पोखरा । पोखराको पर्यटकिय केन्द्र लेकसाडमा लक्जरियस ग्ल्याम्पिङ बास खुलेको छ। ‘कलश पार्केज र टेन्ट इन’ ले आगन्तुकहरुलाई सुविधाजनक ग्ल्याम्पिङ बासको सुविधा ल्याएको हो ।
टेन्ट भित्र सुविधासम्पन्न होटल जस्तो सफा कोठा, आरामदायी बेड सहित कुनामा टेबल, कुलर र एटेच बाथरुम जडान गरिएको छ ।
.jpg)
परम्परागत क्याम्पिङ टेन्टमा सुविधाहरू समावेश गरिएको विलासी आवासको रूप हो- ग्ल्याम्पिङ । ‘हामी सम्भवत शहरको विचमा खोलिएको नेपालको पहिलो टेन्ट इन हौं जसले उत्कृष्ट ग्ल्याम्पिङ अनुभव प्रदान गर्दछ,’ सञ्चालक तथा प्रबन्ध निर्देशक सनोज पहारी बताउछन् ।
.jpg)
क्याम्पिङ टेन्टमा बाहिर (आउटडोर) खुला चौरमा टाँग्ने गरिन्छ भने सुबिधा सहित ईन्डोर टेन्टलाई ग्ल्याम्पिङ भनिन्छ, सञ्चालक पहारीले बताए । कुश्मामा बञ्जी जम्प गर्न जादा ग्ल्याम्पिङको अनुभव गरेको उनले सहरी क्षेत्रमा ग्ल्याम्पिङ टेन्टलाई प्रवर्द्धन उद्देश्यले लेकसाइडमा खोलिएको उनले जानकारी गराए । आगन्तुहरुको लागि शहरको मध्य भागमा परिवार वा साथी भाईसँग शान्त वातावारणमा छुट्टी मनाउन चहानेहरुको लागि ग्ल्याम्पिङले अविस्मरणीय अनुभव प्रदान गर्ने सञ्चालक पहारी बताउछन् ।
१० कोठाको टेन्ट ईनमा डिलक्स किङ रुम, ट्विन रुम, र फ्यामिली सुईट रुमहरु समावेश छन । प्रत्येक रुममा प्राइभेट बाथरुम सहित कुलर जडान गरिएको छ । ग्राउन्ड फ्लोरमा निशुल्क पार्किङको व्यवस्था छ । रमाइलो गफगाफसँगै, भेटघाट र चिल गर्नलाई टेरेस सोलारियम पनि उपलब्ध छ ।
.jpg)
नौलो किसिमको संरचना सहितको टेन्ट ईनमा फरक स्वाद र अनुभव लिन पोखरा लेकसाइडमा २ महिना अघि युवा पर्यटन उद्यमी सनोज पहारीको कन्सेप्टमा खोलिएको हो ।
लेकसाइडस्थित स्ट्रिट न. १५ मा करिब ४ करोडको लगानीको संरचनामा उनले पार्किङ सहित ग्ल्यामपिङ बास खोलेका हुन । ‘लेकसाईडमा कंक्रिटका संरचनामा निर्माण गरिएका होटलहरु सयौं छन, उनले भने, ‘पर्यटकलाई केहि नयाँ स्वादसहितको नौलो अनुभव प्रदान गर्न सहरको बिचमा टेन्ट इन खोलेका हौं ।’
.jpg)
टेन्ट ईनमा ग्ल्याम्पिङ बास सहित क्याफे , रेस्टुरेन्ट र पार्किङको सुविधा पनि छ । प्रोमोशनल प्याकेजको लागि ट्विन र डिलक्स रुमको मुल्य रू. २५ सय र फ्यामिलीको रू. ४,००० राखिएको छ। यसको साथै प्याकेजमा पोखरा भ्याली भित्र नि:शुल्क पिक अप सुविधा दिएको छ।
१० वटा कोठा रहेको टेन्ट ईनमा २५ जना पर्यटक बस्न मिल्छ । सुरक्षाको लागि ६ वटा सिसी क्यामेरा सहित रातभर रोमिङ गार्ड छन। ट्रिपएडभाइजर, बुकिङ डट कम , वेवसाइट र फोन मार्फत बुकिङ गर्ने प्रावधन राखिएको छ । पोखरा लेकसाईडमा जन्मे हुर्केका ३५ वर्षका सनोज पहारी सरकारी जागिरे पिताका तीन भाइ छोरा मध्ये कान्छा हुन सनोज । उनका दुई जना दाई अमेरिका तिर छन भने उनि नेपालमै पर्यटन क्षेत्रमा नयाँपन दिनलाई ग्ल्यामपिङको अवधारणा ल्याएको हो ।
.jpg)
युवा पुस्तालाई आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने सकरात्मक सन्देश दिएका सनोजले खोलेको टेन्ट ईन सहरभित्र नौलो टुरिज्म प्रडक्ट हो । माग अनुसार भविस्यमा अगाडिको संरचनालाई अपार्टमेन्ट टेन्टको रुपमा विस्तारित गरिने उनको योजना रहेको छ ।
खुलेको दुई महिना मै ग्ल्याम्पिङको चर्चा छाएको छ । दैनिक ४-५ वटा रुम बुकिङ भइरहेको छ । ‘धमाधम इन्क्वाईरी र विदेशी सहित आन्तरिक पर्यटकहरुले समेत चासो देखाईरहेको छ,’ सञ्चालक पहारीले बताए ।
.jpg)
पोखरा घुम्न आउदा एकपल्ट ग्ल्याम्पिङ अनुभव लिन आग्रह गर्दै सञ्चालक सनोज पाहुनालाई निम्तो दिईरहेका छन ‘आउनुस, अनुभव लिनुस र सल्लाह सुझाव दिनुस ।’
सम्पर्कः
कलश पार्केज एण्ड टेन्ट ईन
लेकसाइड, पोखरा
फोनः ९८५६०८३१३६, ९८५६०८३१३७
.jpg)
.jpg)



























































Discussion about this post