काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह गरेका छन् । नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेकोले रिहाइका लागि सरकारले पटक-पटक आग्रह गर्दै आएको छ ।
परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
राजदूत अन्सारीले इसराइल र हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए । नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागि प्रयास भइरहेको उनले बताए ।
‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ । यद्यपि अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौं ।’



























































Discussion about this post