English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

कविराज तुम्सिङ, जसले मैधीमा ‘मगर पञ्चेबाजा’ भित्राए

टुरशाला by टुरशाला
माघ २६, २०८०
in अतिथि लेखक, इतिहास/संस्कृति, जात्रा/पर्व
A A
0
58
SHARES

बाजा बजाउन पनि बल चाहिने रहेछ । तन्नेरी भएपछि बाजा बजाउन सक्ने केटाहरू पढ्न वा कामको खोजीमा गाउँ छोड्नु पर्नाले हामीलाई बाजा बजाउने टिमको अभाव हुने गरेको छ ।

धादिङ जिल्लाको साबिक मैदी गाविसको वार्ड नं १ (हाल ज्वालामूखी गाउँपालिका. वार्ड नं ३ ) उखुबारीमा एक गरिब किसान परिवारमा आजभन्दा झन्डै ८० वर्ष अघि जन्मिएका थिए- कविराज तुम्सिङ । सानैदेखि नयाँ नयाँ कुराहरू, सीप र इलमहरू सिक्ने र जीवनमा लागू गर्ने उनको अनौठो रुचि र विशेषता थियो । उनको सोच र क्षमता साँच्चै औसत मगर समाजका मानिसहरूको भन्दा फरक र तारिफ गर्न लायकको हुन्थ्यो । गाउँभरिमा उनकै घर सबैभन्दा राम्रो र चिटिक्क परेको थियो ।

प्रस्तुति: नारायण अधिकारी

गाउँघरमा चाडपर्वहरूमा नाचगान हुँदा उनको सहभागिता बिना खल्लो हुन्थ्यो । खासगरी मानिसहरूलाई रमाइलो गर्न हौस्याउने र वाद्यवादनहरू बजाउने काममा उनी “नम्बरी” कहलिएका थिए । हरेक वर्ष तिहारको बेला देउसी खेल्दा कविराजको ‘होला होला सदिनाको माला’ बोलको ठाडो भाकाको गीत सबैको विशेष रुचि र चासो हुने गर्थ्यो र गर्छ । मगरको छोरो भएर पनि जाँड रक्सी खाएर मातिएको, अपशब्दहरू बोल्दै हिँडेको र जात्रामात्राहरूमा  झैँझगडा गरेको कहिल्यै देखिएन । औपचारिक शिक्षा नभएर पनि उनी समाजका गन्यमान्य, भलादमी र प्रतिष्ठित व्यक्ती थिए र छन् । अहिले पनि उनको समाजमा उनलाई सबैले आफ्नो अभिभावकको रूपमा मान्ने गर्दछन् ।

केही वर्ष अघि देखी उनी गाउँमा प्रचलित, सबैले मन पराउने र बिहे, व्रतबन्ध र पूजाआजा जस्ता शुभकार्यमा नभई नहुने पञ्चे वा नौमती बाजाको संरक्षण र विकास गर्न लागि परेका छन् । मगर समुदायले पनि नौमती बाजा बजाउन सिक्नुपर्छ र यसलाई आयआर्जनको माध्यमा बनाउनु पर्छ भन्ने सोचका साथ आफ्ना समुदायका मसिनहरूलाई बुझाउने, आर्थिक स्रोत जुटाइ बाजाहरू किन्ने, आफूले सिक्ने र अरूलाई पनि सिकाउँदै पञ्चेबाजालाई गाउँमा स्थापित गराउन सफल भएका छन् । उनको भनाइ अनुसार, अहिले गाउँमा उनीहरूको बाजाको राम्रो माग भइरहेको छ । समय र ठाउँ अनुसार उनीहरूले बाजा बजाएको १० देखि २५ हजारसम्म लिने गरेका छन् । टाढा–टाढाका गाउँहरूबाट समेत उनीहरूको माग हुने गरेको छ । उनको रहर र सोचले अहिले साकार रूप लिएको देखिन्छ । मेहनत गरे सोचेका सबै सकारात्मक कुराहरू पूरा हुने रहेछन् भन्ने पुष्टि भएको छ । समाज विकास गर्न मानिस पढेकै हुनुपर्छ भन्ने हुँदो रहेनछ जस्तोकी धेरै नै पढेको भन्ठान्ने म जस्ताले कविराजबाट सिक्न पर्ने र गर्न पर्ने धेरै कुरा छन् भन्ने बोध भएको छ ।

पञ्चेबाजाको सेरोफेरोमा केन्द्रित रही उनको जीवनका विविध पक्षहरूबारे गरिएको  कुराकानीका प्रमुख अंशहरू:

तपाईँको शिक्षा कति हो ? लेखपढ गर्न आउँछ ?

स्कुल गएर त पढेकै छैन । आफ्नै कोसिसमा सामान्य चिठ्ठी बाच्ने (पढ्ने) र लेख्नेसम्म सक्ने भएको छु ।

घरको आर्थिक अवस्था कस्तो छ ? खान–लाउन पुग्छ ?

आँफैत, ठिकै छ । काम गरेर खान पुग्ने खेतबारी छन् ।

आर्थिक स्रोत पहिला के-के थिए र अहिले के-के छन् ?

सानैदेखि कर्मी (सिकर्मी र डकर्मी) काम गर्थेँ । त्यसैबाट लुगाफाटो, नूनतेल र मसला किन्न पुग्ने पैसा जोहो गर्थेँ ।

छोराहरूले सहयोग गरेका छन् कि छैनन् वा गर्नु परेको छ कि छैन, अर्थात् आत्मनिर्भर हुनुहुन्छ ?

अहिलेसम्म त सामान्य घर खर्चको लागि छोराहरूको मुख ताक्न परेको छैन । म आफैँले घर धान्दै आएको छु ।

तपाईँको पेशा के हो ? के-के कामहरू गर्नुहुन्छ ?

प्रमुख पेशा त उही खेतीपाती र बस्तुभाउ नै हो नि । यसबाहेक कर्मी काम गर्ने, नाङ्लो, चाल्नो र माछाको जाल बुन्ने अनि पिँजडा, सारङ्गी र मादल बनाउने र बेच्ने गर्दछु । केही वर्षदेखि पञ्चेबाजा पनि बजाएको छु र यसबाट पनि केही पैसा आर्जन गर्ने गरेको छु ।

प्रायजसो दिनहरू कसरी बिताउनुहुन्छ ?

धेरैजसो समय त मौसम अनुसारका बालीनाली र सागसब्जीहरू लगाउने, खनजोत गर्ने, घाँसपात गर्ने र गोठालो जाने नै हो नि !

राति के विषयमा बढी सोच्नुहुन्छ वा हुँदैन ?

पहिले पहिले त नयाँ कुरा र कामहरूको बारेमा सोच्ने, जान्ने, बुझ्ने र सिक्ने रहर, जोश र जाँगर हुन्थ्यो, र गरिन्थ्यो पनि । तर अहिले त बुढो भएर हो कि क्या हो, खासै नयाँ कुराहरूको बारेमा सोचाइ आउँदैन ।

यहाँका सीपहरू के-के छन् ? कसरी सिक्नुभयो ?

सीपको बारेमा त अघि नै भनीसकेँ । ती सबै सीपहरू मैले आफैँले रहर र मेहनतेले सिकेको हुँ, कसैले सिकाएका होइनन् । अरूले गरेको हेरेर, देखेर र आफैँले प्रयोग गरेर जानेको हुँ ।

यहाँलाई नाच्न, गाउन र बाध्य वादनहरू बजाउन आउँछ ? आउँछ भने, कस्ता-कस्ता गीतहरू गाउन र कुन कुन कुराहरू बजाउन आउँछ ?

मलाई नाच्न त खासै आउँदैन तर बजाउन र केही गीतहरू गाउन भने आउँछ । म मादल, सारङ्गी, बाँसुरी र पञ्चेबाजा बजाउन सक्छु । अहिलेका दोहोरी गीतहरू मलाई आउँदैन । ‘होला होला सदिनाको माला’ नै मलाई गाउन आउने र मनपर्ने गीत हो ।

गाउन र बजाउन कसले सिकायो वा कसरी सिक्नुभयो ?

अरूले गरेको देखेर, हेरेर र आफैँले सिकेर जानेको हुँ । भित्री मनदेखि रहरले जान्न चाहेमा र सिकेमा मानिसले गरेका सबै कुराहरू गर्ने सकिने रहेछ ।

गाउँमा पहिले देखिनै तपाईँको घर अरूको भन्दा राम्रो, चिटिक्क र सुन्दर देखिन्छ । त्यसैले धेरैले यसलाई ‘राम्रो घर’ पनि भन्दछन् । यो कसरी सम्भव भयो ? पैसा भएर हो वा तपाईँको सीप र सोचको कारण यस्तो भएको हो ?

सानैदेखि नै सबै कुराहरू राम्रो चाहिने र राम्रो गर्नुपर्ने बानी पर्‍यो मलाई । घर बनाउँदा ढुङ्गा र काठहरूमा बुट्टा कुँद्ने र रङरोगन गर्ने सबै आफैँले गरेको हुँ । बढी पैसा भएर र बढी खर्च गरेर पनि अरूको भन्दा राम्रो  घर  बनाउन सकेको भने होइन ।

मगर जातिले पनि पञ्चेबाजा बजाउनपर्छ भन्ने सोच मनमा कहिलेदेखि र कसरी पलायो ? कसैले सिकाइ दिएको कि आफैँले सोचेको ?

दमै जातिले मात्र बजाउँदै आएको पञ्चेबाजा अरू जातिले पनि बजाउन थालिसकेका थिए जस्तो कि– खाल्टेमा बाहुनहरूले र सलाङमा मगरहरूले । उनीहरूले गरेको सुनेर र देखेर मलाई हामीले पनि गर्नुपर्‍यो भन्ने सोच आएको हो । कसैले गर् भनेर र सिकाएर गरेको होइन ।

पञ्चेबाजा नै बजाउन रोज्नुको कारण चाहिँ के हो ? के कुराले यसप्रति बढी उत्प्रेरित गर्‍यो र ?

यो बाजाको हाम्रो समाजमा विशेष महत्त्व छ । विभिन्न शुभकार्यहरूमा मानिसहरू यही बाजा चाहन्छन् । फेरी, यो बाजा राम्रो पनि छ, यसमा सबैलाई ‘टक’ छ, यसले पुरै गाउँलाई नै रमाइलो बनाइदिन्छ, मानिसहरू यही बाजको साथमा नाच्न, गाउन र रमाइलो गर्न मनपराउँछन् । त्यसैले आजसम्म यो नै सबैभन्दा बढी लोकप्रिय बाजा हो । फेरी, अरू नयाँ बाजाहरूको बारेमा त हामीलाई थाहा पनि त छैन र सिक्न पनि गाह्रो हुन्छ होला नि । सिकिहाले पनि गाउँलेहरूले नयाँ बाजा मन पराएनन् भने त के काम लाग्यो र !

पैसा कमाउनको लागि बाजा बजाउन थाल्नुभएको कि मनोरञ्जनको लागि ?

पैसा र रमाइलो दुवै नै हो । गाउँबाट यो बाजा हराउँदै जान थाल्नु, तर बाजाप्रतिको मानिसहरूको चाहना भने बढ्दै जानुले यो बाजा आयस्रोतको माध्यमा बन्नसक्छ भन्ने मलाई लागेको थियो ।

पञ्चेबाजा बजाउन त अरूको पनि साथ चाहिन्छ, अरूलाई पनि साथ दिन मनाउनु पर्‍यो होला ! सुरुमा आफ्नो मनको प्रस्ताव क–कससँग राख्नुभयो र उनीहरूको प्रतिक्रिया के-कस्तो पाउनुभयो ? सुरुमा तपाईँलाई अरूले पागल वा वाहियात त भनेनन् ? अरूलाई कसरी मनाउनुभयो त ?

हो नि, एक्लै त सम्भव हुने कुरै भएन नि । मनको कुरा पहिले आफ्नै भाइसाथीहरूसँग राखेँ । प्राय: सबैको बाजा बजाउने रहर त थियो, तर बाजा किन्न र बजाउन सकिएला र भन्ने आत्मविश्वास थिएन । कतिले अचम्म पनि माने । मैले उनीहरूलाई सम्झाउने, बुझाउने र हौसला दिने कोसिस गरेँ । बाजा बजाउन थालेपछि रमाइलो गर्न सकिन्छ, बाजा किनेको खर्च पनि उठ्छ र कमाइ समेत हुन थाल्छ भने पछि सबैजना तयार भए ।

यसबारे अरू गाउँलेहरूको शुरुका दिनहरूमा के कस्तो प्रतिक्रियाहरू आउँथे ? विरोध वा समर्थन ?

अरू गाउँलेहरूले के के भने वा कुरा काटे वा काटेनन्, हामीलाई थाहा भएन र चासो पनि भएन । समर्थन गरे वा गरेनन् भन्दा पनि विरोध गरेको चाहिँ थाहा भएन र सुनिएन पनि ।

अहिले तपाईँका समूहको प्रतिक्रिया कस्तो छ ?  अनि गाउँलेहरूका नि ?

अहिले हाम्रो समूहका सबै जना खुसी नै छन् भन्ने बुझेको छु । राम्रै काम गरिएछ भन्ने ठानेका छन् सबैले । गाउँलेहरूले पनि दमाईंहरूलाई भन्दा हामीलाई बढी रुचाएका छन् भन्ने लागेको छ, किनकि हामीहरू बढी इमानदार र विश्वासिलो बन्न सकेका छौँ ।

बाजा किन्न सुरुमा कति खर्च लाग्यो र यो रकम कसरी जुटाउनुभयो ?

सुरुमा ६० हजार रुपैयाँ जति लाग्यो । यो रकम हामीहरूले समूहबाट उठाएर र नपुग ऋण गरेर जुटाउन सक्यौँ । 

बाजा किनेको खर्च सबै चुक्ता गरिसक्नुभयो त ? कति समय लाग्यो चुक्ता गर्न ?

बाजाको खर्च त हामीले एक दुई वर्ष भित्रमा नै चुक्ता गरी सकेका थियौँ । विभिन्न गाउँहरूमा जान्थ्यौँ, भट्टहरूले पनि सहयोग गरे, अधिकारीहरूले पनि रुचाए । अन्य समुदायले आफ्नो शुभकार्यमा हामीलाई बोलाउने गर्न थाले   ।

बाजा बजाउन आफूले कसरी सिक्नुभयो र अरूलाई कसरी सिकाउनुभयो ?

बाजा बजाउन मैले पहिले नै केहीकेही जानेको थिएँ । बाजा किनिसकेपछि प्राय: बेलुका सबै जना जम्मा भएर सिक्न, सिकाउन र अभ्यास गर्न थाल्यौँ ।

तपाईँहरूको गाउँमा कत्तिको माग भइरहेको छ ? बाजा बजाएर जीवन चल्न सक्ने रहेछ त गाउँमा ?

माग त भई नै रहन्छ । गाउँ मात्रै होइन टा–टाढाबाट समेत हाम्रो माग भइरहन्छ । बाजा बजाएर मात्रै सबैको पूरै परिवार पालिन त गार्है छ, तर पनि गाउँको हिसाबमा भने राम्रै आयस्रोत हुन सक्ने रहेछ ।

बाजा बजाएको कति पैसा लिने गर्नुहुन्छ ? सो पैसा के-के काममा लगाउनुहुन्छ ?

समय र ठाउँ हेरी हामी एकपटकको १० देखि २५ हजार रुपैयाँसम्म लिने गर्छौँ । सो मध्ये आधा रकम हामी सबै बाँडेर लिन्छौँ भने बाँकी आधा रकम कोषमा राख्छौँ । कोषमा राखिएको रकम हामी बाजाहरू मर्मत गर्न, नयाँ बाजा किन्न र सामाजिक सेवाको काममा खर्च गर्छौँ । जस्तो कि: ठुला भोजभतेर हुँदा चाहिने धेरै र ठुला भाँडा कुँडाहरूको बन्दोबस्त गरेका छौँ भने त्यस्तै काम पर्दा भातभान्साको लागि टहरा पनि बनाएका छौँ ।

तपाईँहरूको कामलाई प्रशंसा गर्दै कोही व्यक्ति वा सङ्घ-संस्थाहरूले सहयोग/पुरस्कार पनि गरेका/ दिएका छन् त ? छन् भने क–कसले र कति सहयोग गरेका छन् ?

त्यस्तो काम त खासै भएको छैन । तर पनि ‘माइली काइँली ट्रष्ट’ ले ९ वर्ष पहिले १० हजार रुपैयाँ दिएर सहयोग र प्रशंसा भने गरेको थियो ।

पञ्चेबाजालाई पुर्ख्यौली पेशा बनाएका दमाईं जातिले आफ्नो भाग खोसिदिए भन्ने गुनासो त छैन ? उनीहरूको पेशामा असार त पुगेको छैन ?

हाम्रो कारणले दमाईंहरूको भाग खोसिएको र उनीहरूको पेशामा असर पुगेको छ भन्ने लाग्दैन, किनकि उनीहरूको पनि बाजा बजाउन सक्ने उमेरका मानिसहरू घरमा बस्दै बस्दैनन्, सबै लुगा सिलाउने काममा शहरतिर पसेका छन् । बाजा बजाएर भन्दा त लुगा सिलाएरै राम्रो कमाइ हुन्छ नि आजकाल ।

नयाँ पुस्ताहरूले कत्तिको रुचि लिएका छन् यो बाजामा ? यसलाई निरन्तरता दिन उनीहरूलाई कसरी उत्प्रेरित गर्ने र सिकाउने गर्नुभएको छ ? तपाईं मरेपछि यो लोप हुने त हैन ? यसलाई कसरी जगेर्ना गर्ने सोच बनाउनुभएको छ त ?

नयाँ-पुराना सबै पुस्तालाई मनपर्ने बाजा भएर होला, सबैले बजाउन सिक्न चासो दिएकै छन् । फेरी नयाँ पुस्तालाई पनि यसबाट गाउँमै बसेर पनि केही कमाइ गर्न सकिने रहेछ भन्ने परेको छ । त्यसैले म मरे पनि यो बाजा नमर्ला र गाउँबाट लोप नहोला भन्ने लाग्छ ।

तपाईँहरूको मुख्य समस्या अहिले के-के हो ? समाधानका उपाय के-के हुन सक्लान् भन्ने लाग्छ ?

बाजा बजाउन पनि बल चाहिने रहेछ । तन्नेरी भएपछि बाजा बजाउन सक्ने केटाहरू पढ्न वा कामको खोजीमा गाउँ छोड्नु पर्नाले हामीलाई बाजा बजाउने टिमको अभाव हुने गरेको छ । बाजा बजाउनुपर्छ भनेर उनीहरूलाई रोक्नु पनि त भएन नि । गाउँमै रोजगारीको व्यवस्था र राम्रो क्याम्पस भइदिएको भए हामीलाई बाजा बजाउने मानिसहरूको अभाव हुने थिएन होला । अहिले त बाजाको माग भएको बेला र ठाउँहरूमा समेत जान सकिएको छैन अर्थात्, मागलाई पूरा गर्न पनि सकिएको छैन ।

अरू कसैले सिक्ने रहर गरे भने सिकाइ दिनुहुन्छ ? अन्य कोही मानिसहरू सिक्न आउँछ कि आउँदैनन् ?

किन नसिकाउनु । सिक्न आउनेहरूलाई सिकाइदिने गरेका छौँ । बेलावखत केही मानिसहरू सिक्न आउने पनि गर्छन् ।

वडालाई विकास गर्न के-के गर्नु पर्ला वा सकिन्छ भन्ने लाग्छ ?

यहाँ गर्न सकिने र गाउँलेहरूले जानेको भनेको खेतीकिसानी र पशुपालन नै हो । तर त्यसलाई अलि धेरै र व्यवस्थित रूपमा गर्नु पर्नेहुन्छ । हामीसँग जग्गा र पानीको स्रोत प्रशस्त छ तर त्यसको सदुपयोग हुन सकेको छैन । मानिसहरूमा एक अर्कोप्रतिको विश्वास कम छ र समूहमा मिलेर काम गर्ने परिपाटि पनि छैन । फेरी उत्पादन भएपनि त्यसको बजारको उचित प्रबन्ध छैन । त्यसैले मानिसहरू केही गर्न त खोज्छन्, तर बिचैमा छोडिदिन्छन् । अनि नयाँ काम गर्न सबै डराउँछन् । हेरौँ, बुढीगण्डकी बनेपछि अवस्था केही सुधारिन्छ कि !

यहाँलाई सधैँ मनमा उठ्ने गरेका र भन्न मन लागेका कुराहरू केही छन् ?

गाउँ विकासमा सधैँ पछि पर्‍यो भन्ने मेरो मुख्य चिन्ता हो । पढेलेखेका, जान्ने बुझ्नेहरू र काम गर्न सक्नेहरू कोही गाउँमा बस्दैनन् । नपढेका र नबुझ्नेहरू सबै कुनै न कुनै पार्टीको पछि लागेर हिँडेका छन् । उनीहरूको बिचमा मेलमिलाप र सहयोगको भावनै छैन । भोट ज-जसलाई दिए पनि चुनावपछि त सबै जना मिलेर गाउँको विकासमा लागे हुने हो- आफूले सोचेर र भनेर मात्रै नहुने रहेछ ! त्यसैले मैले त अब बोल्नै छोडिसकेँ ।

                                     प्रस्तुति: नारायण अधिकारी

Share23Tweet15Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
सुशील कोइरालाको ८ औँ स्मृति दिवसमा नेविसंघ पिपल्स क्याम्पसद्वारा दीप प्रज्वलन

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions