काठमाडौंः सामुदायिक वन दिवस २०८१ को अवसरमा बिहिबार नवलपरासी(बर्दघाट सुस्ता पूर्व) वृहत्त वृक्षारोपण तथा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कार वितरण गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ र डिभिजन वन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को संयुक्त आयोजना तथा व्यवस्थापन सो कार्यक्रम गरिएको हो ।
ग्रिन फाउन्डेसन नेपाल, एन्साब नेपालको सहकार्यमा “सामुदायिक वनको प्रभावकारिता ः तीन तहको सरकार र समुदायको सहभागिता” नाराका साथ सामुदायिक वन दिवस २०८१ को अवसरमा वृक्षारोपण तथा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कार वितरण कार्यक्रममा मध्यविन्दु हरियाली सामुदायिक वन कावासोती प्रथम भई १२ हजार नगद पुरस्कार सहित प्रमाण पत्र पाएको छ ।


कावासोती–२ को शिव सामुदायिक वन उपभोक्ता समूह दोस्रो भई नगद ८ हजार ५ सय र प्रमाण पत्र पाएको छ । त्यसै गरी मध्यविन्दु–११ को अरुण खोला सामुदायिक वन उपभोक्ता समूह तेस्रो भई नगद ६ हजार ५ सय नगद रकम र प्रमाण पत्र पाएको छ ।
पुरस्कार वितरण अघि नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को अङ्कुर आदर्श सामुदायिक वन क्षेत्रमा वृहत्त वृक्षारोपण कार्यक्रम गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुखबाट वृक्षारोपणको सुरुवात गरिएको थियो । सोही समूहको सभा हलमा डिभिजन वन कार्यालय नवलपुरको मुल्याड्ढनको आधारमा तपसिल बमोजिमको समुहहरुलाई नगद राशी सहित उत्कृष्ट सामुदायिक वनको रुपमा पुरस्कृत गर्ने कार्य सम्पन्न भएको थियो ।


कार्यक्रममा डिभिजन वन अधिकृत वसन्त केशव अधिकारी, सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य सिता खड्का, गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, सदस्य धना पाण्डे, जिल्ला प्रहरी कार्यालय डिएसपी वेदप्रसाद पौडेल, वन तथा वातावरण पर्यावरण गुल्म हात्तिखोर प्रमुख प्रकाश अधिकारी, ग्रिन फाउन्डेसन नवलपुर अध्यक्ष ठाकुर पाण्डे, गैर सरकारी संस्था महासङ्घ अध्यक्ष बद्री नेपाल, इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पङ्गेनीको सहभागिता रहेको थियो ।
त्यसै गरी कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १६ अध्यक्ष आनन्द श्रेष्ठ, स्थानीय महासङ्घ अध्यक्षहरू देव चुली कृष्ण प्रसाद तिवारी, कावासोती लोक बहादुर के.सी. लगायत सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको जिल्ला तथा स्थानीय महासङ्घका सदस्य तथा पदाधिकारीहरू सहित उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।





























































Discussion about this post