घनश्याम केसी
रोल्पाः लुम्बिनी प्रदेशको उच्च स्थानमा रहेको रोल्पाको सुनछहरी झरना पर्यटकको आकर्षक रोजाइमा पर्न थालेको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको पाइएको छ भने त्यस झरनाबाट सुन बग्ने भएकोले सुनछहरी झरना नाम राखिएको बुढापाकाहरू बताउँछन्
सुलिचौर बजारदेखि उत्तरतर्फ करिब १८ किलो मिटरको दुरीमा रहेको माबाङ्गसम्म कच्ची मोटर बाटो हुँदै सवारी साधनमा १ घण्टा यात्रा गरे पछि माबाङ्ग भन्ने ठाउँसम्म पुगिन्छ, माबाङ्गबाट सुनछहरी झरनासम्म पुग्न १ घण्टा जति पैदल मार्ग भएर हिडेपछी झरनासम्म पुगिन्छ ।


सुनछहरी झरनाको अवलोकन गर्न रोल्पा लगायत छिमेकी जिल्लाका मानिसहरू पुग्ने गर्दछन् झरनासँगै त्यस वरिपरिको ठाउँ प्राकृतिक रुपमा निकै सुन्दर छ, पर्यटकहरू दिनहुँ सुनछहरी झरनासँग रमाउन अवलोकन भ्रमण गर्छन् । झरना २ सय १८ मिटर अग्लो छ भने समुन्द्री सतहबाट एक हजार ५ सय ७५ मिटर उचाइमा अवस्थित छ ।
पछिल्लो समय सुनछहरी झरनामा पुगेर फोटो तथा भिडियो खिच्नेदेखि टिकटक बनाउन बालबालिका, युवा युवती र वयस्क पर्यटकहरुबीच प्रतिस्पर्धा नै हुने गरेको छ । झरनाको बारेमा जानकारी लिनको लागि र भ्रमण गर्न चाहनेको सङ्ख्या समेत बढ्दै गएको छ ।
सुनछहरी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि गुरुयोजना बनाएको छ । सुनछहरी गाउँपालिकामा पर्ने पर्यटकीय स्थल सुनछहरी झरना सङ्गै अन्य स्थानहरू गामको कोठीभीर, तिलाचन, गर्जाबाङ, बिवाङदह लगायतका ठाउँहरू थप पर्यटकीय सम्भावना बोकेका आकर्षक गन्तव्यका रुपमा समेत रहेका छन् । ती स्थानहरूको प्रचार प्रसार हुन सके पर्यटकको चहलपहल बढेमा स्थानीयहरूको आयआर्जनमा थप टेवा पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ ।




























































Discussion about this post