English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नाग पन्चमी विशेष: नागहरूको जिब्रो दुई फ्याँक कसरी भयो ?

टुरशाला by टुरशाला
भदौ ४, २०८०
in इतिहास/संस्कृति
A A
0
7
SHARES
  • शङ्करमान राजवंशी

नागले हामीलाई जल प्रदान गरी सुभिक्ष सहकाल बनाइदिने हुनाले हामी नागलाई पूजनीय मान्दछौँ । धारा, कुवा, इनार निर्माण गर्दा नागको आह्वान गरी पूजा गरिन्छ । नागलाई पूजा गर्दा कपासको नाग बनाई पूजा गरेको हामी देख्छौँ, जसलाई ‘पुइँ हायेगु’ भन्दछन् ।

गोरखनाथ नेपाल उपत्यकामा आउँदा गोरखनाथलाई यहाँका जनताले टेरपुछ गरेनन् भनी रिसाई नागमण्डल खिची आसन गरी मृगस्थलीमा बसी समाधीमा रहँदा अनावृष्टि भई दुर्भिक्षले हाहाकार भयो । अनि मत्स्येन्द्रनालाई यहाँ ल्याएपछि गोरखनाथ उठी आफ्ना गुरु मत्स्येन्द्रनाथलाई भेट्न जाँदा गोरखनाथले आसन गरी राखेका नागहरू बन्धनबाट मुक्त भई आ-आफ्ना स्थानमा जान पाएपछि वृष्टि भई सहकाल भयो भन्ने कुरा वंशावलीमा उल्लेख छ । प्रति वर्ष नागपन्चमीको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्ने चलन छ ।

यस तस्बीर भारतको हुनुपर्दछ

हाम्रो चाडपर्वहरूमा नागपन्चमीलाई चाडको रूपमा नलिई पर्वको रूपमा लिइन्छ । कारण चाडको रूपमा लिँदा भोजको प्रबन्ध हुन्छ । पर्वको रूपमा लिँदा भोजको प्रबन्ध हुँदैन, केवल पूजा मात्रै हुन्छ । त्यसैले नागपन्चमी पर्वको रूपमा लिइएको भन्ने स्पष्ट छ ।

पर्व शब्दले घटना विशेषलाई बुझाउँछ भन्ने कुरा प्राय: सबैलाई थाहा भएकै हुनुपर्छ । किनभने कोतपर्व, भण्डारखालपर्व, ४२ सालपर्व, ७ सालपर्व भनी यो ऐतिहासिक घटना घटेकालाई पर्व भन्दछन् । त्यस्तै पौराणिक कुरालाई हेर्दा महाभारतमा शल्यपर्व, द्रोणपर्व, भीष्मपर्व आदि १८ पर्वको घटना वर्णित छन् । त्यसकारण नागपन्चमी पनि कुनै घटना घटेको दिन हुनाले त्यसलाई पर्वमा लिइएको हो भन्ने कुरा स्वत देखिन्छ । त्यस नागपन्चमीको दिन के घटना घटेको होला र नागपन्चमी भनी नाम किन रह्यो भन्नेबारे विचार गरिन्छ ।

नागपन्चमी कसरी घटना हो ?

ब्रह्माको दिनलाई १ कल्प भन्दछन् । हजार महायुगको १ कल्प हुन्छ । १ महायुगमा सत्य, त्रेता, द्वापर र कलि गरी ४ युग बित्छन् । प्रत्येक युगमा घटना घट्छ । कारण सत्ययुगमा चारै पाउ धर्मले युक्त हुने हुँदा अधर्मको लेश पनि हुँदैन । जब त्रेतायुग लाग्छ, त्यस बखत १ पाउ धर्म घट्छ र ३ पाउ मात्र धर्म, १ पाउ अधर्म रहन थाल्छ । त्रेतायुग पछि जब द्वापरयुग लाग्छ, त्यस बखत २ पाउ धर्म घट्छ र २ पाउ मात्र धर्म, २ पाउ अधर्म रहन थाल्छ । द्वापरयुग पछि जब कलियुग लाग्छ, त्यस बखत ३ पाउ धर्म घट्छ र १ पाउ मात्र धर्म, ३ पाउ अधर्म रहन थाल्छ । जब कलिले व्याप्त गर्छ अनि अधर्म अधर्म मात्र भई धर्मको लेश पनि रहँदैन । अनि १ महायुग समाप्त हुन्छ भनी मनुस्मृति धर्मशास्त्रमा बताइएको छ ।

नागपन्चमीको दिन, कलियुगको आरम्भ भएको दिन हो । त्यसैले नागपन्चमीको दिन ‘कल्कि जयन्ती’ भनी पात्रोमा लेखेको हुन्छ । कलियुगको आरम्भ हुनुलाई ५६ कोटि यदुवंशी ध्वस्त भई घटना घटेको थियो । ५६ कोटि यदुवंशी नाश भएपछि श्रीकृष्ण पनि स्वर्गारोहण हुनुभयो । श्रीकृष्णको स्वर्गारोहणपछि कलियुगको आरम्भ भयो भन्ने कुरा विष्णुपुराणमा वर्णित छ । जस्तै;

यदैवभवद्विष्णोरशोयातोदिवंद्विज :।
वसुदेवकुलोद् भूतस्तदैवकलिरागत :।।

(जब वसुदेवको कुलमा उत्पन्न भएका विष्णुका अंश श्रीकृष्ण स्वर्गारोहण हुनु भएथ्यो, त्यसै बेलादेखि कलियुगको आरम्भ भयो ।)

भागवत्मा पनि यो कुरा बताएको छ । जस्तै;

विष्णुर्भगवतोभानु कृष्णख्योऽ सौदिवंगत: ।
तदाविशत्कलिर्लोकेपापेयद्रततेजन :।।

(देवताका सूर्य भएका भगवान् श्रीकृष्ण स्वर्गारोहणण हुनुभए पछि मानिस पापमा रमाउन लागे । त्यसै बेलादेखि लोकमा कलि पस्यो । )

यसरी द्वापरयुग समाप्त भई कलियुगको प्रारम्भ भएको दिन हुनाले नागपन्चमीको दिनलाई पर्व मानिएको हो तर, कलियुगसँग नागको कुनै सम्बन्ध नदेखिनाले नागपन्चमी भनी नागको पूजा गर्नु पर्ने कारण के थियो भन्ने मानिसलाई प्रश्न आउनु स्वाभाविक छ । त्यस कारण नागपन्चमीबारे अब विचार गर्नु परेको छ ।

त्रिपुरेश्वरस्थित हाल नमस्ते पे रहेको भवनसँग जोडिएर पुरानो इनारको छानो, तस्बीर: राजु झल्लु प्रसाद

ब्रह्माले सृष्टि गरेका सारा कल्पवृक्ष खडेरीले नाश भएपछि मानिसहरूको जीविका गर्ने आधार नहुँदा मानिसहरू ब्रह्माका पुकार्न गएथे । अनि ब्रह्माले मेघमण्डल सृष्टि गरी आकाशबाट अमृत रस चुहाइदिए । त्यस रसले पृथ्वी हराभरा भई पृथ्वीबाट सारा अन्न फलफूलको उब्जनी भयो । अनि त्यसबाट मानिसहरूले जीविका गर्न थाले भन्ने कुरा मार्कण्डेयपुराणमा वर्णित छ ।

यहाँ आकाशबाट अमृत रस चुहाइदिए भन्नाको तात्पर्य ‘वृष्टि गरिदिए’ भन्ने हो । मेघमण्डललाई नाग भन्दछन् । यसरी आकाशबाट मेघमण्डल बनी वृष्टि हुन थाल्दा पृथ्वीमा बाढीले पीडित हुनु, वज्रपात भई पृथ्वी मासिनु धेरै सम्भव थियो । किनभने भगीरथले आकाशबाट गंगाजी ल्याउँदा पृथ्वी मासिने डर भई महादेवको तपस्या गरी महादेवद्वारा पृथ्वीको रक्षा गरेथे । त्यस्तै आकाशबाट अमृत रसरुपी वर्षा हुँदा सुरक्षाको लागि मेघमण्डलका अधिपति नागराजाहरूको आह्वान गरी दिग्बन्धन गरेथे । यो दिन श्रावणशुक्ल पन्चमी थियो । त्यसैले श्रावणशुक्ल पन्चमीलाई नागपन्चमी भनी नागपूजा गर्ने प्रथा चलेको हो ।

तस्बीर: नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ

श्रावण महिनामा झरी बादल लाग्ने हुँदा ‘साउने झरी’ भन्दछन् । साउने झरीमा अमृतरस हुने हुँदा असारमा रोपेको धान साउनको झरीले पोटिलो हुन्छ । हरेक फलफूल विरुवाहरू हराभरा भई लहलहाउँदा हुन्छन् । त्यसैले ‘साउनको हरियाली’ भन्ने प्रसिद्ध छ ।

नागपन्चमी को दिन स्वर्गलोकका नाग तक्षक, पाताल लोकका नाग अश्वतर, अरु दिक्पालका नाम: कर्कोट, धार्तराष्ट्र, शंखपाल, रत्नचूड आदि अष्टनागलाई आह्वान गरी नागको चित्र ढोकामा टाँसी गोबरद्वारा शुद्धि गरी दुबो राखी गाईको दूध फलफूल नैवद्यले पूजा गर्छन् । साथै वज्रपातको भय निवारणको लागि अगस्त्य, पुलस्त्य, वैसम्यायन, सुमन्तु, जैमिनियो पाँच ऋषिमुनिलाई पनि आह्वान गर्छन् । नागचित्रमा यी पन्चऋषिका नामाङ्कित श्लोक पनि लेख्ने गर्छन् । जस्तै;

अगस्त्यश्र्वयुलस्त्यश्र्वैसम्यायनएवच ।
सुमन्तुर्जैमिनिश्चैवपन्चैतेवज्त्रवारका: ।।

उक्त पाँच ऋषि बज्रलाई रोक्न सक्ने क्षमता भएका हुनाले ती पाँच जनालाई बज्रवारक भन्दछन् । श्रावणशुक्ल पन्चमीको दिन घरको ढोकामा गोबरले शुद्धि गरी नाग चित्र टाँसी पूजा गर्यो भने नागदोष र गरुड भय नाश भई उनीहरूको सुदृष्टि पर्दछ भनेर गरुडतन्त्रमा बताएको छ । अग्निपुराण तथा क्रियासमुच्चयमा पनि नागपन्चमीको महत्त्व बताइको छ । स्कन्दपुराणमा नागपन्चमीको व्रत बस्ने विधान पनि बताएको छ ।

यसरी श्रावणशुक्ल पन्चमीको दिन ढोकामा नाग टाँसी पूजा गर्यो भने गरुडको भय हुँदैन भनेर गरुडतन्त्रमा जो बताइयो, त्यसमा गरुड पूजा नगरिने हुँदा गरुडको भय कसरी नाश हुन्छ भनी प्रश्न आउनु स्वाभाविक छ किनभने नाग गरुडको आहारा हो भने कुरा सबैलाई थाहा छ । त्यसकारण नाग र गरुडको एक कथा प्रसंगवश प्रस्तुत गरिन्छ ।

नाग र गरुडको कथा

एक दिन नागको आमा र गरुडको आमाको परस्पर संवाद हुँदा सूर्यको रथको घोडा सेतो हुन्छ कि कालो हुन्छ भनी दुई जनाको बाजी माथ पर्यो । गरुडकी आमाले सेतो हुन्छ भनिथिइन् । नागकी आमाले चाहिं कालो हुन्छ भनिथिइन् । यसमा परीक्षा गर्दा जसले हार्छ, त्यसले जनमभर जित्नेको कमारी हुनुपर्छ भन्ने प्रतिज्ञा थियो । त्यसपछि परीक्षाको दिन निधो गरी दुवै जना आफ्ना आफ्ना घर गए ।

नागकी आमाले आफ्ना छोराहरूलाई आफूले बाजी माथमा प्रतिज्ञा गरी आएको कुरा सुनाउँदा छोराहरूले आमा हार्ने कुरा बताए । अनि आमाचाहिंले ‘तिमीहरू छँदाछँदै मलाई जसरी भएपनि बचाउनु पर्यो’ भनी छोराहरूलाई भन्दा छोराहरूले आमालाई बचाउन निमित्त एउटा युक्ति बताए र परीक्षा गर्ने निधो गरिएको दिनको केही समयअघि ‘हामीहरू घोडाको प्रत्येक रौंमा टाँसिएर बस्नेछौँ, तपाई दुवै जनाले टाढैबाट हेर्नु होला’ भनी नागहरू सूर्यको घोडाको रौंमा टाँसिन गए । नागको आमा र गरुडकी आमा परीक्षाको दिन सबेरै गएर हेर्न गए । न भन्दै सूर्यको घोडा कालो देखे । त्यस  दिनदेखि गरुडकी आमा नागकी आमा कहाँ कमारी भएर कमारी काम सब गर्ने गरेकी थिइन् ।

तस्बीर : राजु झल्लु प्रसाद

गरुड ठूलो भएपछि गरुडले विष्णुकहाँ नोकरी पाएथे । गरुडको आमाले आफ्नो कमारी काम सिद्ध्याई छोरालाई खुवाउन घरधन्धा गर्दा जहिले पनि अबेला हुन्थ्यो । अनि गरुडले एक दिन आमासँग सोधे, ‘आमा किन यसरी जहिले पनि हत्तरपत्त गरी अबेलामा घर धन्धा गर्नु हुन्छ ?’ यसरी गरुडले आमासँग सोधेपछि आफू कमारी हुनु परेको बेलिविस्तार गरिन् । त्यस कमारीबाट छुटकारा पाउन दिए छुट्कारा पाइन्छ भनी गरुडले आफ्नी आमालाई नागकी आमा कहाँ भन्न पठाए । ‘इन्द्रकहाँ रहेको अमृत घडा पाए छुट्कारा पाइन्छ’ भन्ने उत्तर पाए ।

अनि गरुडले इन्द्रकहाँ अमृत घडा लिने कोशिश गर्दा इन्द्रको र गरुडको घमासान युद्ध भयो । इन्द्रले बज्रले हानी गरुडलाई घायल पारिदिए । अनि गरुड विष्णुकहाँ शरण पर्न गए । विष्णुले इन्द्रलाई डाकी युक्ति बताई अमृत घडा दिएर भने, ‘हे गरुड, यो अमृत घडा लिएर नागलाई दिनु! तर कुशवनमा अमृत घडालाई राखी सबैले एकै चोटि गंगाजीमा नुहाई एकै चोटि सबैले खानू भन्नू ।’ यति इन्द्रले भनेपछि गरुडले ‘हवस्’ भनी अमृत घडा लिएर नागको आमाकहाँ आएर इन्द्रले भने बमोजिम अमृत खाने विधि बताए ।

नागहरूको जिब्रो कसरी दुई फ्याँक भयो ?

नागहरू सबै भोलिपल्ट सबेरै अमृत घडा लिएर कुशवनमा गई हमृत घडा राखी गंगाजीमा नुहाउन भनी गंगाजीमा पसेथे, त्यसै बेला इन्द्रले सुटुक्क अमृत घडा लिई त्यसको ठाउँमा नक्कली घडा लडाई स्वर्गतिर प्रस्थान गरे । नागहरूले नुहाइसकी अमृत घडा भएको ठाउँमा आएर हेर्दा अमृत घडा लडिरहेको देखे । अमृत पोखिएपछि भनी हत्तरपत्त सबैले कुशवन चाट्दा नागहरूको जिभ्रो दुई फ्याँक भयो । त्यसैले  नागहरूको जिभ्रो काटिएको भन्ने कथानक छ ।

नागहरूको कपट गरी आफ्नो आमालाई दु:ख दिएको रीसले गरुडले महादेवको तपस्या गरे । महादेव खुशी भई वर मागभन्दा गरुडले ‘नाग मेरो आहारा हवस्’ भनी मागे । महादेवेले ‘प्रमुख दिक्पाल नाग बाहेक अरु नागमात्र खान पाउँछ, प्रमुख दिक्पाल नागसँग मित्रता नै गर्नु पर्छ’ भनी शर्त राखी वरदान दिए  । त्यसकारण प्रमुख दिक्पाल नाग गरुडको मित्र हुनाले नागपन्चमीमा नागपूजा गर्दा गरुडको भय हुँदैन भनी गरुडतन्त्रमा बताइएको हो । नागको चित्र टाँसी पूजा आह्वान गरी भक्ति गरेपछि आफ्नो भक्त उपर उनीहरूको सदृष्टि पर्नु स्वाभाविकै हो ।

यस दिन चाँगुमा गरुडको पनि विशेष पूजा हुन्छ । गरुडलाई चढाएको वस्त्रप्रसाद लिन मानिसहरूको ओइरो लाग्छ । सो प्रसादको जन्त्र धारणा गरेमा सर्पको भय हुँदै भन्ने अनुश्रुति छ । त्यसैले बज्रपातबाट सुरक्षा हुने दृष्टिले दिक्पाल नागले मन्दिरहरूमा घेरेर राख्ने चलन चलेको हो । शिव मन्दिरमा त शिवजीको गहना  नै नाग भएको हुनाले नाग राखिनु स्वाभाविक छ । तर अरु मन्दिरमा पनि नाग राख्नाको कारण सुरक्षाको दृष्टिले नै राखिएको भन्ने बुझिन्छ ।

समुन्द्र मन्थनको दृश्य

जस्तै मन्दिरहरूमा द्वारपालको रूपमा सिंह राख्ने गरिन्छ । त्यस्तै नागलाई पनि द्वारपालको रूपमा राखेको हामी देख्छौँ । नागलाई डोरीको रूपमा लिइएको कुरो पनि हामी कथामा पाउँछौँ । जस्तै समुद्र मथन लिइएको वर्णन छ । त्यस्तै, त्रिपुरासुर दैत्यलाई मार्न शेष नागलाई धनुको तारोको रूपमा लिइएको वर्णन हामी पाउँछौँ । त्यसैले मन्दिरहरूमा वरिपरि घेरेर राख्नाको मतलब डोरीको रूपले बाँधेको भन्ने बुझिन्छ ।

मन्दिरहरूमा मात्रै होइन घर-सत्तलहरूमा पनि नागले बेरेर राखेको हामी देख्छौँ । यसरी घर सत्तलमा समेत नाग राख्नाको मतलब दुष्टजनहरूबाट हुने हानि-नोक्सानीको सुरक्षाको लागि राखेको भन्ने बुझिन्छ । ढुङ्गेधारामा नाग राख्नाको मतलब पानीको सुरक्षाको लागि राखेको भन्ने बुझिन्छ । इत्यादि कुराबाट नाग सुरक्षाको दृष्टिले नै राखेको भन्ने स्पष्ट हुन्छ ।

अब ती नागहरूले बेरेर राखेको घर- सत्तल मन्दिरहरूको केही उदाहरण तल प्रस्तुत गरिन्छ;

  •  काठमाडौं ठहिटी भगवतीवहालको भगवती मन्दिरमा नागले बेरेर राखेको छ ।
  •  काठमाडौं असनको अन्नपूर्ण देवीको मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं भोटाहिटीको गणेशको मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं रानीपोखरीको कुनामा रहेको १६ हाते गणेशको मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं असन बालकुमारी अगाडिको सत्तलमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं इन्द्रचोकको इन्द्रश्वर मन्दिर सँगैको महादेव मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं हनुमान् ढोका अगाडिको ठूलो घण्ट सँगैको मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं लायुकुलको महादेव पार्वतीले झ्यालबाट हेरेको घरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं हनुमान् ढोका कालभैरवको पछाडि रहेको सानो मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं हनुमान् ढोका ठाना अगाडिको पशुपति मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं मरुटोलको ठूलो गरुडको सँगैको मन्दिरमा पनि नागले बेरेर राखेको छ ।
  •  काठमाडौं भीमसेननाथको शिवालयमा पनि नागले बेरेर राखेको छ ।
  •  ललितपुर टुसाहिटीमा पनि नाग देवता राखेको छ ।

यसरी देवीको मन्दिर, गणेशको मन्दिर, शिवजीको मन्दिर तथा घर- सत्तलहरूमा नाग राखेको उपर्युक्त केही उदाहरण हुन् । यसै गरी अन्त पनि मन्दिरहरूमा धाराहरूमा नाग राखेको उदाहरणहरू प्रशस्त पाइन्छन् । (नेपाली संस्कृतिबाट)

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions