काठमाडौं: नागरिक उड्डयन प्राधिकरणले दुर्गम गन्तव्य उडानमा जारी गरेको नयाँ मापदण्डलाई वायुसेवा संचालक संघले मुलुकको उड्डयन क्षेत्रका लागि उपयुक्त भनेको छ ।
करिब एक महिनायता प्राधिकरणले जारी गरेको बर्खे मापदण्डप्रति असन्तुष्टि जनाउँदै आएकोमा संघले पछिल्लो समय जारी गरिएको नयाँ निर्देशिका स्वागतयोय रहेको जनाएको हो ।
‘हामी हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौँ । हवाई उडान संचालन गर्दा भविष्यमा आइपर्ने विविध कठिनाइका विषयहरूमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने छौँ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले कर्णालीसहित पहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा हवाई सेवा लिँदै आएका जनता तथा पर्यटकमा पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै नयाँ सुरक्षा निर्देशिका जारी गरेको थियो ।



























































Discussion about this post