काठमाडौं । यस वर्ष ‘सामुदायिक वनको प्रभावकारिता: तिनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाइँदैछ ।
सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ ।
यस परम्परालाई निरन्तरता दिँदै संघ, प्रदेश, जिल्ला, र स्थानीय तहका महासंघ र समूहहरूले यस वर्ष पनि सामुदायिक वन दिवस २०८१ लाई सप्ताहव्यापी रूपमा मनाउने तयारी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित प्रेस सम्मेलनमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फकोफन)ले यस वर्षको सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको हो ।


काठमाडौंमा आयोजित प्रेस सम्मेलनमा अध्यक्ष भण्डारीले ‘सामुदायिक वनको प्रभावकारिता: तिनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले साउन २० गतेदेखि २६ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिने जानकारी दिए । उनले साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवसको रूपमा मनाउन संघ, प्रदेश, जिल्ला, र स्थानीय तहका महासंघ र समूहहरू, साथै जिल्ला वन कार्यालय र अन्य सरकारी निकायलाई पत्राचार गरिसकेको बताए । “२४, २५, र २६ गते सरकारसँग सहकार्य गरेर सामुदायिक वन दिवस मनाउनेछौँ भने अन्य दिनमा महासंघले विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ,” उनले थपे ।


पढ्नुहोस् प्रेस विज्ञप्ति:































































Discussion about this post