English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सरकारले वन कुकुर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ

Raju Jhallu Prasad by Raju Jhallu Prasad
मंसिर २०, २०८०
in अतिथि लेखक, अन्तर्वार्ता
A A
0
29
SHARES
  • सुजन खनाल

म वनविज्ञानको विद्यार्थी थिइनँ, तर कालान्तरमा मैले यहीँ विषय पढेर मास्टर सिद्ध्याएँ । प्लस टू साइन्स क्यारेबियन कलेज (काठमाडौं) बाट गरेको थिएँ । यसपछि म नाम निस्किएकाले २ महिनाका लागि इन्जिनियरिङ (इलेक्ट्रिक इन्जिनियरिङ) पढ्न पोखरा गएँ । हेटौँडाको मान्छे, घर छाडेर त्यति टाढा कहिल्यै गएको थिइनँ । मलाई ‘होम सिक्नेस’ भयो । मामाले पनि ‘डीएफओ कोर्स  (DFO Course)’ पढ्नु भन्नुभयो । त्यसपछि हेटौँडा आएर हेटौँडा क्याम्पसबाट मैले आफ्नो ब्याचलर सकाएँ । त्यतिबेला भूउपयोगिताको परिवर्तनमा थेसिस गरेको थिएँ । यसपछि, वन विज्ञान संस्थान (आईओएफ), पोखराबाट स्नातकोत्तर पढ्न गएँ । यी सब गरिरहँदा म वातावरण तथा जैविक विविधता संरक्षणका विभिन्न आयामहरूलाई नजिकबाट हेर्ने भइसकेको थिएँ । यसै सम्बन्धमा आफ्ना अग्रजका थेसिसहरूमा सघाउने एवम् यसै क्षेत्रमा स्वतन्त्र अनुसन्धानको कार्य थालिसकेको थिएँ । यसप्रकार म वनविज्ञानको विद्यार्थी हुन् आइपुगेँ । हाल म सामुदायिक वन उपभोक्ता महांसघसँग आबद्ध छु भने ढोल वर्किङ ग्रुपको नेपाल प्रतिनिधि समेत हुँ । 

The International Conference on Asiatic Dogs (Dholey) took place at NTNC, BCC from June 1 to June 7, 2023.

वन कुकुरप्रति मेरो आकर्षण किन बढ्यो ? 

वन कुकुर (ढोँल, Dholey) प्रति मेरो आकर्षण बढ्नुमा एक दुई कारणहरू छन् । पहिलो, ब्याचलर अध्ययनकै क्रममा नेपालमा पाइने क्यानिड्स परिवार प्रजातिहरू जस्तै: स्याल, ब्वाँसो, फुस्रे फ्याउरो, भोटे फ्याउरो, रातो फ्याउरोमध्ये वन कुकुरको संख्या अत्यन्त न्यून छ भन्ने मलाई थाहा भयो र यस सम्बन्धमा अध्ययन गरिरहनुभएकी स्मृति लामा दिदीसँग अप्रत्याशित रूपमा जोडिन आइपुगेँ ।  सन् २०१५ मा दिदी हात्तीको वासस्थान एवम् मानव-वन्यजीव द्वन्द्वबारे अध्ययन गर्दै हुनुहुँदो रहेछ । 

सुजन खनाल

हेटौडा क्याम्पसमै थिएँ, मेरो ब्याचलरको थेसिस पनि बाँकी नै थियो । एकाएक अप्रत्याशित रूपमा स्मृति दिदीको फोन आयो । म अचम्ममा परेँ । अचम्म यसकारण लाग्यो कि उहाँसँग त्यसअघि मेरो व्यक्तिगत वा बाह्य रूपमा कुनै चिनाजानी थिएन । फोनमा उहाँले मलाई ‘पर्सा निकुञ्जदेखि रौतहटको खोलासम्म जानुपर्छ’ भन्नु भएको थियो । र, चिन्दै नचिनेको मान्छेलाई सहयोग गर्न म झोला बोकेर निस्किएँ । मलाई अझै पनि याद छ,  उहाँको र मेरो भेट भएको पर्सा नेशनल पार्क (त्यतिबेला रिजर्भ) नजिकै भएको थियो ।  स्मृति दिदीसँग चुम्ला दिदी पनि हुनुहुन्थ्यो । 

हामी प्रथमतः हात्तीको खोजीमा निस्कियौँ । म सहयोगी बनेर उहाँहरूको पाइला पछ्याउँदै पर्सा निकुञ्ज हुँदै रौतहटसम्म पुगेँ । यस यात्राको दौरान मैले जंगलको विराटतालाई नजिकबाट जान्ने-बुझ्ने मौका पाएँ ।  जैविक तथा भौगोलिक विविधता अनेकन् गुप्त रहस्यहरूलाई देखेर म दंग थिएँ । यसरी दंग परिरहेकै क्षण जिन्दगीमा प्रथमपटक मैले वन कुकुरलाई देख्ने दुर्लभ अवसर पाएँ । रातमाटे सामुदायिक वन क्षेत्रमा थियौँ, दुई वटा वन कुकुरहरू बागमती नदी किनारमा हिँडिरहेका थिए । उनीहरूको हिँडाई एकदमै सफ्ट हुन्छ, भुवा जस्तो । मैले त्यतिबेला उनीहरूको पाइलाको फोटो समेत खिचेँ तर उनीहरूको भने फोटो खिच्न पाइनँ ।

क्रमशः यस विषयमा रुचि बढ्दै गएपछि निकुञ्ज क्षेत्रभित्र वन कुकुरको अवस्था के छ बुझ्न मन लाग्यो, र, म यतातर्फ आकर्षित भएँ । स्वतःस्फूर्तमा रूपमा व्यक्तिगत रूपमा अध्ययन, अनुसन्धान गरिरहेको थिएँ । यसैकारण भन्न सकिन्छ कि, सन् २०१५ देखि मैले ढोँलसँग सम्बन्धित खोजमूलक कार्यक्रम सुरु गरेको हुँ । त्यतिबेला नेपालमा करिब सयको संख्यामा वन कुकुर रहेको थियो, जो अहिले अझै घट्दै गएको हुनुपर्छ भन्ने मेरो अनुमान छ । 

दोस्रो घटना पनि यसै ब्यहोराको छ, सन् २०१६ मा सन्त बहादुर थिङ दाइले वन कुकुरको वासस्थान सम्बन्धमा ब्याचलरको थेसिस गर्दै हुनुहुन्थ्यो । त्यतिबेला पनि उहाँको थेसिस बनाउनेदेखि लिएर, फिल्ड भिजिट लगायत सम्पूर्ण काममा मैले दाइलाई सघाउँदै ७२ दिन पर्सा निकुञ्जमा बसेँ । त्यसक्रममा वन कुकुरलाई अझ नजिकबाट स्क्यान गर्न पाएँ । त्यो समयका केही फोटोहरू अहिलेसम्म  मसँग सुरक्षित नै छन् । राम्रो क्यामेरा नभएका कारण यो  ढोँल हो भन्ने चाहिँ थाहा हुन्छ । 

पछि उहाँले सन् २०१८ मा वन कुकुरमै मास्टरको थेसिस गर्नुभयो, जसका लागि सोही भूगोल छनौट गर्नुभयो । म फेरी वहाँसँग जोडिएर पर्सामा लगभग २ महिना जति बसेँ हुँला । मलाई याद छ, हामी चुरियामाई (मकवानपुर) वन क्षेत्रमा थियौँ । त्यहाँ मैले ३/४ वटा वन कुकुरले साम्भारलाई शिकार गरिरहेको अभूतपूर्व दृश्य देखेँ । यो मेरो जिन्दगीकै सुन्दरतम क्षणमध्ये एक हो । 

यसरी एकपछि अर्को रूपमा वन कुकुर विशेषज्ञहरूसँग संगत बढ्दै जाँदा र आफूलाई वन कुकुरबारे चासो दिनप्रतिदिन बढ्दै गएकाले वन कुकुरको स्थिति कस्तो छ भनेर सन् २०२१ मा रिसर्च पेपर तयार पार्ने निधो गरेँ, जसका लागि मैले रुफोर्डमा प्रपोजल पनि हालेँ । तर, पहिलोपटक फ्यालिएँ । सोही फ्यालिएको प्रपोजल दोस्रोपटक पुनः पठाएँ । अचम्म, म सेलेक्ट भएँ । फूल स्क्लोरसिपमा मैले वन कुकुरको सम्बन्धमा आफ्नो रिसर्च सुरु गर्न पाएँ, जुन यद्यपि चलिरहेकै छ, जो चाँडै सार्वजनिक हुनेछ ।

Dholey

अध्ययनका क्रममा मैले वन कुकुरबारे जेजे थाहा पाएँ:

वन कुकुर पेलिस्टोसिन पिरियडमा एशिया, युरोप र उत्तरी अमेरिका पाइन्थ्यो तर, १२-१८ हजार वर्षअघि नै यसको दायरा एशियाका सीमित देशहरू (जस्तै: नेपाल, भारत, चीन, बाङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनेशिया, मलेशिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देश) देखिएका छन्।समुद्री सतहदेखि ५३०० मिटरसम्म सुक्खा पतझड, ओसिलो पतझड, उष्ण सदाबहार, उष्ण वर्षा वन, खुला मैदान आदि वन कुकुरका लागि उपयुक्त वासस्थान मानिन्छ । नेपालमा भने समुद्र सतहदेखि ४३५० मिटरसम्म वन कुकुर देखिएका छन् । यस उचाइमा नेपालका तराई एवम् लेकाली भेगका प्रायशः निकुञ्ज एवम् संरक्षित क्षेत्र पर्ने हुँदा वन कुकुरहरू नेपालका विभिन्न भागमा छरिएर रहेको अनुमान गर्न सकिन्छ ।

वन कुकुरले मान्छेले झैँ ‘सिसि..’ को आवाज निकाल्ने गर्दछन् । सिट्ठी हालेर (ह्विसलर) एकअर्कासँग कुराकानी गर्ने गर्दछन् । चिच्याउने, म्याउँ गर्ने तथा कुखुरा जस्ता कराउने यी जीवहरू रोचक आवाज निकाल्न माहिर हुन्छन् । यो आवाज कसरी उत्पादन हुन्छ, खोजीकै विषय रहेको छ । शिकारलाई आक्रमण गर्दा, यिनीहरू ‘काका..काका’ आवाजहरू चिच्याउँछन् भने खाना माग्न बच्चाहरूले फरक आवाज निकाल्छन् ।  यसैगरि, यिनीहरू कुशल शिकारीका समेत हुन् । यिनीहरूले आफ्नो शिकारलाई दौडाएर, थकाएर मात्रै आक्रमण गर्ने गर्दछन् । वन कुकुरहरू आफूभन्दा ४-१० गुणा ठूलो जनावर (गौरी गाई, चौँरी, बँदेल)लाई पनि आफ्नो शिकार बनाउँछन् । यिनीहरू ३० माइल प्रति घण्टाको गतिमा शिकारको पछाडि दौडिने सामर्थ्य राख्दछन् ।

सामूहिक रूपमा शिकार गर्ने यिनीहरू चारैतिरबाट घेरा हाली शिकार जीवित रहँदै पुच्छरपट्टिको भागबाट खान शुरू गर्छन् । पछाडिबाट उफ्रिएर आफ्नो शिकारलाई घाइते बनाउनु यिनीहरूको शिकारजन्य प्रवृत्ति हो । कहिलेकाहीँ आँखामा आक्रमण गरेर आफ्नो शिकारलाई अन्धो समेत बनाउँछन् । साथै, हरेक वर्ष सेप्टेम्बरमा यिनीहरूको ब्रिडिङ सुरु हुने गर्दछ । स्वस्थ अल्फा फिमेलले बढीमा १२ वटासम्म बच्चाहरू जन्माएको पाइएको छ । गर्भावस्थाको अवधि ६०–६३ दिनसम्मको रहन्छ । यस समयमा, समूहले ओडारमा बसेकी आमालाई खाना पुर्‍याउने गर्दछन् । यसरी जन्मिएका बच्चाहरू ६ महिनाको उमेर भएपश्चात् वयस्कहरूसँग शिकारमा जान्छन्, र आठ महिनाको उमेरमा साम्बर जस्ता ठूला शिकारहरूलाई मार्न मद्दत गर्छन् ।

वन कुकुर संरक्षणका चुनौतीहरू:

२०१५ देखि हालसम्मको अध्ययनको क्रममा मैले थाहा पाए कि, आफ्नो भू-भागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि छुट्याइएको नेपालले वन कुकुर संरक्षणमा चासो दिएको देख्न र भेट्न मुस्किल छ । वन कुकुरको यकिन संख्या निर्धारण, वितरण प्रणाली, वासस्थानको अवस्था, आहारा प्रजातिको उपस्थिति लगायतका विषयहरूबारे कसैले पनि स्पष्ट रूपमा यहीँ हो भनेर भन्न सक्ने स्थिति छैन । यो समस्या नेपालमा मात्रै नभई वन कुकुर पाइने विश्वका विभिन्न देशहरूमा रहेको छ । व्यक्तिगत रूपमा सीमित व्यक्तिहरूले वन कुकुर संरक्षणमा चासो दिएको पाइन्छ । पछिल्लो समय क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुप (डीडब्ल्यूजी) विश्वव्यापी रूपमा वन कुकुर संरक्षणमा लागेको छु, जसको नेपाल प्रतिनिधिहरू एक म हुँ भने अर्को अम्बिका दाइ (खतिवडा) हुनुहुन्छ । वन कुकुरको संख्या एवम् गणना निर्धारण, आवश्यक पारिस्थितिक प्रणाली निर्माण एवम् संरक्षण कार्ययोजना तयार पार्नतर्फ हामीहरू क्रियाशील छौँ, जसअन्तर्गत नै सौराहामा दोस्रो वन कुकुर सम्मेलन गत जेठमा चितवनमा सम्पन्न भयो, पहिलो थाइल्याण्डमा भएको थियो ।

यसैगरी, ठूलालाई मात्र संरक्षण गर्ने सरकारी व्यवहारका कारण आकारमा साना तर जोखिममा रहेका वन कुकुर जस्ता थुप्रै वन्यजन्तुको अवस्था यस्तै हुन् गइरहेको छ, यो ज्यादै ठुलो दुर्घटना हो । वन नीति २०७१ को कार्यनीतिमा पनि वन, वन्यजन्तु तथा पारिस्थितिक प्रणालीको संरक्षण, विकास र व्यवस्थापनका लागि आवश्यक अध्ययन अनुसन्धान गर्नुका साथै संकटापन्न, दुर्लभ, लोपोन्मुख वनस्पति तथा वन्यजन्तुको स्व र पर–स्थानीय संरक्षण गर्ने उल्लेख गरेको छ, तर व्यवहारमा त्यसो देख्न पाइँदैन । उच्च सरकारी अधिकारीहरूमा ठूला वन्यजन्तुप्रति अचम्मलाग्दो मोहले पनि हाम्रो संरक्षण नीतिहरूमा विभेद रहेको प्रष्ट देखिन्छ । 

अर्कोतर्फ, वन्यजन्तु संरक्षण मूलतः आर्थिक लाभका लागि गरिनुपर्छ भन्ने गलत भाष्य निर्माण हुन् पुग्दा पनि पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान दिने वन कुकुर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत हुन् पुगेको हो । वन कुकुरको अभिलेखीकरण राख्ने र अन्यत्र देखिएका छन् भने तिनको पुनर्स्थापनाका लागि सचेत बन्नुपर्ने समयमा संरक्षित क्षेत्रभित्र तथा बाहिरका वनमा अतिक्रमण (गाउँबस्ती) बढ्नु, आहाराजन्य प्रजातिको सङ्ख्या घट्नु, विष तथा पासो प्रयोग गरी मार्ने प्रवृत्ति बढ्नु, यसको आवतजावतका लागि वन्यजन्तु अनुकूल विकास पूर्वाधार नबन्नु, घरपालुवा कुकुरबाट रोगहरू सर्नु जस्ता थप चुनौतीहरू खडा भएका छन् ।

यसैगरी, पानीका स्रोतहरू सुक्दै गएका छन् जसले गर्दा यिनीहरूको वासस्थान असुरक्षित देखिन थालेको छ । चुरेको अत्यधिक अवैध दोहनले  गर्दा निकुञ्जहरूमा पानीको समस्या देखिन थालेको छ । सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जमा यो समस्या देखिएको छ । 

घरपालुवा वस्तुलाई आक्रमण गरेको प्रतिशोधमा मान्छे-वन कुकुर द्वन्द्व पनि चर्किएको छ । यस क्रममा विषादी हाल्ने, जालमा पार्ने एवं गोली हानेर मार्ने लगायतका विधि ज्यादा प्रचलित छन् । मूलतः भारतीय मानिसहरूले आफ्ना पशुधनलाई सुरक्षित गर्ने सवालमा वन कुकुरहरूलाई ठूलो संख्यामा मार्ने गरिरहेका छन् । 

पानीको स्रोतमा दक्खल पुगेसँगै क्रमिक रूपमा वन कुकुरको संख्या पनि ओरालो लागेको अनुमान गर्न सकिन्छ । वन कुकुरको रौँ (भुत्ला)को व्यापार पनि पछिल्लो समय मौलाइरहेको छ, यो वन कुकुरको सुरक्षा चुनौतीमा थपिएको अर्को जटिलता हो । ब्रिटिश राजको समयमा ब्रिटिश स्पोर्टस् हन्टर्सहरूले आफ्ना विभिन्न खेलहरूका लागि वन क्षेत्रको प्रयोग गर्ने हुँदा त्यस क्रममा वन कुकुरको संख्या ओरालो लागेको हो ।

नेपाल सहित विश्वभर नै जैविक विविधताको विनाशको गति तीव्रतर रूपमा बढ्दै छ। जलवायु परिवर्तनसँगै जैविक विविधताको विनाश सबैभन्दा महत्त्वपूर्ण वैश्विक वातावरणीय खतरा हो । यी दुवैले हामीले हाम्रै लागि निर्धारण गरेका दिगो विकासका लक्ष्यहरूको उपलब्धिलाई कमजोर तुल्याउन सक्छन् । विशेषगरी खस्किँदो सिमसार, वनविनाश, वन विखण्डन, पहिरो, क्षयीकरण र प्राकृतिक संसाधनहरूको अत्यधिक दोहन वन कुकुर संरक्षणतर्फ देखिएका मुख्य चुनौतीहरू हुन् । 

वन कुकुर किन जोगाउने ?

वन कुकुर संरक्षण किन गर्ने रु त्यसबाट के फाइदा हुन्छ रु संरक्षण नगर्दा के हुन्छ रु यी प्रश्नहरू उठाउनु नै संरक्षणको पहिलो कदम हो । र, उत्तर सपाट छ- वन कुकुर संरक्षण गर्नु भनेको हाम्रो परिवेशको संरक्षण हो । वन कुकुर मानव जातिले सृष्टि गर्न नसक्ने प्रकृतिको वरदान हुन् । यस नैतिक सिद्धान्तकै आधारमा कुनै पनि जीवजन्तुको लोपोन्मुख हुनु मनासिब कुरा होइन । वन कुकुर लोप हुँदा त्यसका वंशाणु सधैँको लागि लोप हुन्छन् । यसकारण संरक्षणको लक्ष्य वंश र वंशाणुको संरक्षण हो । कुनै पनि जीवको भविष्यको मृत्युलाई रोक्नु नै मानव धर्म हो, चिकित्सा क्षेत्रले पनि यसलाई स्वीकारेको छ ।

पारिस्थितिक प्रणाली एवम् जैविक विविधतामा मानव मात्रै होइन हरेक जीवजन्तु, पशुपक्षीको बरोबर योगदान रहन्छ । मान्छे मात्रै एकछत्र भन्ने होइन । यस धरतीमा रहेका विभिन्न तत्त्वहरूमध्ये कुनै एकको मात्र घटबढ भए पनि अरूमा प्रभाव पर्छ । प्रत्येक वन्यजन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ । यी सबैको संरक्षण हामी मानवकै अस्तित्व बचाउनका लागि पनि अत्यावश्यक छ । प्रकृतिसँग अन्तर्क्रिया विना मानव विकासको सम्भावना रहन्न । 

अन्त्यमा:

वन कुकुर जस्ता वैश्विक चासो एवम् अति संकटापन्न जीवको संरक्षणका सरकारले चासो लिनुपर्नेमा सीमित व्यक्तिले काम गरिरहनु परिरहेको छ, यो दुखदायी कुरा हो । सरकारले वन कुकुर संरक्षण कार्ययोजना (वन कुकुर कन्जरभेसन एक्सन प्लान) अघि बढ्नुपर्नेमा यसको जिम्मेवारी हामीजस्ता सीमित व्यक्तिले लिनु परिरहेको छ, दुःख लाग्छ । सरकारले वन कुकुर संरक्षणलाई प्राथमिकता राखेर हामीलाई सघाओस् वा हामीसँग सहयोग मागोस् । 

जैविक विविधताको संरक्षण, जैविक विविधताका अवयवहरूको दिगो उपयोग र आनुवंशिक स्रोतहरूको निष्पक्ष र न्यायोचित वितरणबाट मार्फत जैविक विविधता संरक्षण हुन् सक्दछ । विश्वको जैविक विविधता संरक्षण, पुनर्जागृति र दिगो व्यवस्थापनको रणनीतिक दृष्टिकोण र खाका तयार परिरहँदा अति संकटापन्न वन कुकुर जस्ता साना स्तनधारी जीवहरूको न्यायोचित सम्बोधन हुनुपर्दछ । 

  • वन्यजन्तुको क्षेत्रमा निरन्तर काम गरिरहेका खनाल पर्सा र ढोरपाटन निकुञ्जमा विगत ७ वर्षदेखि सक्रिय छन्। वन कुकुरको सम्बन्धमा विशेष चासो राख्दै आइरहेका खनाल समुदायद्वारा व्यवस्थित पशुधन बीमा योजना सुरु गर्ने योजनामा छन्।

(टुर न्यूजको वन कुकुर अंक, अर्काइभ)

Share12Tweet7Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण
अतिथि लेखक

महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

साउन २५, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
Load More
Next Post
पर्यटक लोभ्याउँदै आधार शिविरको फुतफुते झरना

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions