नुवाकोट: नुवाकोटमा लामो समयदेखि मुद्दा थाती रहँदा लाखौँ मूल्यका सालका काठ कुहिएका छन् भने ढुवानीका साधन कवाडी बन्दै गएका छन् । वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी समस्याका कारण समयमै न्यायिक निरूपण तथा छिनोफानो नहुँदा कार्यालय परिसरमा रहेका सयौँ क्युफिट सालको काठ एवं वन पैदावार कुहिने अवस्थामा रहेको हो ।
सरकारी निर्णयका कारण कटान, मुछान र वन व्यवस्थापनको कामसमेत प्रभावित हुँदा वन क्षेत्रको गुणस्तरमा समेत असर परेको छ । सदुपयोग गर्न नपाउने भएपछि वनमा रहेका बुढा र सुकेका काठ सङ्कलन गर्न नसक्दा वनको गुणस्तरमा ह्रास हुँदै गएको छ ।
वन ऐन, २०७६ अनुसार वन पैदावारसम्बन्धी मुद्दामा देखिएको क्षेत्राधिकारसम्बन्धी विरोधाभाषका कारण अनुसन्धान तथा फैसलामा समस्या हुँदा प्रदेश सरकार मातहत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएका वन पैदावारसम्बन्धी मुद्दा लामो समयदेखि थाती रहेको हो । प्रदेश सरकारअन्तर्गत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएको वन पैदावारसम्बन्धी १४ वटा मुद्दाको अनुसन्धान तथा न्यायिक निरूपणमा समस्या भएको हो ।
सरकारले सामुदायिक वन फँडानीलाई नियन्त्रण गर्ने उद्देश्यले करिब एक दशक अघिदेखि अवैध रुख कटान र सालको काठ ओसारपसारमा पूर्ण रोक लगाएको छ । योसँगै डिभिजन वन कार्यालय नुवाकोटले विभिन्न समयमा पक्राउ तथा नियन्त्रणमा लिएका सालका गोलिया र तयारीसहित सयौँ क्युफिट काठमा धुलिया लागेको छ ।



























































Discussion about this post