डडेल्धुरा: डिभिजन वन कार्यालय डडेल्धुरामा एक सातादेखि कामकाज ठप्प भएको छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यालयको कामकाज ठप्प भएको हो ।
योजना शाखामा ताला लगाई वन अधिकृत कृष्ण बोहरा घर बिदामा बस्दा कामकाज रोकिएको हो । वन कार्यालय पुग्ने सेवाग्राहीलाई काम नभई फर्किनुपरेको छ भने टाढा जोगबुडा क्षेत्रका सेवाग्राही पाँच दिनदेखि काम हुने आशामा जिल्ला सदरमुकाममै बसेका छन् ।
डिभिजन वन कार्यालयले गत वर्षका योजनाहरूमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि डिभिजन वन अधिकृत रामविचारी ठाकुर सरुवा भई कैलालीको पहलमानपुर गएका छन् ।
वन अधिकृत बोहरा भदौ ५ गते देखि ८ गते सम्म घरबिदामा बसेको पाइएको जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रशासकीय अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रप्रसाद ओझाले बताए । वन कार्यालयको कामकाज ठप्प रहेको जानकारी पाएपछि छड्के अनुगमन गरेको जानकारी दिँदै उनले कार्यालय समयमा सेवाग्राहीको काम हुनुपर्ने बताए ।
उनकाअनुसार वन अधिकृत बोहरा र रणेन्द्र सिंह घरबिदामा बसेको पाइएको छ भने सुवास कुँवरको साउन २२ गतेदेखि हाजिर नलाएको पाइएको छ । कुँवरको हाजिरीमा भदौ ७ र ८ गते गन्याधुरामा काज लेखिएको भेटिएको उनले बताए ।



























































Discussion about this post