बैतडी ।
दशरथ नगरपालिकाको कार्यालयबाट करिब आधाकोश टाढा रहेको कुल्लेकोट दरबारको भग्नावशेष (पुराना फलामका त्रिशूल, देवदेवीका मूर्तिहरू) अहिले गायब भएको स्थानीयको भनाइ छ ।
कुल्लेकोट दरबारलाई चन्द वंशका रजबारहरूले इन्साफ गर्ने ठाउँका रूपमा विकास गरेका थिए । स्थानीय भनाइ अनुसार बैतडीका रजबारले एक रातमा पाँचवटा मन्दिर बनाउन लगाएका थिए । रातभरमा चारवटा मन्दिर तयार भयो, एउटा बनाउँदा बनाउँदै उज्यालो भएकाले अधुरो रहन गएको हो । अहिले पनि त्यो मन्दिर अधुरै छ । अर्काथरीको भनाइमा पाँच पाण्डवहरू यहाँ आएर बनाउन लगाएका हुन् । उनीहरूले जस्तो छाडेका थिए, त्यस्तै छाड्नुपर्ने स्थानीयको विश्वास छ ।


१. बैतडीको द न पा ४मा सानो ढिस्कोको टुप्पोमा यो कोट रहेको छ।
२.कुल्लेकोट दरबार १५ औँ शताब्दीका राजाले बनाएको स्थानीयको भनाइ छ ।
३.कुनै बेला सामाजिक न्याय अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडी कुल्लेकोट दरबार संरक्षण नहुँदा यहाँ रहेको ऐतिहासिक शिलालेख र मूर्तिहरू डाँडामा अलपत्र परेको छन् ।
४. कोट भत्केर ढुङ्गा छरपष्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ।
५.वि. स. १६३० देखि १६५० सम्म चन्द रुद्रवीर शाहले बीस राज्य गरेका थिए । यो दरबारको सम्बन्ध उनीसँग पनि जोडिएको छ ।
७.राना देउले यहाँबाट राज्य गरेको थियो । रानादेउको देहान्त पछि गर्भवती रानीबाट जन्मेको गर्भ चन्दले शासन गरेको किंवदन्ती छ ।


तस्बिर : उद्धवसिंह मार्कण्ड
(संस्कृति तथा पुरातत्त्व अनुसन्धान केन्द्रबाट)




























































Discussion about this post