी वन, वातावरणका लागि अनुकूल वन र पारिस्थितिक प्रणालीको लागि सामुदायिक वनको अवधारणा र यसको अभ्यासबाट नेपालले वन क्षेत्रमा काफी लाभ लिएको छ । त्यसैकारण, आज नेपालको वन क्षेत्र पनि राम्रो छ । यो भन्दा बढी वन क्षेत्र बढाउन जरूरी छैन । अहिले भइरहेको वन क्षेत्रलाई सघन वन क्षेत्रमा परीणत गर्न सके र कृषि वनको रुपमा प्रयोग गर्न सके लाभदायी हुन्छ ।
कृषि वनको रूपमा वन क्षेत्रलाई प्रयोग गर्न सके एक हेक्टरमा थुप्रै जनालाई रोजगारीका अवसर पनि दिन सकिन्छ । यसको अर्थ सबै वनलाई कृषि वन बनाउनु पर्छ भन्ने पनि होइन । सामुदायिक वन मध्ये केही वनलाई कृषि वनमा रुपान्तरण गरेर लाभ लिन सकिन्छ ।
सघन वन नभएको, वन क्षेत्र भएको, वन नभएको, भएपनि छिटपुट रूपमा कम आवश्यक पर्ने रुखहरू भएको, नितान्त चरीचरनको लागि मात्र प्रयोग भएको अथवा त्यस्तो वन क्षेत्र जसबाट प्रत्यक्ष लाभ लिन नसकिएको जस्ता वन क्षेत्रलाई कृषि वनको रूपमा रुपान्तरण गर्न सकिन्छ ।
दिवस मनाउने काममा मात्र बढी ध्यान केन्द्रित नगरी सामुदायिक वन क्षेत्रबाट वातावरणीय, व्यावसायिक र आर्थिक हिसाबले कसरी अधिकतम तथा सन्तुलित लाभ लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । अहिलेको समयमा वन क्षेत्रलाई चरीचरन क्षेत्रको रूपमा प्रयोग गर्दा वन पनि नहुने, उर्वरता पनि नहुने र उत्पादन पनि नहुने अवस्था छ ।
पचासौ हेक्टर जमिन बीसवटा बाख्रा, दश पन्ध्रवटा गाइ चराएर त्यसै खेर गइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिन्छ । प्रयोग र परीक्षण गरेर मात्र आयात गरिएका विरूवाहरू लगाएर कृषि वनलाई प्रभावकारी बनाउन सकिन्छ ।



























































Discussion about this post