काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई परेको पितृ शोक प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुबा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले मन्त्री किराँतीप्रति समवेदना प्रकट गर्दै उनका बुबालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । मन्त्री किराँतीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको हो ।
प्रधानमन्त्री दाहालले लेख्नुभएको छ, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किराँतीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुःखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’



























































Discussion about this post