बारा । पुरातात्त्विक महत्वको केन्द्र सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला परेको छ । सिमरौनगढस्थित इतवालमा निजी पोखरी खन्ने क्रममा बुधबार मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए ।
‘डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो । मूर्तिको तल सातवटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवानको मूर्ति हो भन्ने प्रष्ट हुन्छ,’ उनले भने, ‘मूर्ति निकाल्दा माथिल्लो भागमा थोरै चोट लागेको छ । मूर्ति वरपर भएका स–साना भगवानका चोट भने पुरानै हो ।’
मूर्तिको लम्बाई ३६ इन्च र चौडाई १० इन्च रहेको छ । अहिले मूर्तिलाई इतवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा राखिएको छ ।
सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्विक सामग्री फेला पर्छ । त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ । उक्त नियमको कार्यान्वयन भने भएको छैन ।
गत वर्षको असारमा मात्रै सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाटमा ब्रह्माको मूर्ति फेला परेको थियो ।
त्यसअघि हरिहरपूरमा भगवान विष्णुको मूर्ति फेला परेको थियो । स्थानीय कुशवाहाका अनुसार गएको ७ वर्षमा पोखरी खन्दा अहिलेसम्म १४ वटा मूर्ति फेला परिसकेको छ ।


Photo & Info Source : Ranjit Kushwaha




























































Discussion about this post