English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

मानव-हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन समाधान खोज्न मेचीनगर र डब्लुडब्लुएफ एक ठाउँमा

टुरशाला by टुरशाला
कार्तिक २१, २०८०
in राष्ट्रिय निकुन्ज र वन्यजन्तु, समाचार, समुदायमा आधारित पर्यटन
A A
0
15
SHARES
  • प्रेम बास्तोला, राजु झल्लु प्रसाद

झापा । मेचीनगर नगरपालिका र डब्लुडब्लुएफ नेपाल सुदूर पूर्वमा हात्ती-मानव सहअस्तित्व कायम गर्दै द्वन्द्व न्यूनीकरणको दीर्घाकालीन समाधान खोज्न एकमत भएका छन् । मङ्गलवार झापास्थित नगर कार्यालयमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । 

नगर कार्यालयमा भएको छलफल कार्यक्रममा डब्लूडब्लूएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ, वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवाली, सामाजिक व्यक्तित्व सरिता ज्ञवाली एवं अनिता गुरुङ, होमस्टे विज्ञ डा. आलोक प्रसाईँ, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत टेकनाथ रेग्मी, र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) का संयोजक न्युटन कार्की, सामुदायिक वन उपभोक्ता महासङ्घ, मेचीनगरकी अध्यक्ष जानुका ओली, र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) का संयोजक न्युटन कार्की, वन विज्ञानका विद्यार्थी सन्दीप लुइँटेल, हात्ती प्रभावित क्षेत्रका वडाध्यक्षहरू एवं स्थानीय संरक्षणकर्मीहरूको उपस्थिति रहेको थियो । मेचीनगर-४ का वडाध्यक्ष एवं ग्रामीण पर्यटन विज्ञ अर्जुन कुमार कार्कीको पहलमा सम्पन्न छलफलले मानिस र हात्तीबिचको द्वन्द्व घटाउँदै दुवै पक्षको सह अस्तित्व कायम गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो । 

नगरप्रमुख बुढाथोकीले पहिलोपटक डब्लुडब्लूएफ नेपालको टोलीलाई  मेचीनगरले स्वागत गर्न पाउनु खुसीको विषय रहेको बताए । “विगत लामो समयदेखि हात्तीले दुःख दिइरहेको मेचीनगरमा डब्लुडब्लुएफजस्तो प्राविधिक ज्ञान, अन्तर्राष्ट्रिय कानुनको जानकार एवं विश्व प्रसिद्ध संरक्षणकर्मीहरूको समूहको स्थलगत भ्रमण, निरीक्षण एवं अवलोकन कार्य गरेको छ, यो हर्षको कुरा हो”, उनले अगाडी भने, “हामीसँग विज्ञताको कमी छ, समाधानका स्रोतको समस्या छ । सरहरू आइदिनुभयो औधी खुसी छु ।  मेचीनगरको तर्फबाट वडाध्यक्ष (४ नम्बर वडा) कार्कीले नेतृत्व लिनुभयो, जसमार्फत अन्य वडाका अवस्था पनि उस्तै रहेको र समग्र मेचीनगरकै समस्याले सम्बोधन पाएको छ, हामी सहकार्यका लागि उत्साहित छौँ ।” उनले यस भ्रमणले कन्चनजङ्गा फेदीको हात्ती-मानव सहअस्तित्वको दिशामा मात्रै सकारात्मक प्रभाव मात्रै नछाडी  नगरको पर्यावरणीय र  कृषि पर्यटनलाई बढवा दिएको जिकिर गरे ।   

नगरप्रमुख बुढाथोकीले जङ्गलमा बस्ने जनावरले त्यहाँ सुरक्षित बस्न र खान नपाइरहँदा मानव बस्ती छिरेको र तत्पश्चात् द्वन्द्व निम्तिएको बताउँदै समस्या समाधानमा एकरूपता नदेखिनु गम्भीर त्रुटि रहेको उल्लेख गरे । “म प्रदेश सांसद हुँदासमेत समस्या समाधानको उपाय खोजीका लागि वन मन्त्रालयसम्म पुगेका थियौँ तर सरकारी निकायका निर्देशक एवं सचिवहरूबिच एकरूपता देख्न/भेट्न मुस्किल पर्‍यो । उहाँहरू मेचीनगरको समस्या समाधान गर्न इच्छुक हुनुभएको महसुस हालसम्म पनि गर्न सकेको छैन”, उनले अगाडी भने, “हात्तीका आनीबानी बुझेर समाधानको उपाय खोज्नु साटो सरकार अझै पनि टिन ठटाउने, सुन्ठी (राँको) बाल्ने, बाँसका कप्टेरा फुटाएर हात्ती लखेट्ने एवं सुल्ठो सल्काएर रातभर जाग्राम बस्ने गरिरहेको छ । हामीले विद्युतीय तारबारसँग समेत हात्ती अभ्यस्त भइसकेको वस्तुस्थितिलाई मनन गरी दीर्घाकालीन समाधान दिन सकिरहेका छैनौँ ।” उनले नेपाल-भारत दुवैतर्फको हात्ती कोरिडोरबारे अध्ययन हुनु आवश्यक रहेको समेत बताए ।  

यसैगरि, प्रमुख प्रशासकीय अधिकृत रेग्मीले डब्लुडब्लुएफले मेचीनगरलाई प्राथमिकता दिएर स्थलगत अध्ययनका लागि आउनु स्वागतयोग्य रहेको बताउँदै हात्ती-मानव द्वन्द्व व्यवस्थापनका लागि हालसम्म गरिएका उपायहरू कति उपयुक्त र कति अनुपयुक्त रहेको भन्नेबारे एक वृहत् अध्ययन हुनु आवश्यक रहेको बताए । “डब्लुडब्लुएफले आफ्ना जर्नलमार्फत मेचीनगरको समस्याबारे विश्वभरका संरक्षणकर्मीहरू अवगत गराउन सक्दछ नै, नेपालका तर्फबाट भारतसँग समन्वयकारी भूमिका समेत खेलिदिन सक्दछ । तपाईँहरूले अध्ययनमा आधारित रहेर हाम्रा समस्या बताएपश्चात् भारतले पनि सुन्छ”, उनले अगाडी भने, “गौरीगन्ज र गौरादहबाहेक अन्य १३ वटै वडामा हात्ती-मानव द्वन्द्व बढिरहेको हुँदा सहअस्तित्वको सवालमा हामी कहाँनेर छौँ भनेर प्रस्ट हुनु आवश्यक छ, र त्यसअनुरूप प्रशासनलाई कमसेकम १५ वर्षका लागि ठोस योजना बनाउन सजिलो हुने थियो ।”

अधिकृत रेग्मीले मानव-हात्ती द्वन्द्व न्यूनीकरणलाई नगरले प्राथमिकता दिएको बताउँदै क्षतिपश्चात् राहतस्वरूप ‘खडेखडे हातैहात’ योजनाअनुरूप  अग्रिम पेस्कीको व्यवस्था गरिएको समेत बताए । “यहाँका हात्तीहरूलाई बेहोस बनाएर हात्ती व्यवस्थापनका लागि सरकारको उपस्थिति रहेको चितवनतिर लैजाने कि भन्ने सोचमा समेत हामी छौँ”, उनले भने । 

यसैगरि, कार्यक्रम संयोजक ज्ञवालीले मेचीनगर र विशेषतः बाहुनडाँगीको समस्या एवं सम्भावनाहरूबारे बुझ्नका लागि गरिएको यस स्थलगत भ्रमण फलदायी रहेको बताउँदै मेचीनगर डब्लुडब्लुएफको कार्यक्षेत्रभित्र नपरेको भएतापनि आफूहरूबाट हुन् सक्ने सबै सहयोग नगर र नगरबासीलाई उपलब्ध गराउने गरी कार्य अघि बढाइने बताए । “स्थानीय समुदायसँग हात्तीसँगको बसाइको लामो अनुभव र प्रचलित अन्तर्राष्ट्रिय कानुनका कारण पनि मेचीनगर हात्ती-मानव सहअस्तित्वमा आइपुगेको हामीले महसुस गरेका छौँ । यसमार्फत विश्वभरकै मानव-वन्यजन्तु द्वन्द्व भइरहने क्षेत्रहरूबिच मेचीनगर एक तह माथि आइपुगेको पाएका छौँ”, उनले अगाडी भने, “यहाँको समस्या पनि फरक किसिमको रहेको हुँदा समाधानको उपायहरू फरक किसिमले गर्नुपर्छ, त्यसका लागि प्राविधिकरूपमा नगरलाई सघाउन हामी आतुर छौँ ।” डा. ज्ञवालीले हात्ती-मानव सहअस्तित्वको दिशामा बाहुनडाँगी एक्लै लडिरहेको त छैन भन्ने संशय समेत व्यक्त गरे । 

यसैगरी, डब्लुडब्लुएफ, नेपालका प्रमुख गुरुङले मेचीनगरको समस्या डब्लुडब्लुएफको पनि समस्या भएको बताउँदै मेचीनगर आउनु आफ्नो संस्थाको दायित्व भएको बताए । “अर्जुनजीले बाहुनडाँगी क्षेत्रको भ्रमण गराउनुभयो । त्यहाँ सक्रिय आरआरटी जस्ता कर्मठ युवा समूहसँग भेट गराउनुभयो । ३५ वर्षको मेरो व्यक्तिगत अनुभवमा यसप्रकार मानव-वन्यजन्तुबीच सहअस्तित्व कायम भएको देख्न पाउनु दुर्लभ अवसर हो । म  बाहुनडाँगीबाट साह्रो प्रभावित भएँ, समस्या अन्य वडा पनि रहेको हुँदा र त्यहाँ सहअस्तित्व बोध नभइसकेको हुँदा हामीले गर्नुपर्ने धेरै छ”, उनले अगाडी भने, “क्षतिप्रति हामी सहनशील हुनुपर्छ किनभने मानव-वन्यजन्तु भएको ठाउँमा क्षति हुन्छ, हुन्छ । तर, कम क्षतिप्रति सहनशील भयौँ भने सहअस्तित्व कायम हुनसक्दो रहेछ, बाहुनडाँगीले त्यो नमुना पेश गरेको छ ।”

डा. गुरुङले ज्यान फ्यालेर खटिरहेका आरआरटीप्रति कृतज्ञता व्यक्त गर्दै एग्रो-फरेस्ट्रीको नमुना पेश हुनुले यहाँ होमस्टे टुरिजमको सम्भावना प्रचुर रहेको समेत बताए ।  उनले बाहुनडाँगीले प्रस्तुत गरिरहेको सहअस्तित्वलाई एवं यस नमुना संरक्षण कार्यलाई स्थायित्व दिने कार्य सरकारको रहेको बताउँदै प्रविधि र केही स्रोत जुटाएर नगरलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

यसैगरी होमस्टे विज्ञ डा. प्रसाईँले मेचे, राजवंशी लगायतका यहाँका रैथाने खानाको प्रवर्द्धनमार्फत हात्तीमैत्री होमस्टेका अवधारणा अघि सार्न सकिने जिकिर गरे ।   

वडाध्यक्षहरूले उठाए सहअस्तित्वमाथि प्रश्न:

वडा-१३ का वडाध्यक्ष कृष्ण सिग्देलले वडालाई हात्तीमैत्री बनाउन आफूहरूले बाहुनडाँगीबाट सिकेको उल्लेख गर्दै द्वन्द्व यद्यपि रहेको र समाधानको दीर्घकालीन उपाय खोज्नु आवश्यक रहेको बताए । “कस्तो अवस्था देखिएको छ भने हात्तीले बालीनालीको क्षति पुर्याउदासम्म वडावासी हात्ती लखेट्न जाँदैनन् तर घर वा मानव क्षति नै गर्‍यो भने चाहिँ अगाडी सर्छन् । अर्कोतर्फ, वन डिभिजन कार्यालयले राहत ६ महिनापछि मात्रै उपलब्ध गराउँछ, यसले सहअस्तित्वलाई चुनौती दिइरहेको छ”, उनले भने । वडाध्यक्ष सिग्देलले सामुदायिक वनको भूमिकामाथि समेत प्रश्न उठाए । “मानवको खुला प्रवेश उस्तै रहने हो भने सामुदायिक वनको महत्त्व के रहन्छ”, उनले प्रश्न गरे । 

यसैगरी, छलफल कार्यक्रममा सहभागी मेचीनगर- २ का वडाध्यक्ष दीपक बरालले स्थानीयवासीहरू रातिको समय मात्रै नभई बिहानीपख समेत डराइ-डराइ हिँड्ने अवस्था हुँदा स्थानीयवासीमा मानसिक तनाव वृद्धि भएको उल्लेख गरे । “हामी सहअस्तिवको कुरा गर्दैछौं, तर पीडा विकराल छ । अझै पनि मेचीनगरमा द्वन्द्व देख्न पाइन्छ, सहअस्तित्वमा जानुपर्छ तर त्यसपूर्व केही गृहकार्यहरू गर्नुपर्छ कि ?”, उनले प्रश्न गरे । वडाध्यक्ष बरालले जिल्ला वनको उत्तरदायित्व देख्न नपाइएको गुनासो समेत गरे । 

mechingar-wwf nepal

यसैगरी, मेचीनगर- ९ का वडाध्यक्ष कन्चन तामाङले सहअस्तित्वको कुरा आउनु राम्रो रहेको तर, सहअस्तित्वको अभ्यास नगरभरि अभ्यास नभइसकेको जिकिर गरे । “हामी अझै पनि द्वन्द्वात्मक अवस्थामै छौँ तर हामी सबैको परिकल्पना हात्ती-मानव सहअस्तित्वसम्मकै हो”, उनले भने, “सामुदायिक वन वन्यजन्तुमैत्री बनाउने कि जनमैत्री बनाउने भन्ने कुरामा निश्चित भएमा मात्रै समस्या समाधान हुनसक्छ”, उनले भने । 

यसैगरि सामुदायिक वन उपभोक्ता महासङ्घ, मेचीनगरकी अध्यक्ष ओलीले रैथाने हात्तीले मान्छे मार्ने क्रम नरोकिएको जिकिर गर्दै समाधानको उपायस्वरूप महासङ्घले झाडी सफाई गर्ने वनको नीतिलाई रोक्दै झाडी संरक्षण गरी वन्यजन्तुलाई जङ्गलमै राख्न खोजिएको बताइन् । “वन्यजन्तुलाई वनमै राख्ने प्रयत्न गरिरहेका छौँ, जसअनुरूप उसलाई जङ्गलमै भुल्ल्याउका लागि केरा लगायतका खेतीलाई प्राथमिकता दिइरहेका छौँ”, उनले भनिन् ।  

आरआटीका संयोजक कार्कीले बाहुनडाँगीको यस समूहले यथासम्भव तालिम र सुरक्षा सामाग्री पाएमा सरकारका सुरक्षा निकायसँग समन्वय गरी सम्पूर्ण नगर क्षेत्रमा समूहलाई विस्तार गर्न सकिने बताए । “तर, त्यसपूर्व युवाहरू मनैदेखि तयार हुनुपर्‍यो र नगरबाट पनि हामीलाई प्रोत्साहन प्राप्त हुनु आवश्यक छ”, उनले भने । 

यसैगरी, वन विज्ञानका विद्यार्थी सन्दीप लुइँटेलले अन्यत्र हात्ती हेर्न जङ्गल छिरिरहेका पर्यटकहरूलाई मेची बगरमा ल्याउन सकिने र त्यसमार्फत फरक वन्यजन्तु पर्यटनलाई अगाडी सारी मेचीनगरमा हात्ती मैत्री पर्यटन विस्तार गर्न सकिने बताए । उनले समस्याग्रस्त हात्तीको पहिचान गरी त्यसको तस्बिर लिई नगरवासीलाई सचेत गराउन आवश्यक रहेको समेत औँल्याए  ।

mechingar-wwf nepal

छलफल कार्यक्रममा मेचीनगर-४ का वडाध्यक्ष कार्कीले यस भ्रमण फलदायी रहेको बताउँदै अध्ययन, अनुसन्धान र सिकाइ निरन्तर प्रक्रिया रहेको र यसलाई जति व्यापक पार्न सक्यो, त्यति उत्कृष्ट नतिजा प्राप्त हुने बताए । “डब्लुडब्लुएफले महसुस गरेको सहअस्तित्वमाथि समेत वडाध्यक्ष साथीहरूले प्रश्न उठाउनुभएको छ, यसले छलफललाई अझ बलियो र पूर्ण महसुस गराएको छ”, उनले अगाडी भने, “तर, हामी सबै सहअस्तित्वमा जानका तत्पर रहको महसुस भएकाले डब्लुडब्लुएफतर्फबाट मानव-हात्ती  सहअस्तित्वबारे मिहिन ढङ्गले अध्ययन हुनेछ र नगरबाट आवश्यक कार्ययोजनाहरू प्रस्तुत हुनेछन् भनेर विश्वास लिएको छु ।” वडाध्यक्ष कार्कीले  र्यापिड रेस्पोन्स टिम (आरआरटी)ले जोखिम मोलिरहेको वर्तमान परिप्रेक्ष्यको सम्बोधनका लागि नगरपालिका तत्पर हुनुपर्ने जिकिर समेत गरे ।  

मङ्गलवार डब्लुडब्लुएफ टोली काठमाडौं फर्किएको छ ।  

यो पनि पढ्नुहोस्: मानव-हात्ती सहअस्तित्व कायम गर्ने दिशामा बाहुनडाँगीवासी

Share6Tweet4Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions