बन्दीपुर । पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने भएको छ ।


‘सडक मै खाऔ सडक मै रमाऔ आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गरौँ’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको बन्दीपुर पर्यटन विकास समिति संयोजक किसन प्रधानले बताए । उनका अनुसार, महोत्सवमा विभिन्न सांस्कृतिक कलाहरूको प्रदर्शनको साथमा विभिन्न परीकारका खानाहरु सडकमै खान पाइनेछ ।
महोत्सव आगामी चैत ३० गतेदेखि २०८१ वैशाख २ गतेसम्म हुनेछ । बन्दीपुरमा यसअघि पनि विभिन्न अवसरमा सडक खाना महोत्सव हुँदै आएको छ ।


यस पटकको महोत्सवमा ५० हजारदेखि ६० हजारसम्मको संख्यामा पर्यटक सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।
बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई, उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ समिति र रेबान तनहुँ, बन्दीपुर लगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।



























































Discussion about this post