धनगढी: कैलालीमा विश्वमै दुर्लभ चरा सारसको सङ्ख्यामा बढोत्तरी भएको छ । गतवर्ष तीनवटा सारस देखा परेकोमा यस वर्षको मनसुनमा पाँचवटा सारस देखा परेका हुन् ।भजनी नगरपालिका–३ र ८ मा पाँचवटा सारस देखापरेका हुन ।
कैलालीमा पहिले प्रशस्त मात्रामा सारस पाइएकोमा बीचमा हराएका थिए । पछिल्लो केही वर्षदेखि फेरि सारस देखा परिरहेका छन् । सिमसार क्षेत्रको सूचक र पारिस्थितिक प्रणाली स्वस्थताको प्रतीक मानिने सारस विश्वको सबैभन्दा अग्लो उड्ने चरा मानिन्छ ।
विश्वमै दुर्लभ यो चरा प्रजातिलाई नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित चरा प्रजातिको सूचीमा राखेको छ । करिब पाँच फिट अग्लो हुने सारसको तौल १० केजीसम्म रहने गर्दछ । यी चराले खुल्ला सिमसार क्षेत्र, सिञ्चित धान खेत, पोखरी र ताल आसपासमा गुँड बनाएर बच्चा कोरल्ने गरेका छन् ।
नेपालमा सारसको कुल सङ्ख्या अनुमानित ४५० देखि ७०० सम्म रहेको नेपाल पन्क्षी संरक्षण सङ्घले जानकारी दिएको छ । जसको कुल सङ्ख्याको करिब ८५ प्रतिशत सारस रुपन्देही र कपिलवस्तुमा रहेको जनाइएको छ ।



























































Discussion about this post