काठमाडौं । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका–२ काठमाडौँ सम्पर्क समिति धादिङको आयोजनामा नयाँ वर्ष २०८२ सालको भिते पात्रो विमोचन तथा क्रियाशील सदस्य नवीकरण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्री तथा नेपाली कांग्रेस धादिङका सभापति माननीय सांसद रामनाथ अधिकारीज्यू हुनुहुन्थ्यो। उहाँले शुभकामना मन्तव्य दिंदै नेपाली कांग्रेसलाई अझ मजबुत बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कलङ्कीस्थित कुँजी फुडल्यान्डमा सम्पन्न उक्त कार्यक्रम बिहान १०:३० बजे सुरु भएको थियो। कार्यक्रमका क्रममा २०८२ सालको आकर्षक भिते पात्रो विमोचन गरिएको थियो भने, नेपाली कांग्रेसप्रति आस्था राख्ने साविक मैदी गाविस क्षेत्रका सम्पूर्ण सदस्यहरूको सहभागितामा क्रियाशील सदस्य नवीकरण प्रक्रिया पनि सम्पन्न गरियो।


उपस्थित नेताहरूले संगठन सुदृढीकरण र पार्टीका आगामी लक्ष्यहरूबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा युवादेखि ज्येष्ठ सदस्यहरूसम्मको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रम संयोजक तथा ज्वालामुखी वडा-२ का वडाध्यक्ष राजु लोप्पाले सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।





























































Discussion about this post