बारा: ‘कमला– ढल्केवर–पथलैया’ सडक खण्ड स्तरोन्नतिको क्रममा १८ हजार ६ सय रुख कटान हुने भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने मधेस प्रदेशका ६ जिल्लालाई छोएको बाराको पथलैयादेखि सिराहा जिल्लाको कमला नदीसम्मको १३० किलोमिटर क्षेत्रमा राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका १८ हजार ६ सय रुख कटान हुने भएको हो ।
जीतपुर सिमरा उपमहानगर सहित १५ वटा स्थानीय तहलाई छोएको यो सडक खण्डको दुवैतर्फ अधिकांश वन क्षेत्र रहेको छ । बाराको पथलैयादेखि तामागढीसम्मको करिब १३ किलोमिटर निकुञ्ज क्षेत्र पर्दछ भने बाँकी सडकको दुवैतर्फ राष्ट्रिय वन क्षेत्र पर्दछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विश्व बैङ्कको ३ अर्बभन्दा बढी ऋण सहायतामा स्तरोन्नति गरेर ४ लेनको बनाउने तयारी गरेको हो । सडक निर्माणको क्रममा वन कार्यालयले १३० किलोमिटर सडक खण्डमा १८ हजार ६५४ रुख कटान हुने भन्दै कटान गर्नैपर्ने बाहेकका रुख नकाट्न अनुरोध गरेको छ ।
आयोजनाले सडक विस्तारको क्रममा कटान भएका १८ हजार ६५४ रुख मध्ये प्रतिरुख बराबर १० रूप रोप्ने आयोजनाले जनाएको छ । महेन्द्र राजमार्गको नामले चिनिने यो पूर्व पश्चिम राजमार्ग २०१९ साल वैशाख १ गते नवलपरासीको गैँडाकोटमा तत्कालीन राजा महेन्द्र वीर विक्रम साहले शिलान्यास गरेका हुन् । यो राजमार्गले मधेस प्रदेशको पर्सा जिल्ला बाहेक सबै जिल्लालाई छोएको छ ।



























































Discussion about this post