कालीकोट: कर्णाली करिडोर जोड्ने खुलालु पुलको नजिकै सडक मर्मत कार्य सुरु भएको हुँदा एक साता कर्णाली करिडोर बन्द हुने भएको छ । सडक मर्मत गर्न भदौ १ गतेदेखि करिडोर बन्द हुने भएको हो ।
करिडोर जोड्ने कर्णाली पुलको बायाँपट्टिको उकालो सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो । दोस्रो पटकमा ठेक्का स्वीकृत भइ काम पनि सुरु भएको हो । कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले चार करोड ७० लाख ६२ हजार ३९८ रुपियाँ ८५ पैसामा ठेक्का सम्झौता भएर काम सुरु गरेको बताए ।
खुलालु पुल नजिकैको ओरालो सडक मर्मत भएमा जुनसुकै यातायातलाई आउजाउ गर्न सहज हुनेछ । उक्त सडक ढलान गरिने भएको छ । ओरालोमा ग्राभेल गर्दा पानीले बगाउने र पिचसमेत नटिक्ने भएपछि ढलान गर्न लागिएको हो ।
सुर्खेत तथा नेपालगन्जबाट आउने यातायात र हुम्ला, मुगु, बाजुरा र कालीकोटको प्रदेश (ख) बाट चल्ने सबै लामो दूरीका गाडी एक हप्तालाई बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै एक हप्तासम्म सडक बन्द हुने जानकारी गराएको हो ।



























































Discussion about this post