जनकपुर: जानकी मन्दिर परिसरमा रहेको ऐतिहासिक जानकी फूलबारीमा फूल रोप्ने काम सम्पन्न भएको छ । धार्मिक ईतिहास बोकेको विश्वप्रसिद्ध जानकी मन्दिर परिसरमा १०१ वटा फूलको विरुवा रोपिएको हो ।
दुई दिन अगाडी मात्र जानकी फूलबारीमा तरकारी बारी लगाएपछि उक्त बारी नष्ट गरी जानकी फूलबारीलाई सफा गरेर विहिबार फूल रोप्ने काम सम्पन्न भएको हो ।जनकपुरियन लेडिज ग्रुपले दर्जन भन्दा बढी प्रजातीको विभिन्न सुगन्धित फूलहरूका १०१ वटा विरुवा रोपण गरेका हुन् । रोपिएका फूलका विरुवामा बेलपत्र, चन्दन, धुपी, रबर प्लान्ट, सम्मीलगायतका विरुवाहरू रहेका थिए ।
फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, अभियानी युवा, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो । मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले आवश्यक विरुवाहरू उपलब्ध गराइदिएका थिए ।

































































Discussion about this post