लुम्बिनी । ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा बुधबार विहान पर्यटकलाइ स्वागत गरिएकाे छ । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरेका हुन् ।


लुम्बिनी विकास काेष र लुम्बिनी हाेटल संघ नेपाल संयुक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाइएकाे हाे । उक्त अवसरमा लुम्बीनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्य, याेजना प्रमुख सराेज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी हाेटल संघका अध्यक्ष गाेविन्द ज्ञवाली, काेषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।





































































Discussion about this post