काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् ।
टानको केन्द्रीय कार्यालयमा भएको कार्यसमितिको पूर्ण बैठकबाट घिमिरेलाई कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय भएको हो ।कार्यक्रममा टानका अध्यक्ष नीलहरि बास्तोला, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, महासचिव विनोद सापकोटा र टान का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई सहितको उपस्थितिमा रहेको थियो । वरिष्ठ अधिवक्ता घिमिरे विगत २०७८ चैतदेखि नेपाल बार एसोसिएसनका अध्यक्ष छन् ।
महासचिव सापकोटाका अनुसार घिमिरेलाई एक वर्ष कार्यकालको लागि कानुनी सल्लाहकारको रूपमा टानमा नियुक्त गरिएको हो ।



























































Discussion about this post