भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा रहेको वाल्मीकि आधारभूत विद्यालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको कमजोरीको दुरुपयोग गर्दै फर्जी विद्यार्थी विवरण बुझाएको पाइएको छ ।
काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका-७ (साबिक वागेश्वरी गुरुङटार) मा रहेको वाल्मीकि आधारभूत विद्यालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको कमजोरीको दुरुपयोग गर्दै फर्जी विद्यार्थी विवरण बुझाएको पाइएको छ । टुरशालालाई प्राप्त सूचनाअनुसार विद्यालय प्रशासनले सोही कमजोरीको दुरुपयोग गर्दै फर्जी विद्यार्थी विवरणहरू सरकारलाई बुझाइ पाठ्यपुस्तक, छात्रवृत्ति, सञ्चालन तथा व्यवस्थापन खर्च लगायतका सुविधाहरू लिएको पाइएको हो ।


टुरशालालाई प्राप्त भएको स्क्रिन सर्टमा बुबाको नाममा ‘A’ र आमाको नाममा ‘B’ लेखिएका विद्यार्थीहरू वास्तविक नभई फर्जी भएको देखिन आएको छ । राज्यको एउटा निकायले, मातहतको अर्को निकायसँग तथ्याङ्क माग्दा ‘मिथ्यांक’ पेस गरी धोकाधडी गर्नु भ्रष्टाचारको परिभाषाभित्र पर्ने कुरा हो, र यो काम सो विद्यालयबाट भएको पाइएको छ ।
हामीलाई प्राप्त स्क्रिन सर्टअनुसार, रजिस्ट्रेसन नम्बर (Reg ID) ००२१७, ००२२९, ००२३२, ००२३३, ००२३५, ००२३६, ००२४२, ००२४३, ००२४४, ००२४५, ००२४८, ००२४९, ००२५०, ००२६५, ००४१४ लगायतका विद्यार्थीहरू फर्जी भएको देखिन आएको छ । यी रजिस्ट्रेसन नम्बर भएका विद्यार्थीहरू २०७४, २०७५ र २०७८ सालका विद्यार्थीहरू रहेको विद्यालयको दाबी भएतापनि विद्यार्थीको बुबाआमा (अभिभावक) को नाम भने खुल्न सकेको छैन ।










००२१७ रजिस्ट्रेसन नम्बर भएका अनिश बस्नेतको बुबाको नाम ‘A’ र आमाको नाम ‘B’ लेखिएको देखिन्छ । यसैगरी ००२२९ रजिस्ट्रेसन नम्बर भएकी बितिशा फुयाँल, ००२३२ रजिस्ट्रेसन नम्बर भएकी विपीका धाँजु, ००२३३ रजिस्ट्रेसन नम्बर भएका शुभव नायाजु, ००२३५ रजिस्ट्रेसन नम्बर भएकी स्वर्णिमा नायाजु, ००२३६ रजिस्ट्रेसन नम्बर भएका विनोद बुढाथोकी, ००२४२ रजिस्ट्रेसन नम्बर भएका क्रिजन धाँजु, ००२४३ रजिस्ट्रेसन नम्बर भएका ऋदम गिरि, ००२४४ रजिस्ट्रेसन नम्बर भएका नयन श्रेष्ठ, ००२४५ रजिस्ट्रेसन नम्बर भएका कुशल श्रेष्ठ, ००२४८ रजिस्ट्रेसन नम्बर भएका दीपेश धाँजु, ००२४९ रजिस्ट्रेसन नम्बर भएकी मिङ्मा शेर्पा, ००२५० रजिस्ट्रेसन नम्बर भएका दिनेश जोशी, ००२६५ रजिस्ट्रेसन नम्बर भएकी सोनु श्रेष्ठ लागायका विद्यार्थीहरू अभिभावकबिहिन भएको देखाउने गरि बुबाको नाम ‘A’ र आमाको नाम ‘B’ लेखिएको पाइएको हो । यसैगरी, ००४१४ (२०७८ साल) रजिस्ट्रेसन नम्बर भएका निशान खनालको पनि बुबाको नाम ‘A’ र आमाको नाम ‘B’ लेखिएको पाइएको छ । यसबाहेक अन्य विद्यार्थीहरूको हकमा पनि कतै बुबाको नाममा ‘A’ र आमाको नाममा ‘B’ लेखिएको देखिन्छ भने कतिपय विद्यार्थीको हकमा आमाबुबाको नाममा खालि ठाउँ छाडेको समेत पाइएको छ । कतैकतै बुबाको नाममा ‘A Shrestha, A Chadhary’ र आमाको नाममा ‘B Shrestha, B Chaudhary’ समेत राखिएको छ । अझ, बुबाको नाम ‘दीपक काफ्ले’ रहँदा आमाको नाम ‘दीपा’ समेत रहेको पाइएको छ ।


यसप्रकार अभिभावक एवं आमाबुबा बीनाको विद्यार्थीको विवरण भरि राज्यको एउटा निकायले, मातहतको अर्को निकायसँग तथ्याङ्क माग्दा ‘मिथ्यांक’ पेश गरेको देखिन आएको हो ।
‘अभिभावकविहिन विद्यार्थी’को ‘एकैदिन जन्मदिन’ !
अझ रमाइलो पक्ष के छ भने, विद्यालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई पठाएको विद्यार्थीको विवरणमा १७ जना भन्दा बढी विद्यार्थीको अभिभाव को हुन् भनेर प्रष्ट त छैन नै, विद्यालय अभिभावकविहिन बताएको विद्यार्थीको जन्मदिन पनि एकैदिन परेको छ । २०७० वैशाख १ गते मात्रै ००२१७ रजिस्ट्रेसन नम्बर भएका अनिश बस्नेत, ००२२९ रजिस्ट्रेसन नम्बर भएकी बितिशा फुयाँल, ००२३२ रजिस्ट्रेसन नम्बर भएकी विपीका धाँजु, ००२३३ रजिस्ट्रेसन नम्बर भएका शुभव नायाजु, ००२३५ रजिस्ट्रेसन नम्बर भएकी स्वर्णिमा नायाजु, ००२३६ रजिस्ट्रेसन नम्बर भएका विनोद बुढाथोकी, ००२४३ रजिस्ट्रेसन नम्बर भएका ऋदम गिरि, ००२४४ रजिस्ट्रेसन नम्बर भएका नयन श्रेष्ठ, ००२४९ रजिस्ट्रेसन नम्बर भएकी मिङ्मा शेर्पाको जन्मदिन २०७० वैशाख १ गते नै रहेको छ । ९ जना विद्यार्थीको जन्मदिन एकैदिन रहनु र उनीहरूको आमाबुबा (अभिभावक)को परिचय नखोलिनुले विद्यालयले विद्यार्थीको फर्जी विवरण तयार गरेको अझ प्रष्ट हुन् आउँछ । यसबाहेक हामीलाई प्राप्त अन्य विद्यार्थीको जन्मदिनमा पनि 2/2/2070, 5/1/2070, 12/1/2070, 1/1/2067, 1/1/2066, 1/1/2071 रहेको पाइनुले यस विद्यालयले कुनै पनि महिनाको ०१ गते जन्मिने विद्यार्थीहरूको भर्नामा विशेष रुची राखेको देखिन्छ ।


प्रधानाध्यापकसँग कुनै जवाफ छैन !
हामीले बुबाको नाममा ‘A’ र आमाको नाममा ‘B’ तथा एकैदिन जन्मदिन परेका विद्यार्थीहरू फर्जी भएको दाबी सहित विधालयका प्रधानाध्यापक हेमन्त सिटौलालाई चार पटक फोन सम्पर्क गरेका थियौं (जसको कल रेकर्ड तल सुन्न सक्नुहुनेछ) तर, प्रधानाध्यापक सिटौलाले हाम्रो दाबीलाई खण्डन गर्ने कुनै पनि जानकारी मौखिक, लिखित वा इलेक्ट्रोनिक माध्यमबाट हालसम्म उपलब्ध गर्न/गराउन सकेनन् । उनले २६ गतेको मागेको समयसीमा नाघीसक्दा पनि उनले यसको खण्डन गर्न सकेनन् । हामीले उनीसँग विद्याथीको जन्मदर्ता, आमाबुबाको परिचय खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता लगायत) आदि मागेका थियौँ । पछिल्लो सम्पर्क (असार ३१ गते)अनुसार पनि उनीसँग कुनै प्रमाण रहेको पाइएन भने उनले समाचार तयार पार्दासम्म (आज, श्रावन ०१ गतेसम्म) पनि कुनै प्रमाणिक जवाफ टुरशालालाई उपलब्ध गराउन सकेका छैनन् । साथै, उनले गल्ति स्वीकारेको कल रेकर्डमा सुन्न सकिन्छ । अझै के कति कारणले हालको र एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणालीमा फरक भएको तथ्याङकमा फरक हुन गएको हो भन्ने प्रश्नको उनीसँग जवाफ नभएकाले विद्यालयको आयव्ययको वास्तविक तथ्याङकको अभिलेखबारे वडा एवं स्थानीय सरकारले स्पष्टिकरण माग्नु आवश्यक देखिन्छ ।


प्रधानाध्यापक सिटौलाले ठोस जवाफ दिन नसकेका कारण विद्यालयबाट फर्जी विद्यार्थी संख्या देखाएर शिक्षाको रकम अनियमितता गरेको प्रष्ट हुन् आउँछ । यसप्रकारको फर्जी विवरणबाट भर्नाको समयमा भरिने विद्यार्थीको तथ्यांक (फ्ल्यास–१) र परीक्षामा सम्मिलित विद्यार्थीको तथ्यांक (फ्ल्यास–२) मा व्यापक अन्तर समेत देखिन सक्ने हुन्छ । अझ, शिक्षा विभागले सो विद्यालयलाई विद्यार्थी संख्याका आधारमा छात्रवृत्ति, पाठ्यपुस्तक, गैरतलबी अनुदान, प्रति विद्यार्थी कोषलगायत शीर्षकमा दिएको रकम सरासर दुरुपयोग भएको खुल्न आउँछ ।
सिटौला ०७१ सालभन्दा अघिदेखि विद्यालय प्रधानाध्यापक रहँदै आएका छन्, उनकै कार्यकालमा फर्जी विवरण पठाइएको हो ।
राज्यको करोडौं रुपैयाँ दुरुपयोग कहिलेसम्म ?
विद्यालयमा प्रति विद्यार्थी कोष (पिसिएफ), तलबी र गैरतलबी अनुदान (ननसेलरी), पाठ्यपुस्तक, छात्रवृत्तिलगायतमा दिइने शिक्षा अनुदानको आधार विद्यार्थी सङ्ख्या हो । सोही अनुदानको लोभमा प्रअ हुँदै व्यवस्थापन समिति, स्रोतव्यक्ति, वडा कार्यालय तथा अन्य नियामक निकायसम्मको मिलेमतोमा फर्जी विद्यार्थी सङ्ख्या तयार गर्ने परिपाटी विद्यालयहरूमा रहेको छ ।
वाल्मिकी आधारभूत विधालयको माथि उल्लेखित घटना एक उदाहरण हो ! यस घटनाले थप प्रश्नहरू पनि उत्पन्न गराएको छ, जस्तै: बुबाको नाममा ‘A’ र आमाको नाममा ‘B’ लेखिएका विद्यार्थीहरूलाई उनीहरूको सहपाठीले देखेका छन् ? के विद्यालयले ती विद्यार्थीहरूको पहिचान गराउन सक्छ ? के विद्यालयले ती विद्यार्थीहरूको ठेगाना बताउन सक्छ ? के शिक्षा तथा मानव श्रोत विकास केन्द्रले ती कथित अभिभावकहरू नेपाल राज्यभित्र भेटाउला ? के विद्यालय तहको शिक्षा हेर्ने निकायहरू यसमा गम्भीर छन् ? के अन्य विद्यालयमा यस्तो भ्रष्टाचार भएको छैन होला ? यस्ता अनेक सवालहरू उत्पन्न भएका छन् ।
यथार्थमा फर्जी विद्यार्थीको नाममा आएको पैसा फर्जी विद्यार्थीकै नाममा किर्ते हस्ताक्षर गरेर घोटाला नगरिए आम्दानी र खर्चमा मेल खाँदैन र लेखापरीक्षकले पक्रन्छ । एउटा शीर्षकमा आएको रकम अर्को शीर्षकमा खर्च गर्नै मिल्दैन भने राज्यलाई वाल्मीकि आधारभूत विद्यालयले सरह ढाँटेर लिएको रकम राज्यले देख्ने शीर्षकमा खर्च गरिएको होला र भन्ने प्रश्न पनि उत्पन्न हुन्छ । साथसाथै, यससँग जोडिएर अनेकन् प्रश्नहरू उत्पन्न हुन्छन् । जस्तै: राज्यलाई ढाँटेर लिएको रकम व्यक्तिगत खातामा जम्मा भइरहेको त छैन ? विद्यालयले पठाएको विवरण ‘क्रसचेक’ नगर्नुको उद्देश्य के हुन् सक्दछ ? सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी सही ढङ्गले खर्च होस् भनेर विद्यालयले पठाएका तथ्याङ्क प्रमाणीकरण गर्न आवश्यक छ कि छैन ? विद्यालयहरूले पठाएको तथ्याङ्क सही हो-होइन भन्ने जाँच्न विभाग, स्थानीय निकाय तथा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, शिक्षक, स्रोत व्यक्ति आदि किन जिम्मेवार छैनन् ? गलत तथ्याङ्क पेस गर्ने विद्यालयका पदाधिकारीलाई कडा कारबाहीको भागीदार किन हुन् सकिरहेका छैनन् ?
प्रधानाध्यापक सिटौलाले जस्तै ‘विद्यालयको हितको लागि’ यो सब गर्नुपरेको भनेर अन्य विद्यालयका प्रधानाध्यापकहरूले सहकर्मी शिक्षकहरूलाई र विद्यालय व्यवस्थापन समितिलाई समेत गुमराहमा राखेका थुप्रै उदाहरणहरू देशभर रहेका छन् । ‘विद्यालयलाई फाइदा हुन्छ भने होस न त’ भन्ने मानसिकताका कारण राज्यकोषको करोडौँ रुपियाँ दुरुपयोग हुँदै आइरहेको छ, तर त्यसबारे हालसम्म छानबिन हुन् सकेको छैन । फितलो अनुगमनले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल आउन नसकेको हो ।
विद्यालयले सरासर काल्पनिक आमाबुबाबाट काल्पनिक नामको विद्यार्थी विद्यालयमै जन्माउने, त्यसबापत सरकारलाई ठगेर रकम निकासा गराई पुनः किर्ते भरपाई बनाई खर्च भएको देखाई खल्ती भर्ने काम भइरहेको छ । यस्ता भ्रष्टाचार यही विद्यालयमा मात्र भएको होला भन्न पनि सकिँदैन । सम्बन्धित विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा तथा मानव श्रोत विकास केन्द्रले राम्रोसित निगरानी राख्न नसक्दा यस्तो विकृति मौलाएको हो ।
यस्ता क्रियाकलापहरू अनुमोदन गरी पठाउँदा नियामक निकायहरूको इमान र योग्यतामा समेत प्रश्न उत्पन्न भएको छ । मातहतका संस्था यस्ता भ्रष्टाचारजन्य गतिविधिमा दोषी देखिँदा नियमनकर्ता पनि जबाफदेही हुनुपर्ने गरी कानुन बन्नु आवश्यक छ ।
के हो एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली ?
सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक, अन्य कर्मचारीहरू तथा विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन र व्यवस्थापन गर्ने काम शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गर्दै आइरहेको छ । एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मार्फत उल्लेखित कुराहरूको साथै विद्यालयका भौतिक स्रोतसाधन, पठनपाठन हुने विषयहरू आदिको सूचना शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्राप्त गर्छ । ती सूचनाहरूको उपयोग कसरी हुन्छ भन्ने कुरा पनि त्यतिकै महत्त्वपूर्ण हुन आउँछ ।
शिक्षा ऐन २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले ‘एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०७९’ जारी गरेको हो । उक्त निर्देशिकाले शैक्षिक विवरणको सङ्कलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा प्रयोगलाई विश्वासिलो र भरपर्दो बनाउनका लागि मौजुदा सूचना प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत मिल्ने विश्वास लिएको छ । यद्यपि, एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीले विद्यालय तहका अभिलेखहरू सङ्कलन गर्न धेरै हदसम्म सफल भएको भए पनि त्यसमा केही समस्याहरू रहेकाले सुधारको आवश्यकता देखिन्छ ।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीले विद्यालय तहका अभिलेखहरू सङ्कलन गर्न धेरै हदसम्म सफल भएको भए पनि त्यसमा थप सुधारको आवश्यकता देखिन्छ । जस्तै: विद्यालयले कर्मचारीहरूलाई दिइने तलबभत्ता बैङ्किङ प्रणाली मार्फत दिइने र समयमै भुक्तानी गराउने कुराको सुनिश्चितता यस प्रणालीले गर्दैन भने समयभित्रै सामाजिक परीक्षण र लेखा परीक्षण गराउने सुनिश्चितता समेत गराउँदैन । त्यस्तै, विद्यार्थीहरूको जन्मदर्ता र अभिभावकको नागरिकता अनिवार्य नगर्दा र नियामक निकायहरू लापरवाह बन्दा फर्जी विद्यार्थी विवरणहरू बुझाई पाठ्यपुस्तक, छात्रवृत्ति, सञ्चालन तथा व्यवस्थापन खर्च लगायतका सुविधाहरू लिन र दुरुपयोग गर्नलाई उक्त प्रणालीले रोक्न सकेको छैन ।
वाल्मीकि आधारभूत विद्यालयले पनि यसप्रकारका कमजोरीसहितको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको दुरुपयोग गर्दै फर्जी विद्यार्थीको विवरण पठाई त्यसबापतको रकम अपचलन गरेको हो ।
सुन्नुहोस्, प्रअ सिटौला र टुरशालाबीच भएको फोन सम्पर्क:




























































Discussion about this post