काठमाडौं: गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू सहभागी भएका छन् ।
गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतका शीर्ष नेताले नृत्य गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व टुँडिखेलमा पनि मनाइएको हो । गौरापर्वको मुख्य दिन आज गौरा मनाउन शीर्ष नेताहरू टुँडिखेल पुगेका हुन् ।





























































Discussion about this post