काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब एक करोड २३ लाख रूपैयाँको बजेट ल्याएको छ ।
बोर्डको सञ्चालक समितिको बैठकले शनिबार उक्त बजेट स्वीकृत गरेको हो । दुई महिनाअघि नै बजेट पेस गरे पनि विभिन्न कारण स्वीकृत हुन सकेको थिएन।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालले चालु आर्थिक वर्षको बजेटमा पर्यटन प्रवर्द्धन, अनुसन्धान, ट्रेकिङ गन्तव्य लगायतका विषयलाई समेटिएको बताए । उनका अनुसार बोर्डले यसपाली सातवटै प्रदेशमा एक प्रदेश एक ‘हिल स्टेशन’को सुरूवात गर्नेछ । ‘यो कार्यक्रम पुरानै हो तर सुरूवात गर्न सकिएको थिएन,’ उपाध्यक्ष रिजालले भने, ‘यसपालि यसलाई निरन्तरता दिइनेछ । यसका लागि बजेट पनि छुट्याइएको छ ।’


त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उनले बताए । ‘बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन गर्नु हो,’ उनले अगाडि भने, ‘यसअन्तर्गत रहेर स–साना पदमार्ग बनाउने, जनसम्पर्क र अनुसन्धानमूलक कामहरू गर्ने लगायत काम हुनेछ ।’
साथै, पर्यटकीय गन्तव्यहरूको पहिचान गरी प्रचार-प्रसार गर्ने गरी बोर्डले बजेट ल्याएको उनले बताए ।



























































Discussion about this post