English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ऐतिहासिक र सांस्कृतिक माथिल्लो हटिया: एक परिचय

टुरशाला by टुरशाला
माघ २५, २०८०
in अतिथि लेखक, इतिहास/संस्कृति, जात्रा/पर्व
A A
0
96
SHARES
  • नारायण लाल श्रेष्ठ 

माथिल्लो हटिया ज्वालामूखी गाउँपालिका वडा नं. ३ मैधीमा पर्दछ । ऐतिहासिक र धार्मिक स्थल मैधीकोटको फेदीमा अवस्थित यो गाउँलाई मैदान भनेर पनि चिनिन्छ । यसको एक कदम मुन्तिर ‘इजारा’ भनिने सार्की गाउँ (केही घर नेवारको पनि) र एकदम माथितिर कोटथोके रहेको छ । उत्तरतिर झर्दा जोगिवन र दक्षिण झर्दा धारापानी, वराम गाउँ पुगिने यो गाउँमा नेवारहरूको बस्ती रहेको छ । जीवनस्तर, आर्थिक क्रियाकलाप, सामाजिक मान्यता, भौगोलिक बनोट, रहनसहन आदिका दृष्टिले माथिल्लो हटिया अन्य सबै गाउँ भन्दा फरक नभएपनि सांस्कृतिक र ऐतिहासिक रूपमा यो गाउँ अति महत्त्वपूर्ण रहेको छ ।

भीमसेनस्थान मन्दिरदेखि मैधीकोटसम्मको क्षेत्र, तस्बीर: राजु झल्लु प्रसाद

ऐतिहासिक महत्व:

अहिले नेवारहरूको बस्ति रहेको यो थलोको पहिलो बासिन्दा मगरहरू हुन् । हाल ग्याल्मामा बसोबास गर्ने मगरहरू यसै स्थानबाट प्रतिस्थापन भएको देखिन्छ । वि.सं. १९०३ को कोतपर्वपछि काठमाडौंबाट भागेर मैधी पुगेका चौतरिया जबरजङ्ग शाहले यो स्थलबाट मगरहरूलाई ग्याल्मा पठाई आफूहरू त्यहाँ बसेको इतिहास छ । बुढापाकाहरूको सम्झना अनुसार अहिलेका ज्वालामूखी गाउँपालिका ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको घर नजिकै निजको बुबा ‘गैँडा रामजी’ भनिने रामजी श्रेष्ठको स्वामित्वमा रहेको चनौटेपाटामा जबरजङ्ग शाहको विशाल घर थियो । तत्कालीन गोरखा राज्यका राजा पृथ्विपति शाहका कान्छा छोरा चन्द्ररुप शाह (नरभूपाल शाहका भाइ र पृथ्वीनारायण शाहका काका) का सन्तति तथा नेपालको मुख्तियारी (प्रधानमन्त्री) को पद सम्हालेका पुष्कर शाहका नाति चौतरिया जबरजङ्ग शाह मैधी पुगेपछि उनको खाने बस्ने बन्दोबस्ती राज्यको तर्फबाट भएको थियो र उनले स्थानीय प्रशासन चलाउने जिम्मेवारी पाएका थिए । उनी माथिल्लो हटियाको उक्त चनौटेपाटोमा घर बनाई बसे । त्यहाँ बसोबास गर्ने मगरहरूलाई ग्याल्मामा सारियो भने उनीसँग गएका केही नेवार परिवारलाई माथिल्लो हटियामा बसाले । जबरजङ्ग शाहसँग मैधी गई उक्त स्थानमा बसोबास गर्ने नेवारहरूमा गोपाल श्रेष्ठ (खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन श्रेष्ठका बाजे) का पुर्खाहरू र हाल पोखरीथोकमा विवाह गरि जानुभएकी लक्ष्मी श्रेष्ठका माइतीतर्फका पुर्खाहरू थिए । लक्ष्मी श्रेष्ठका माइतीलाई अहिले पनि ‘जमदार खलक’ भनिने गरेकोले उनीहरू जबरजङ्ग शाहसँगै मैधी गएको र स्थानीय प्रशासन चलाउने सहयोगीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

यसैगरी वडा अध्यक्ष उमेश श्रेष्ठका बुबा र बाजेले चौतरिया खलकको जमिनहरू भोगचलन गरिरहेको देखिएकोले उहाँको पुर्खा पनि त्यही समयमा काठमाडौंबाट माथिल्लो हटिया गएको अनुमान गर्न सकिन्छ । 

तस्बीर: अनिल श्रेष्ठ

चौतरिया जबरजङ्ग शाहले यो ठाउँलाई बसोबासको रूपमा रोज्नुको कारण आफ्नो पुर्खा चन्द्ररुप शाहका दाजु दलु शाह अहिले खड्गदेवीथान रहेको मैधीकोटमा विशाल दरबार बनाई बसेको आधारमा पुर्खाको वासस्थानलाई पछ्याएकोले हुन सक्दछ । त्यसबाहेक मगरहरूको यो बस्ती मैधीको आदिभूमि त छँदै थियो । उनी त्यहाँ बसोबास गरेपछि वि.सं. २०१३ मा सरकारबाट मैधीभरीको ७ सय रुपैयाँ मालपोत उठाइ खान पाउने अधिकार सहित थुप्रै जमिन बिर्ताको रूपमा प्राप्त गरे । त्यही बेलादेखि मैधीलाई ‘७ सय मैधी’ भन्न थालिएको हो । उनले सरकारबाट खान्किको रूपमा प्राप्त जमिनमध्ये हाल सार्की गाउँ रहेको पारिलो जमिनलाई ठेक्कामा कमाउन दिएका थिए । तत्कालीन समयमा ठेक्कामा कमाउन दिएको जमिनलाई ‘इजहारा’ भन्ने चल्न थियो । त्यसैले अहिले पनि त्यो ठाउँलाई ‘इजहारा’ भन्ने गरिन्छ । त्यसको अलि मुन्तिर तल्लो हटियासँग जोडिएको भिरालो र तुलनात्मक रूपमा खेतीपाती कम हुने जमिन जबरजङ्ग शाहको फूलबारी थियो । जुन ठाउँमा अहिले तल्लो हटियाली नेवारहरूको बस्ती भएपनि यसलाई अहिले पनि बगैँचा भन्ने गरिन्छ । यसैगरी निजले बिर्ताको रूपमा प्राप्त गरेको अहिले गोपाल श्रेष्ठको नयाँ घर भएको क्षेत्रलाई ‘बिर्ताको डाँडा’ भनिन्छ । यी सबुतहरूले माथिल्लो हटिया तत्कालीन समयको मैधीभरिको महत्त्वपूर्ण स्थल भएको प्रमाणित हुन्छ । 

माथिल्लो हटियाबाट चौतरिया शाहहरू उखुबारी र गैरीगाउँमा बसाई सरेपछि यहाँ नेवारको मात्र बसोबास भयो । जबरजङ्ग शाहका ७ भाइ छोराहरूलाई यो ठाउँ साँघुरो भएकोले होला ७ भाइ मध्ये जेठा अमरजङ्ग शाह (पूर्वप्रमुख निर्वाचन आयुक्त स्व. विष्णुप्रताप शाह, स्व. सुरेन्द्रप्रताप शाह, कृषि बैंक र नेपाल बैङ्कका पुर्वसिइओ देवेन्द्रप्रताप शाह, पुर्वआइजिपि तथा संविधानसभा सदस्य रविन्द्रप्रताप शाह, स्व. राजेन्द्रप्रताप शाह लगायतका बाजे) उखुबारीमा बसाई गए भने अन्य ६ भाइ (डोरजङ्ग शाहका पिता, खेमजंग शाहका पिता आदि) सातदोबाटो नजिकको गैरीगाउँमा गए । 

उखुबारी, कुनागाउँ दरबार, बार्दलीमा दिवाकर शाह । यो दरबार माओवादी द्वन्द्वकालमा जल्यो । तस्बीर स्रोत: राजु झल्लु प्रसाद

यसरी मगर जातिको पुर्खौली थलोमा चौतरिया शाहसँग मैधी पुगेका नेवारहरूको बस्ती बस्यो । मगरहरू मैधी गाविसकै आदिवासी भएको कारण मैध्याली (मैदेली) सभ्यताको विकास माथिल्लो हटिया (मैदान) बाटै शुरु भएको अनुमान गर्न सकिन्छ । ऐतिहासिक वृत्तान्त अनुसार गोर्खाका तत्कालीन राजा पूर्ण शाहले मैधीमा आक्रमण गर्दा गोर्खाली फौजसँग मैध्याली (मैदेली) फौजले वीरतापूर्वक लडेका थिए । उक्त लडाइँमा मैधीका मगरहरूले अगुवाइ गरेका र त्यसमा माथिल्लो हटियाकै मगरहरूको संलग्नता रहेको हुनु पर्दछ । महाभारतको विशाल युद्धमा नेपालका किराँतवंशी राजाले पाण्डवको पक्षमा लड्न ठूलो फौज पठाएको हुँदा त्यो फौजमा मैधीका मगरहरूको पनि संलग्नता रहेको कुरा स्व. विष्णुप्रताप शाहले आफ्नो माटोको अङ्क १, २०६० मा प्रकाशित ‘हाम्रो मैधी (मैदी)’ शीर्षकको लेख मार्फत अनुमान गर्नुभएको छ । यो ऐतिहासिक तथ्यलाई आधार मानेर हेर्दा त्यस फौजमा सरिक हुने मैध्याली मगरहरू पनि माथिल्लो हटियाकै हुनुपर्दछ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको व्रतबन्ध मैधीकोटमा हुँदा उनको आतिथ्यको जिम्मेवारी यसै गाउँले पायो होला । मैधीकोटको वरिपरि दमाई गाउँ भएको र सो स्थानबाट माथिल्लो हटिया धेरै निकट भएको कारण बडामाहाराजधिराजको खानपान, सुरक्षा आदिको व्यवस्था यसै गाउँले गरेको अनुमान गर्न सकिन्छ । त्यस्तै गोर्खाका राजा पृथ्विपति शाहको पालामा राजकाज सम्बन्धि खटपट भएकोले उनका साइँला छोरा दलु शाह मैधी निर्वासित भई वर्तमान मैधीकोटमा ठूलो दरबार बनाई बसेका थिए । माथिल्लो हटियाबाट त्यति निकट स्थान भएकोले दलु शाहले माथिल्लो हटियाकै जनतासँग सरसंगत र व्यवहार गरेको प्रष्ट हुन्छ । यहाँ स्थित भीमसेनथानको मन्दिर नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेका हुन् भनिन्छ ।

गोर्खाबाट काठमाडौं जाने मूलबाटो मैधीको विभिन्न भाग हुँदै माथिल्लो हटिया भएर जाने र पृथ्वीनारायण शाहको व्रतबन्ध भएको ऐतिहासिक स्थल भएको कारण भीमसेन थापा जस्ता भारदारहरू यो गाउँमा केही समय अडिने कारण उनले उक्त भीमसेनथान निर्माण गराएका हुन् भन्न सकिन्छ । यसैगरी नेपालको राजकाजमा विभिन्न उतारचढाव खपेकी राजमाता राजेन्द्र लक्ष्मी शाहले जीवनको उत्तरार्धमा (वि.सं. १८४२ ताका) श्री ५ महाराजधिराज रणबहादुर शाहको व्रतबन्ध गराउन रणबहादुर शाहलाई लिई गोर्खा जानेक्रममा ज्वरो र खोकीले ग्रस्त भई धादिङमा मुकाम गरी बस्दा नानी महाराजधिराज रणबहादुर शाहलाई पृथ्वी नारायण शाहको व्रतबन्ध स्थल मैधी घुम्न पठाइएको ऐतिहासिक तथ्य सुन्दरप्रसाद शाहको ‘बहादुर शाह’ नामक ऐतिहासिक उपन्यासमा उल्लेख छ । उक्त अवसरमा नानी महाराजधिराज रणबहादुर शाह माथिल्लो हटियामै बसी केही दिन मैधीमा खेलेका हुनुपर्दछ । राजमाता राजेन्द्र लक्ष्मी शाह पनि यसै स्थान भएर गोर्खा गइन होला । सके यहाँ केही समय बसिन् पनि कि ! 

सांस्कृतिक महत्व:

मैधीको सांस्कृतिक परम्परालाई आजको अवस्थासम्म निरन्तरता दिन माथिल्लो हटियाको भूमिका महत्त्वपूर्ण रहेको छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म यो गाउँमा धुमधामले लाखे नाच लगाइन्छ । लाखे भई नाच्नेहरूमा प्राय: यसै गाउँको बासिन्दा हुने गर्दछन् । गाईजात्रामा गाई निकाल्ने कार्य यसै गाउँमा हुन्छ । सो दिन विभिन्न जनावरको मुकुण्डो लगाई नाच्ने, लौरो जुधाएर टाकटुके नाच र लाखे नाच्ने तथा गाई (परिवारको सदस्य मरेका नेवारको घरबाट निकालिने गाई) को गोठालेको भेषमा गाइसँगै खड्गदेवी माईको मन्दिरदेखि देविथानसम्म थोत्रो डोको बोकेर परम्परा अनुसार बाटामा भेटिएका फलफूल चोर्ने प्रयास गर्दै यहाँको बासिन्दाले रमाइलो गर्दछन् ।

तस्बीर: अनिल श्रेष्ठ

गाईजात्राको भोलिपल्ट हिले जात्रा पनि यसै स्थानमा धुमधामले मनाइन्छ । गाउँको माथिल्लो भागमा पर्ने एउटा सानो चौरमा घरघरबाट पानी ल्याई हिलो बनाएर केराको थामबाट कोदालो, कोदाली बनाई नाच्दै खनेको अभिनय गरिन्छ । पुरुषहरू महिलाको भेषमा घैया धानको पातलाई रोपोको रूपमा दमाई बाजाको तालमा नाच्दै रोपेको जस्तो गर्दछन् । यो कार्य पनि रोचक ढङ्गले गरिन्छ । यो पङ्क्तिकारले पनि सो जात्रामा रोपाहारको भूमिका निर्वाह गरेको बाल सम्झना सँगालेको छ । यसरी यहाँ लगाइने जात्रा हेर्न मैधीका उखुबारी, अमराईदेखि रातमाटा, पिपलटारसम्मको मान्छे ओइरिने गर्दथे । हिलेजात्रा पछि कृष्णाष्टमीसम्म रातिको समयमा सातदोबाटे लगायत विभिन्न स्थानमा लाखे नाच नचाउने परम्परामा अहिले केही कमी आएको भएपनि यो पङ्क्तिकार विद्यालय पढुन्जेलसम्म यस्तो चलन व्यापक थियो । कृष्णाष्टमीको दिन फेरी धुमधामले लाखे नाचेर माथिल्लो हटियामाबाटै वर्षभरिको लागि लाखे नाचको अन्त्य गर्ने चलन रहेको थियो । केही वर्ष पहिलेसम्म माथिल्लो हटियाका बासिन्दाले मकैको ढोंडबाट रथ बनाई त्यसमा श्री कृष्णजीको मूर्ति राखी शोभा यात्रा गर्ने प्रचलन थियो भनिन्छ ।

तस्बीर: अनिल श्रेष्ठ

यहाँका युवाहरू जोशिला र बलिया भएका कारण उनीहरू जात्रामात्रामा हुने झैँ–झगडामा पनि अग्रस्थानमा रहने गर्दथे । मैधीमा विभिन्न चाडपर्वमा लाग्ने जात्रामा परम्परा जस्तै एक समूह र अर्को समूहको बिच घमासान झगडा हुने गर्दथ्यो । झगडामा कसैलाई गम्भीर चोट लागेको वा झगडालु समूहभन्दा बाहिरका व्यक्ति कुटिएको थाहा छैन । एउटा जात्राको झगडाको हिसाबकिताप अर्को जात्रामा मात्र गरिन्थ्यो । रिसराग पालेर जहाँ भेटियो त्यहीँ झगडा गरिँदैनथ्यो । यसरी झगडा गर्ने समूहमा माथिल्लो हटियाको सशक्त समूह लगायत ग्याल्माली, काफलपाने, छापथोके, काफलश्वारे आदि प्रमुख थिए । झैझगडाहरू आफैमा खराब कुरा भएपनि यहाँका झगडाहरू सांस्कृतिक महत्वका थिए । जात्रामा अलिअलि भएपनि घाच्चघुच्च नभए रमाइलो मानिँदैन थियो । अहिले पनि यहाँका युवाहरू जोशिला छन् । कोहीलाई केही समस्या परेमा सबै गाउँले एकजुट भएर सामना गर्ने चलन यहाँ अहिले पनि विद्यमान छ ।

तस्बीर: अनिल श्रेष्ठ

तर ऐतिहासिक र सांस्कृतिक महत्वले यति महत्त्वपूर्ण माथिल्लो हटिया अहिले मैधीका अन्य गाउँभन्दा पिछडिँदै जान थालेको छ । यहाँको शैक्षिक विकासको लागि पासाङल्हामु प्रा.वि. स्थापना भएपनि प्रारम्भिक शिक्षा मात्र लिएर पढाई छाड्ने प्रवृत्ति बढिरहेको छ । विकासको दृष्टिले पनि यो गाउँ ओझेल पर्दैछ । परम्परादेखिको प्रख्यात मूलबाटो यसै गाउँबाट जाने भएपनि तल्लो हटियाको भीमसेनथानबाट वरामगाउँ हुँदै धारापानी निस्कने बाटो खुलेर अहिले मोटर गुड्न थालेपछि यो गाउँ केही कोल्टो परेको छ । मैध्याली (मैदेली) संस्कृतिलाई धानिरहेको एउटा गाउँको यो अवस्था निश्चय पनि चिन्ताको विषय हो । कुनैपनि मान्छेले आफूप्रति गर्व गर्नको लागि आफ्नो संस्कृति र इतिहासलाई बचाइराख्नु पर्दछ । हामीले आफूलाई मैध्याली (मैदेली) हुँ भनेर चिनाउँदा त्यहाँको इतिहास र संस्कृतिबाटै चिनाउने हो । त्यसैले मैध्याली (मैदेली) संस्कृतिको संगमस्थल माथिल्लो हटियाको विकासमा आजको पुस्ताले सोच्नु पर्ला की ! 

तस्बीर: अनिल श्रेष्ठ

(आफ्नो माटो, स्मारिका–३, २०६२ आश्विनबाट साभार)

तस्बीर: अनिल श्रेष्ठ
तस्बीर: अनिल श्रेष्ठ
Share38Tweet24Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
जलवायु परिवर्तन न्यूनीकरणका लागि डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीच साझेदारी

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions