English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘याक चौँरी कृषक महासङ्घ, नेपाल’को औपचारिक गठन, दुई वर्षे कार्ययोजना प्रस्तुत

Raju Jhallu Prasad by Raju Jhallu Prasad
अशोज १७, २०८०
in समाचार
A A
0
12
SHARES

काठमाडौं- याक चौँरी कृषक महासङ्घ, नेपाल औपचारिक रूपमा गठन भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD) र पशु सेवा विभाग (DLS) सँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) ले काठमाडौंमा दुई दिने कार्यक्रम गरि महासङ्घको विधान (२०८०) जारी गर्दै संस्था गठन प्रक्रियालाई औपचारिकता दिएको हो । 

नेपाल तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेल एवं सह-सचिव सूर्य प्रसाद पौडेल, पशु सेवा विभागका उपमहानिर्देशक सुलोचना श्रेष्ठ, याक चौँरी कृषक महासङ्घ, नेपालका अध्यक्ष दावा साङ्ग्बु शेर्पा, इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले संयुक्त रूपमा महासङ्घको विधानलाई सार्वजनिक गरेका हुन् । 

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

नवगठित महासङ्घका अध्यक्ष दावा साङ्ग्बु शेर्पाले महासङ्घको घोषणा तथा कार्यसमितिको परिचय प्रस्तुत गर्दै नवगठित कार्यसमितिका सदस्यलाई शपथ ग्रहण गराएका थिए । “पुर्खाहरूले परापूर्व कालदेखि आफ्नो मौलिक, रैथाने ज्ञानसीप स्रोतको आधारमा गरिआएको याक चौँरी व्यवसायीहरूको सदैव हितमा रहने गरी याक चौँरी कृषक महासङ्घ, नेपालको विधानमा रही कर्तव्यनिष्ठ तवरले पालना गर्ने र पदमा तथा गोपनीयताको शपथग्रहण गर्दछु । जय याक, जय चौँरी ।” भन्दै कार्यसमितिले शपथ ग्रहण गरेका थिए । शेर्पाले पशुचरणमा आबद्ध कृषकको संस्कृतिको पुस्तान्तरण महासङ्घको उद्देश्य रहेको बताउँदै शेर्पाले संस्थाको उद्देश्य तथा संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरूबारे जानकारी गराएका थिए ।

शेर्पाले महासङ्घको विगत र संस्था स्थापनाकालको चुनौतीहरूबारे प्रकाश पार्दै भौगोलिक विकटता र राज्यको नीतिनियम पार गर्दै महासङ्घ यहाँ आइपुगेकोमा सम्पूर्णलाई धन्यवाद एवं बधाई समेत दिएका थिए । “महासङ्घ स्थापनाका लागि कमसेकम ११ जिल्ला संघहरू स्थापना भएको हुनुपर्ने रहेछ, सोही प्रावधानअनुसार हाल ११ जिल्लाका प्रतिनिधिहरू यहाँ उपस्थिति छौँ । हिमाली भेगका याक चौँरीका कृषकहरूका लागि यो विशिष्ट दिन हो”, उनले भने । उनले चौंरीपालकलाई प्रोत्साहन गर्न गठित महासङ्घ बामे सर्दै गरेको अवस्थामा रहेको बताउँदै अगाडि भने, “याक चौँरी कृषकहरूको प्रवर्द्धन एवं याक चौँरीलाई पर्यटनसँग (वाइल्ड लाइफ चौँरी) जोड्नका लागि रामेछापको सैलुङमा हालसालै ३ दिने कार्यक्रम समेत सम्पन्न भएको छ, जसलाई आगामी दिनमा निरन्तरता दिनेछौँ”, उनले भने । 

शेर्पाले पूर्वी नेपालको याक चौँरी र पश्चिम नेपालको याक चौँरी आ-आफ्नै तरिकाले चलिरहेको र चरिचरण क्षेत्र, एवं याक, नाक चौँरीको विविध सम्भाव्यता र चुनौतीबारे अध्ययन यद्यपि कायम रहेको र त्यसप्रति महासङ्घ सचेत रहेको बताए । “यसका लागि हामीले साझा योजनाहरू तयार गर्नु आवश्यक रहेको औँल्याएका छौँ । यसकारण आत्मालोचनासहित टिप्पणी सङ्कलन गरी आकर्षक मोडालिटीको कार्यक्रमसहित याक चौँरीको प्रवर्द्धनात्मक कार्यक्रमलाई अगाडि बढाउनेछौँ”, उनले भने । 

इसिमोडको कैलाश हलमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिँदै इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले महासङ्घको औपचारिक गठन हुनु उच्च हिमाली क्षेत्रमा प्रतिकुल मौसमसँग जुधिरहेको याक, नाक तथा चौँरी र सम्बन्धित कृषकहरूका लागि ऐतिहासिक उपलब्धि रहेको बताए । “म आफैँ हिउँमा बाच्न सक्ने एक मात्र घरपालुवा जनावर (याक तथा चौँरी) पाल्ने परिवारबाट आएको हुँ । यो दिन कृषकसहित हामीजस्ता जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका सम्पूर्ण संस्था एवं व्यक्तिहरूको लागि हर्षको दिन हो”, उनले भने । 

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

महानिर्देशक ज्याम्शोले याक हिमाली संस्कृतिको हिस्सा भएकाले यसको पर्यटकीय महत्त्व उच्च रहेको  बताए । “चीनसँग याकको सङ्ख्या निकै राम्रो छ, साथै उसले याकलाई एग्रो-टुरिजमसँग जोडेर त्यसलाई ब्रान्डिङ गरिरहेको छ । नेपालले पनि सो कार्य गर्न सक्दछ”, उनले अगाडि भने । उनले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिमहरू एवं कृषकहरूको लगानी सुनिश्चित नहुनाले घटिरहेको याक तथा चौँरीको सङ्ख्या वृद्धि गर्नका लागि यस्ता कार्यक्रमहरू फलदायी हुने समेत बताए । 

इसिमोडकी इकोसिस्टम स्पेसलासिस्ट सिर्जना जोशीले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै याक महासङ्घको स्थापना याक तथा चौँरी पालनसँग जोडिएका कृषकहरूका लागि कोशेढुंगा साबित भएको बताइन् । “संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय खर्क दिवस २०२६ लाई विशेष महत्त्वका साथ हेरेको छ, त्यसका लागि यो कार्यक्रम प्रथम खुड्किलो हुनेछ”, उनले भनिन् । उनले याक तथा चौँरी पालन नेपालको सांस्कृतिक धरोहर भएकाले यसको पुस्तान्तरण आवश्यक भएको र त्यसका लागि महासङ्घ सक्रिय रहोस् भन्ने सदिच्छासमेत व्यक्त गरिन् । 

यसैगरि, कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले  ढिला भएपनि कामको थालनी भएको खुसी व्यक्त गर्दै सफलताको शुभकामना समेत दिए । नेपालमा २९ जिल्लामा याक चौँरी पालन हुँदै आधिकारिक तथ्याङ्कलाई स्मरण गर्दै उनले प्रस्तुत विधानले सबै जिल्लाका कृषकहरूलाई समेट्ने विश्वास समेत व्यक्त गरे । 

मन्त्रालयका सचिव पौडेलले याक चौँरीको सङ्ख्या वृद्धि, दुग्धजन्य पदार्थको उत्पादन वृद्धि एवं परिकारको विविधीकरण  र समग्र व्यवसायको मुनाफा वृद्धिमा केन्द्रित हुनुपर्ने बताए । “चरण क्षेत्रको गुणस्तरीय प्रयोग र विस्तार गर्दै याक तथा चौँरी पालक कृषकहरूलाई उद्यमशील बनाउनका लागि मन्त्रालय सहयोग रहनेछ”, उनले अगाडि भने, “याक तथा चौँरीका दुग्धजन्य परिकार घिउ, चिज, छुर्पीलाई ब्रान्डिङ एवं बजारीकरण गरिरहँदा यस्ता पदार्थको खाद्य स्वच्छतालाई विशेष ध्यान दिनुपर्छ ।”

पौडेलले याक तथा चौँरी पर्यटनका लागि आकर्षक वस्तु भएकाले यसबाट उत्पादित वस्तुलाई ‘स्पेस्लाइज्ड प्रडक्ट’को रूपमा ब्रान्डिङ गर्न सकिने बताए । “ब्रान्डिङ गर्दा हाम्रा याक तथा चौँरीले के-कस्ता जडीबुटी खाएका छन् वा महिलाहरूको उत्पादन गरिरहेका छन् भने यसलाई विशिष्टीकृत गर्न सकिन्छ”, उनले भने । उनले यस्ता पदार्थहरूलाई छिटोभन्दा छिटो उपभोक्तासम्म पुर्‍याउनका लागि, कृषकलाई बढीभन्दा बढी फाइदा दिलाउनका लागि र मूल्य समायोजन गर्नका लागि महासङ्घले केन्द्रीकृत कार्यक्रम गर्नुपर्ने आवश्यकता समेत औँल्याए । 

पौडेलले याक तथा चौँरीको उद्यमशीलता विकासलाई प्राथामिकीकरण दिँदै महासङ्घले एड्भोकेसीको रूपमा काम गरोस् भन्ने सदिच्छासमेत व्यक्त गरे । “राज्यलाई झकझक्याउने कुरामा तपाईँहरूको भूमिका रहोस् । बजेट, प्लानिङ र बजारीकरणका लागि विभागले सहयोग रहेनछ”, उनले भने । 

पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पछिल्लो चीन भ्रमणलाई स्मरण गर्दै  चीन सरकारसँग याक चौँरी  प्रवर्द्धनका लागि  बाटो खुलेको समेत बताए । “प्रधानमन्त्रीसँग पछिल्लो भ्रमणका क्रममा चीनको सिचुआन प्रान्तमा याक चौँरीको सङ्ख्या र उत्पादन राम्रो देखियो, थप गृहकार्य गरेर हामी पनि त्यसतर्फ अग्रसर हुनुपर्छ”, उनले भने । साथै, उनले पर्यटकलाई दूध दुहुन सिकाउने, याक पालनमा  पर्यटकहरूलाई आबद्ध  गराउनेजस्ता पर्यटनमैत्री कार्यक्रमहरूको विस्तार गर्ने सकेमा नेपालको पर्यटनमा ‘याक टुरिजम’ नामको नयाँ विधा थपिने समेत बताए ।

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

यसैगरि, सामुदायिक उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) की महासचिव पार्वता गौतमले याक- चौँरीपालक कृषक समुदाय र सामुदायिक वनको सम्बन्धलाई प्रस्टाउँदै पशुपालन, चरिचरण क्षेत्र र सामुदायिक वन एकापसमा जोडिएको विषय भएकाले मिलीजुली काम गर्नु आवश्यक रहेको बताइन् । “देशका सबै सामुदायिक अभ्यासहरूमा हामी सँगसँगै काम गर्न सक्छौँ र गर्नुपर्छ”, उनले भनिन् । 

महासचिव गौतमले चरण क्षेत्रबाट लिइँदै आइएको करको विषयमा एकापसमा छलफल गरी जानु आवश्यक रहेको र जलवायु परिवर्तनका कारण याक-चौँरीको चरण क्षेत्र कम भइरहेकाले त्यसलाई बचाउनका लागि दुवै महासङ्घ कटिबद्ध हुनुपर्ने बताइन् । “सामुदायिक वन उपभोक्ता समूहबाट पनि यस कार्यक्रमलाई सहयोग रहनेछ”, उनले भनिन् । गौतमले फेकोफनको विगत एवं फेकोफनमा रहेको महिला र पुरुषको समान सहभागिताको वृद्धि र विकासलाई  स्मरण गराउँदै त्यस कुरा यस महासङ्घमा पनि देख्न पाइओस् भन्ने सदिच्छा समेत व्यक्त गरिन् ।  

यसैगरि, याक, चौँरी महासङ्घका उपाध्यक्ष लाल कुमार केसीले लुम्बिनी र मधेस प्रदेश बाहेक अन्य पाँच प्रदेशमा चौँरी पालन हुने बताउँदै महासङ्घमार्फत याक चौँरीको विकास र विस्तारमार्फत मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मेचीदेखि महाकालीसम्मका याक तथा चौँरी पालकका कृषकहरूको छाता सङ्गठन यस महासङ्घको विकास र विस्तारका लागि नीतिगत समस्याहरू हल गर्दै रचनात्मक हिसाबले अगाडि बढ्ने समेत उनले बताए । “निकुञ्ज, संरक्षण क्षेत्र र सामुदायिक वनका नीतिगत र संस्थागत प्रक्रियाका कारण चौँरी पालनका लागि केही समस्या यद्यपि रहेको र त्यसलाई समाधानोन्मुख गराउन आवश्यक छ”, उनले बताए ।  

यसैगरि, जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले संस्था दर्ता तथा नवीकरण एवं महासङ्घ सञ्चालन तथा सुशासन सम्बन्धका नीतिगत कार्यहरूबारे जानकारी गराएका थिए । 

कार्यक्रम सञ्चालन इसिमोडका टासी दोर्जी र रमेश तिमिल्सिना गरेका थिए । कार्यक्रममा गोरखाको उत्तरी भेगस्थित चुमनुव्री गाउँपालिकाका कलाकारहरूले हिमाली भेगको परम्परामा आधारित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उच्च हिमाली क्षेत्रबाट उपस्थिति कृषक एवं प्रतिनिधिहरू आ-आफ्नो सांस्कृतिक एवं जातीय पोसाकमा देखिएका थिए । तिमिल्सिनाले याक तथा भैँसी सम्बन्धमा दन्त्यकथा स्मरण गर्दै पहिलो दिनको सारांश र दोस्रो दिनको कार्यक्रमको उद्देश्य र परिचय प्रस्तुत गरी कार्यक्रम समापन गरेका थिए । 

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

दोस्रो दिन, 

दोस्रो दिन प्रत्येक जिल्ला महासङ्घको प्रतिनिधित्व गर्दै आएका कृषकहरूले आ-आफ्नो जिल्लामा याक, चौँरीको सङ्ख्या एवं चुनौतीहरू बताएका थिए भने पेशागत जोखिम र सम्भावनाका बारेमा समेत चर्चा गरेका थिए । याक चौँरीको औसत उत्पादकत्व वृद्धि गर्न उपयुक्त प्रजनन तरीका अपनाउनुपर्ने, पशुपालन  एवं आहारा व्यवस्थापनलाई चुस्त बनाउनुपर्ने, बथानको सङ्ख्या,घुम्ती गोठ एवं चरण क्षेत्रको सुधार लगायतका विविध विषयवस्तुमा ध्यान पुर्‍याउनु अत्यावश्यक रहेको महासङ्घका जिल्ला प्रतिनिधिहरूले बताएका थिए ।

कृषकहरूले एउटै साँढेलाई धेरैजसो पोथीहरूमा बाली लगाउनाले हाड नाताको समस्या देखा परेको प्रजननको लागि कृत्रिम गर्भाधानको सुविधा नभएको, भारी हिउँ पर्ने हुँदा उपचारमा समस्या उत्पन्न भएको र चौँरी लगायतका पशुवस्तुहरूको उपचार पद्धतिमा अपनाइने परम्परागत जडीबुटी एवम् स्थानीय उपचार पद्धति जान्ने वृद्धहरूको सङ्ख्या कम हुँदै गएको एवं यस ज्ञानको पुस्तान्तरण हुन् नसकेको लगायतका समस्याहरू अवगत गराएका थिए ।

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

यसैगरि, याक तथा चौँरीपालनलाई पर्यटन क्षेत्रको पदयात्री मार्गमा लान नसकिएको, यस पेशा गरेबापत सामाजिक सुरक्षा तथा आत्मसम्मान पाउन नसकेको, चौँरी, गोठ र चिज उत्पादन बिच निकटतम अन्तरसम्बन्ध निर्माण हुन् नसकेको, मुख्य बजारमा पहुँच नहुँदा मध्यस्थकर्ताको सहयोग लिनुपरेको र त्यसबापत चर्को घाटा व्यहोर्नुपरेको लगायतका पेसासम्बन्धी जोखिमहरू कृषकहरू आ-आफ्नो प्रस्तुतिमा पेश गरेका थिए । याक चौँरी पालक कृषक सङ्घ मनाङका अध्यक्ष सुरेश थकालीले जिल्लामा जलवायु परिवर्तनका कारण घाँसे मैदान ह्रासोन्मुख भएको, भूक्षयका जोखिम बढेको,पानीको अभाव देखिएको बताए । “जङ्गली जनावरको आक्रमण तथा क्षतिको क्रम पनि उकालो लागेको छ, चौँरीको बीमा सबन्धमा नीतिगत समस्याहरू पनि बाँकी नै छन्, फलतः जिल्लामा यस पेशाप्रति युवाहरूको आकर्षण कम भएको छ”, उनले भने । 

चौँरी खासगरी नेपालको हिमाली जिल्लाहरूमा पाइन्छ । कोशी प्रदेशको सोलुखुम्बु, इलाम, ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, ओखलढुङ्गा, बाग्मती प्रदेशको धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा, गण्डकी प्रदेशको मनाङ, मुस्ताङ, गोरखा, म्याग्दीमा, कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा, मुगुमा र  सुदूर पश्चिम प्रदेशको बझाङ र दार्चुलामा चौँरीहरू रहेका छन् । मनाङ र मुस्ताङमा याक, नाकको संख्या क्रमिकरूपमा बढी देखिएता पनि अन्यत्र चौँरीको संख्या बढी रहेको  तथ्यांक कृषकहरूले प्रस्तुत गरेका थिए । 

यसैगरि, नेपाल याक महासङ्घ र जिल्ला महासङ्घहरूको सुशासन, वस्तुस्थिति र प्रमुख चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल याक चौँरी कृषक महासङ्घका सदस्य चन्द्र नेपालले युवापुस्ताको पलायनलाई रोक्न युवालक्षित नीतिहरू आवश्यक रहेको र त्यसका लागि  याक चौँरी कृषकहरूको छुट्टै राष्ट्रिय परिचयपत्र बनाएर जान सकिने एवं कृषकका छोराछोरीलाई विशेष स्कलरसिपको प्याकेज बनाउनुपर्ने बताए । उनले यस पेशालाई प्रविधिमैत्री बनाई विविधीकरण एवं बजारीकरण गर्दै पर्यापर्यटनसँग जोड्न आवश्यक रहेको बताए । “ पर्यापर्यटनसँग याकलाई जोड्नका लागि नेपालले पूर्वी नेपाल (पाँचथर लगायत)ले अभ्यास गरिरहेको ‘चौँरी फेस्टिभल’लाई देशभर बनाउन सकेमा याक टुरिजम प्रवर्द्धन हुन् सक्छ”, उनले भने । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु अधिकृत डा. प्रदीप चन्द्र भट्टराईले याक चौँरीपालनलाई सुनिश्चित बनाउन एवं पेशालाई प्रवर्द्धन गर्न सरकारले विगतदेखि गर्दै आइरहेको कार्यक्रमहरूबारे बताए । उनले नेपाल सरकारले वि.स. २०३० मै सोलुखुम्बुमा याक फार्म स्थापना गरेको र पशु उत्पादन निर्देशनालयले केन्द्रबाट जिल्लामा याक प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेको स्मरण समेत  गरे ।

“सन् १९६१ मा नेपालमा याक २ लाख थियो, अहिले ६०/६२ हजार याक चौँरी झरेको छ । यही अवस्था रहेकामा निकट भविष्यमा याक चौँरी म्युजियममा राख्नुपर्ने हुन्छ, हामी अहिले अर्लामिङ पोजिशनमा पुगेका छौँ”, उनले भने । उनले याकको प्रजनन सुधार तथा नश्ल सुधारबारे तीनै तहको सरकार गम्भीर हुनु आवश्यक रहेको  बताउँदै  ‘नेशनल याक चौँरी प्रोमश्नल प्लान’ आवश्यक रहेको समेत बताए । अनुवांशीक सुधारको लागि चीन वा तिब्बतबाट उच्च प्रजनन मानका पशुहरू आयात गरिनुपर्ने अवस्थालाई चिर्दै स्वदेश मै याक श्रोत केन्द्र विकास गर्नुपर्ने आवश्यकता समेत उनले औँल्याए ।

भट्टराईले सामुदायिक वनको विस्तारसँगै पशु चरनका क्षेत्रहरू साँघुरिँदै गएको, सामुदायिक वनको नियम र काठ उत्पादनमा दिइने विशेष ग्राहयताले सामुदायिक वनबाट पशुपालक कृषकले फाइदा उठाउन नसकेकाले यस सम्बन्धमा सामुदायिक वन उपभोक्तासँग समन्वय र विशेष पहल गरिनुपर्ने आवश्यकता समेत उनले औँल्याए ।

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

यसैगरि, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को पशु तथा मत्स्य निर्देशक डा. नीना अमात्य गोर्खालीले याक, चौँरीको माइग्रेसन, कोपिङ मेकानिजम आदिबारे प्रष्ट पार्दै कुनै पनि पशुलाई जोगाउनको लागि इकोनोमिक ग्रोथलाई प्राथामिकतामा राख्नुपर्ने बताइन् । उनले हाल एउटा याकले एउटा मात्रै गाइलाई वयर (याक) लगाउने चलनलाई विस्थापित गर्दै तरल विर्य प्रयोग गरेर एकचोटीमा धेरै गाइलाई याक लगाउन सकिने बताइन् । “जमेको विर्य भन्दा तरल विर्य प्रयोग गर्नु ठीक रहन्छ, चीनबाट जमेको विर्य ल्याउने पहलकदमी नार्कले  गरिरहेको छ”, उनले भनिन् । 

याकको पेट गाइ-भैंसीको भन्दा सानो हुने भएकाले मिथेन ग्यास उत्पादन पनि कम हुने हुँदा जलवायु संवेदनशील क्षेत्र (हिमाल)मा याकको संख्या बढाउनु आवश्यक रहेको र चौरी भनेको गाई होइन भन्ने भाष्य स्थापित गरेर याकको मासुको बजारीकरण र अभिलेखीकरण गर्न सम्भव रहेको उनले बताइन् । “यस पेशासँग जोडिएका विविध विषयको पहिचान र समाधानका लागि टुक्रे अनुसन्धान होइन, साझा अनुसन्धान आवश्यक  छ, नार्क याकको नश्ल सुधार तथा संख्या वृद्धिका लागि अध्ययन अनुसन्धान गरिरहेको छ”, उनले भनिन् ।

कृषि अनुसन्धान परिषद्ले सन् ०१८/१९ मा पाँच वटा जिल्लाको प्रत्येक ५/५ घरमा आधारित भई गरेको सर्वेक्षण अनुसार प्रत्येक घरको औसत याक चौँरीको दूध उत्पादन २९.०८ लिटर, प्रति नाकको उत्पादन १.६७ लिटर, प्रति चौँरी ३.४५ लिटर प्रति दिन रहेको छ । त्यस्तै औसत दूध दिने समयावधि नाकको १८५ दिन एवम् चौँरीको भने २१२ दिन रहेको छ ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयका डा. राजेश कुमार राईले अनुसन्धानका प्रमुख प्राथमिकताहरू प्रस्ट पार्दै याक चौँरी सम्बन्धका हाम्रा अनुसन्धानका खर्कमा केन्द्रित रहनु समस्यादायक रहेको बताए । “बर्खे गोठ, हिउँदे गोठ सम्बन्धमा पनि अध्ययन आवश्यक छ, खर्कसहित गोठ झर्ने/चढ्ने प्रक्रियालाई बुझ्न सकेमा मात्रै याक तथा चौँरी पालनलाई आर्थिक-सामाजिक रूपान्तरण सम्भव छ”, उनले भने । 

राईले हिउँ चितुवाको ४० प्रतिशत खाना भेडा/चौँरीहरू रहेकाले यसको सङ्ख्या घट्दा हिउँ चितुवाको फुड चेनमा प्रत्यक्ष असर पार्ने बताए । “याक चौँरी बचाउनु भनेको जैविक विविधताको संरक्षण गर्नु हो । हामी (कृषक)ले जैविक विविधता बचाएबापत अनुदान भन्दा वातावरण सेवाबापतको भुक्तानी लिनुपर्छ, त्यसका लागि अदर इफेक्टिभ एरिया-बेस्ड कन्जरभेसन मेजर्स (OECMs) लाई अभ्यास गर्न सक्छौँ”, उनले भने । 

चाणक्यले कृषि राज्यव्यवस्थाका लागि अत्यावश्यक रहेको तर त्यसबाट सबभन्दा कम नाफा आउने हुँदा यसमा जनताभन्दा राज्य लाग्नुपर्ने उल्लेख गरेको बताउँदै उनले चाणक्यको भनाइलाई राज्यले गम्भीरतासाथ लिनुपर्ने सुझाए । “गोठ तल झार्दा समय नआउँदै हिउँ पर्दा याक तथा चौँरीको मृत्यु बढिरहेको छ र राष्ट्रिय बीमा कार्यक्रम कार्यान्वयन आइरहेको छैन । राज्य यसबारे सचेत भई समुदायमा आधारित बीमा कार्यक्रमले सुरु गर्नतर्फ लाग्नुपर्छ”, उनले अगाडि भने, “हाम्रा अनुसन्धानहरू नीतिनिर्माता हुँदै कृषकहरूसम्म पुर्‍याउनु आवश्यक छ ।”

Stakeholders’ workshop on formalizing Nepal Yak Federation. 2-3 October 2023. Photo: Jitendra Raj Bajracharya/ICIMOD.

यसैगरि, लेकाली कर्प प्राइभेट लिमिटेडकी सिइओ लतिका गोल्यानले याक चौँरी उत्पादनको मूल्य सिर्जना र बजारको विविधीकरण सम्बन्धमा धारणा राख्दै छुर्पी (डगच्यु)को डिमान्ड विश्व बजारमा बढिरहेकाले यसको गुणस्तर र खाद्य स्वच्छताबारे कृषकहरूलाई तालिम दिनु आवश्यक रहेको बताइन् । “छुर्पी कुकुरको प्रजननका लागि निकै अब्बल ठहरिएको छ, यसैले यसको माग पनि बढेको छ ।  बढ्दो मागका भारत लगायत विभिन्न देशहरूले गाइकै दूधबाट छुर्पी बनाउन थालेकाले प्रतिस्पर्धा पनि बढेको छ”, उनले भनिन् । गोल्यानले नाकको दूधबाट बनाइएको ”याक चिज’को विश्वभर डिमान्ड रहेको समेत बताइन् । 

यसैगरि, दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले नेपालको उत्पादित दूधको बजारमा याकबाट उत्पादित दूध १ प्रतिशत पनि नरहनु दुः खद रहेको बताए । यसैगरि, डेरी उद्योग सङ्घका अध्यक्ष डा. अरनिको राजभण्डारीले कन्चनजङ्गा भूपरिधिमा याक चिजको उत्पादनको वर्तमान अवस्थाबारे अवगत गराउँदै अन्तर्राष्ट्रिय रूपमा याक चिजको गुणस्तरलाई बजारीकरण गर्न आवश्यक रहेको औँल्याए । उनले कृषकमाथि कर लगाउने प्रचलन रहेको हुँदा सरकारले किसानको मर्का नबुझेको समेत बताए । यसैगरि, व्यवसायिक बाख्रा पालक कृषक महासंघका महासचिव तारानाथ पोखरेलले समेत आफ्नो महासंघले देख्दै/भोग्दै आएको नीतिगत एवं व्यावहारिक समस्याहरू बताएर याक महासंघको कार्यप्रगतीको शुभकामना व्यक्त गरेका थिए ।

इसिमोडका रमेश तिमल्सिनाले  रणनैतिक योजना निर्माण सम्बन्धमा विषयगत प्रस्तुति दिएपछि सहभागीहरूले याक चाैरी कृषक महासंघको आगामी दुई वर्षको लागि रणनैतिक योजना तर्जुमा गरेका थिए, जसानुसार महासंघलाई अन्य जिल्लाहरूमा पनि विस्तार गर्ने, कार्यसमितिको क्षमता अभिवृद्धि गर्ने र आवश्यक पैरवी गर्ने लगायतका कामहरूलाइ प्राथमिकता दिइएको छ ।

Share5Tweet3Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions