सन् २०२३ को जुलाईमा नेपालमा आउने पर्यटकको सङ्ख्या ५७ हजारभन्दा बढी रहेको छ । यो सङ्ख्या जुन महिनाको तुलनामा कम हो ।
पर्यटन बोर्डकाअनुसार जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका हुन् । तथ्यांकअनुसार जुनमा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका थिए ।
जुलाईमा सबैभन्दा धेरै २१ हजार ३५७ पर्यटक भारतबाट आएका छन् । त्यस्तै, चीनबाट पाँच हजार ६९३, अमेरिकाबाट पाँच हजार ५६१ पर्यटक भित्रिएका छन् ।



























































Discussion about this post