काठमाडौं: नेपाल वन प्राविधिक सङ्घको आसन्न निर्वाचनमा वन तथा भूसंरक्षण विभागको उपसचिव एवं वनकर्मी सुदीप छत्कुलीले सचिव पदमा (खुल्ला) उम्मेदवारी दिएका छन् । नेपाल वन प्राविधिक सङ्घको चैत्र २४ गते हुने निर्वाचनमा नेपाल राष्ट्रिय वन प्राविधिक सन्जाल, प्रजातान्त्रिक वन प्राविधिक संघ र मधेशको लागि वनले संयुक्त प्यानल बनाएर चुनाव लड्ने भएसँगै छत्कुलीले सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
यस प्यानलको अध्यक्षको उम्मेदवारमा राकेश कर्ण छन् भने उपाध्यक्षमा अमरदेव प्रसाद यादव र महासचिव (खुल्ला)मा गोविन्दप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यस्तै महासचिव (महिला) मा सुनिता उलक, सचिव (खुल्ला)मा सुदिप छत्कुली, सचिव (महिला)मा सृजना श्रेष्ठ र कोषाध्यक्षमा सुजिता कुमारी राउत उम्मेदवार बनेका छन् । कर्णको समुहका खुल्ला तर्फ सदस्यका उम्मेदवारहरूमा निरज बाबु भट्ट, प्रकाश राज रेग्मी, प्रशासन सापकोटा र सुभाषचन्द्र शर्मा छन् भने महिला सदस्यमा पुष्पाकुमारी मिश्र, सृजना श्रेष्ठ र पुजा पोखरेल उम्मेदवार छन् ।


अर्कोतर्फ, आसन्न निर्वाचनमा प्रगतिशील वन प्राविधिक सङ्घ (PFAN) र मधेशका लागि वन (FFM) को संयुक्त प्यानलबाट शैलेन्द्र चौधरीले सचिव पदमा (खुल्ला) उम्मेदवारी दिएका छन् ।
वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन, संरक्षित वन्यजन्तु र जलाधार, वातावरणीय सेवा भुक्तानी र जलवायु न्याय, सुदृढ वन संगठन संवृद्धि र विकासको आधार भन्ने नारासहित संयुक्त प्यानलले नेपाल वन प्राविधिक संघको पूर्वउपाध्यक्ष, भूसंरक्षण विभागको पूर्वमहानिर्देशक विजयराज पौड्याललाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै, उपाध्यक्षमा सुजितकुमार झा, खुल्ला महासचिव अजयविक्रम मानन्धर र महिला महासचिवमा मञ्जु घिमिरेलाई उम्मेदवार बनाएको छ भने खुल्ला सचिव र महिला सचिवमा शैलेन्द्र चौधरी र करुणा कार्की तथा कोषाध्यक्ष लक्ष्मणप्रसाद पौड्याल उम्मेदवार बनाएको छ । संयुक्त प्यानलले वन प्राविधिकहरूको हित रक्षा, क्षमता वृद्धि, पारिस्थितिकीय पद्धति अक्षुण्ण राख्न र रोजगारी सिर्जनाका लागि नेपाल वन प्राविधिक संघको १० वर्षे रणनीति तथा कार्य योजनालाई अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
को हुन् सुदीप छत्कुली ?
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटारमा वि.सं. २०४४/०६/२२ गते जन्मिएका छत्कुली २०६१/०६३ को त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन संकायको ‘गोल्डमेडलिस्ट’ हुन् । वन विज्ञानतर्फको केन्द्रीय क्याम्पस पोखराको पूर्व स्ववियु सचिव समेत रहेका छत्कुलीले २०६९ मा लोकसेवाबाट नेपाल वन सेवा अन्तर्गत २/२ ठाउँबाट अधिकृतमा नाम निकाली नेपाली वन सेवा जनरल फरेष्ट्री तर्फको अधिकृतको रूपमा सेवा प्रवेश गरेका हुन् ।
वन विज्ञानमा स्नातकोत्तर, जन प्रशासनमा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर छत्कुलीले पेशागत कार्य क्षेत्रका सिलसिलामा नेपालको हिमाल, पहाड र तराई सबै क्षेत्रलाई कार्यस्थल बनाई गहकिलो अनुभव हासिल गरेका छन् । वन तथा जैविक विविधताको अलावा छत्कुली साहित्य, दर्शन नीति विश्लेषणमा पनि दक्षता राख्दछन् ! २०७८ सालमा लोकसेवा मार्फत वन सेवा अन्तर्गत खुल्ला प्रतिस्पर्धा मार्फत उपसचिवमा पदोन्नति भएका छत्कुली हाल नेपालभरका सम्पूर्ण वन प्राविधिकको साझा थलो नेपाल वन प्राविधिक सङ्घको चुनावमा सचिव पदका प्रत्याशी हुन् ।


कार्यअनुभव: छत्कुलीको कार्यअनुभव यसप्रकार रहेको छ;
(वन अधिकृतको रूपमा )
- जिल्ला वन कार्यालय उदयपुर ,
वन संवर्द्धन वृक्ष सुधार महाशाखा
जिल्ला वन कार्यालय धादिङ,
जिल्ला वन कार्यालय सिन्धुपाल्चोक
डिभिजन वन कार्यालय नुवाकोट
(उपसचिव)
- वन तथा भू संरक्षण विभाग





























































Discussion about this post