काठमाडौं । इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ भने थप १५ जना घाइते रहेका छन् । परराष्ट्रमन्त्री निकट स्रोतले यस कुरालाई पुष्टि गरेको हो ।
परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको र आक्रमणमा परी ९ जना नेपाली घाइते भएको उल्लेख छ, जसमध्ये तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएकोमा पछिल्लो अपडेट अनुसार ७ जनाको अवस्था ठीक रहेको, ७ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।
“हामीलाई प्राप्त सूचनाअनुसार सूदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी गाजा बोर्डर आसपास आक्रमणमा परेका हुन् । दुई जनाको छातीमा र अरूको खुट्टा चोट देखिएको छ भनेर हामीलाई त्यहाँका विद्यार्थीले भनेका छन्”,स्रोतले भन्यो ।
परराष्ट्र मन्त्राय निकट स्रोतले घटनाको उपयुक्त उपचारका लागि कुटनीतिक पहल गरिरहेको टुरशालालाई बताएको छ । “हामी अध्ययन गर्दैछौँ, नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय भइरहेको छ”, स्रोतले भन्यो ।
युद्धको अवस्था भएकाले इजरायलमा भएका नेपालीहरूलाई चनाखो रहन र सरकारी अधिकारीहरूले सुझाएको सुरक्षा मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।






























































Discussion about this post