पर्यटन प्रवर्द्धनका लागि विश्व सांस्कृतिक पदयात्रा हुने भएको छ । काभ्रे सेवा समाजले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक पदयात्रा आयोजना गरेको हो ।
काभ्रे सेवा समाजले विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले असोज ६ गते विश्व शान्ति दिवसको अवसर पारेर एक दिवसीय विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको हो । पदयात्रा पनौतीमा रहेको राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी र नमोबुद्ध पुगिनेछ ।
पनौती र नमोबुद्धको पहिचान र परिचयलाई अझ उच्च बनाउनका लागि शान्तिका प्रतिक गौतममबुद्धको पहिलो जन्मस्थलमा शान्ति पदयात्रा हुने भएको हो । विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रवर्द्धन गर्ने, हिन्दु धर्मावलम्बी र बौद्ध धर्मालम्वीहरूबीच आपसी सद्भाव विकास गर्ने, स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्न पदयात्रा गर्न लागेको आयोजकको भनाइ छ ।
काभ्रेका सबै स्थानीय तहका महत्त्वपूर्ण स्थलहरूको प्रसार प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्राहरू आयोजना गरिने जिल्ला समन्वय समिति काभ्रेले जनाएको छ ।


























































Discussion about this post