काठमाडौं: भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ २३ गते उडान गर्न लागेको हो ।
ड्रुकले भदौ २३ गते पोखरामा चार्टर उडान गर्न साउन २५ गते प्राधिकरणसँग अनुमति मागेको थियो । करिब एक घण्टाको उडान गर्दै पोखरा आएपछि उक्त जहाज पोखराबाटै भुटान फर्किने छ ।
हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले सातामा तीन र भुटान एयलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ । भुटानसँगको हवाई सम्झौताअनुसार नेपालको विमानस्थलमा भुटानका एयरलाइन्सले फिफ्ट फ्रिडम फ्लाइटको सुविधा पाएका छन् । जसमा भुटानका एयरलाइन्सले हप्तामा सात वटासम्म उडान गर्न पाउने छन् ।



























































Discussion about this post