गल्छी । धादिङ जिल्ला गल्छी गाउँपालिका ४ मा रहेको किराञ्चोक भगवती (रणकालिका) मन्दिर क्षेत्रलाई धार्मिक तथा एतिहासिक पर्यटकीय गन्तव्यका अगाडि आउने भएको छ । गल्छी गाउँपालिका तथा स्थानीयहरु सकृयतामा किराञ्चोक भगवती (रणकालिका धार्मिक तथा एतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खोजिएको हो ।
१२औं देखि १३औं शताब्दी आसपास निर्माण भएको मानिने किराञ्चोक भगवती (रणकालिका)लाई राष्ट्र एकीकर्ता पृथ्वीनारायण शाहले समेत दर्शन भेट गरेको उल्लेख छ । पहिलो नुवाकोट आक्रमणबाट हार व्योहोरेका पृथ्वीनारायण शाहले बनारस गई, काश्यप गोत्र धारण गरेका थिए । बनारसको मणिकर्णिका घाटमा सोझै आई किराञ्चोक कालिका भगवतीको श्रद्धा-भक्तिक साथ् पूजा उपासना, आराधना गरि रणकालिकाबाट अजेय शक्ति अमोध बल र आशीर्वाद प्राप्त गरेका शाहले नुवाकोटको रंगसङ्ग्राममा विजय प्राप्त गरेकाले उनैले यसको नामको अगाडि रण थपिदिएका हुन् ।
पहिले यो क्षेत्र किराँतहरुले राज्य गरेको र किराँतचोकबाट अपभ्रमश भई किराञ्चोक रहन गएको भन्ने जनश्रुति पाइन्छ, जसलाई पुष्टि गर्ने आधारहरू पनि अघि सारिएका छन् । किराँतहरू टाकुरे राजाको रूपमा त्यहाँ नरहेको भए वरको बोट नजिकैको चौबाटोको नाम किराञ्चोक हुने थिएँ । किराञ्चोक नभएको भए कालिकाको नाम पनि किराञ्चोक कालिका हुने थिएन
काठमाडौंमा बस्ने किराञ्चोकका स्थानीय तथा पुरातत्व विभागको सहयोगमा २०७१ देखि कालिका मन्दिर पुनः निर्माण शुरु गरिएको हो । २०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निमांण, अन्य गुरुयोजना अनुरूपका निर्माण कार्यले धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक विकास एवम् पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षक बन्दै गएको छ ।
काठमाण्डौं चितवन राजमार्गको मास्टारबाट माथि डाडाँमा रहको यस स्थानबाट त्रिशुली नदी,धादिङ र मकवानपुरका विभिन्न गाउँबस्तिहरु देख्न सकिन्छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर निर्माण भएपछि यसको प्रचार प्रसार गर्न पालिका तथा मन्दिर व्यवस्थापन समिति खटिरहेको यसको उचित प्रचार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्ने पुरातत्व विभागका पूर्व इन्जिनियर एवं स्थानीय बासिन्दा ध्रुब अधिकारीको धारणा छ ।


नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले धादिङ र खासगरि त्रिशूली नदी जल पर्यटनको रुपमा परिचित रहेको अवस्थामा यसलाई समग्र पर्यटकीय गतिविधीमा जोड्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना रहको बताए ।
गाउँ पालिकाका अध्यक्ष केदारनाथ खतिवडाले यो क्षेत्र धार्मिक तथा एतिहासिक क्षेत्र भएकोले यसको विकास र विस्तार र प्रवद्र्धनको लागि पर्यटन बोर्ड र पुरातत्व विभागसँग सहयोगको अपेक्षा गरिएको बताए । स्थानीय मन्दिर समितका अध्यक्ष शंकर बहादुर भण्डारीले मन्दिर निर्माणमा पुरातत्व विभागको सहयोगमा मन्दिर निर्माण भइसकेकोले यसको प्रर्वद्धनको लागि बोर्डको सहयोग आवश्यक रहेको बताए ।
यसैबीच शनिवार स्थानीय जनप्रतिनिधी, पुरातत्व विभागका पूर्व अधिकारी, पर्यटन बोर्डका अधिकारी, स्थानीय समाजसेवी तथा गाउँलेहरुको सहभागितामा रणकालीका मन्दिर क्षेत्रलाई कसरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अन्तरक्रियामा सहभागीहरुले एतिहासिक महत्वको यो क्षेत्रमा थप पर्यटकीय पूर्वधार निर्माण गर्दै पर्यटकीय गतिविधि बढाउन सकिने धारणा राखेको शिक्षाविद तथा स्थानीय अगुवा शिव अधिकारीले जानकारी दिए ।




























































Discussion about this post