मोरङ । जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ । लेटाङ- ३ का ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा आज बिहान हात्तीले आक्रमण गरेको थियो । माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो ।
एक साता अघि मात्रै सुनसरीको इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो ।



























































Discussion about this post