काठमाडौं: सोसाइटी ट्राभल एन्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो) ले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोट्टोले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सोट्टो नेपाल, उपकार सेवा नेपाल र वीर अस्पालाको संयुक्त आयोजनामा वीर अस्पतालमा आयोजित उक्त रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।
सोट्टो नेपालका अध्यक्ष भुवन बहादुर पाण्डेकाअनुसार सोट्टोको बार्षिकोत्सबको अवसर पारेर गरिएको रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जानकारी दिएका छन । “झरिको मौसममा पनि उल्लेखनिय संख्यामा मानिसहरुले रक्तदान गरेका छन” उनले भने ।
नेपालको पर्यटन क्षेत्र तथा ट्राभल व्यावसायमा आवद्ध संस्थाको छाता संगठन सोट्टोले सामाजिक क्रियाकलापअनुसार हरेक वर्ष विभिन्न कार्य गर्दै आइरहेको छ ।



























































Discussion about this post