धनकुटाः धनकुटा नगरपालिका–२ सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर जीर्ण बन्दै गएको छ । मानव शरीरका हड्डीहरू रहेको भीरमा रहेको ढुङ्गा मुनि गौँथलीको गुँडजस्तै देखिने घर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
गौँथली चराले बनाएको माटोको गुँड झैँ देखिने ढुङ्गा र माटोबाट बनेको घर पहरामा रहेको ओढारमा छ । घरभित्र मानव शरीरका अस्थिपञ्जर रहेका छन् । कुनै समयमा पञ्चकन्या आएर उनीहरूले सो घर बनाएको किम्बदन्ती रहेको छ। ती पञ्चकन्या आएर बसेपछि रातका समयमा टुकी बालेर बस्दा उज्यालो देखेर दुस्मनले धनकुटाको साँगुरीगढी आसपासबाट बाण हानेर मारेको किम्वदन्ती रहेको स्थानीय रणबहादुर बस्नेतले बताए ।


केही वर्ष अघिसम्म राम्रो देखिने उक्त घरको केही भाग अहिले जीर्ण बनेको छ । घरमा चढ्न भुईँबाट ७ मिटरको भर्याङ रहेको छ । घर अनौठो प्रकारको रहेको हुनाले यसको संरक्षण र घर भित्र रहेका वस्तुको विज्ञबाट अनुसन्धान गरिनुपर्ने आवाज पनि उठेको छ । हालसम्म कुनै लिखित इतिहास नभेटिएको सो ठाउँलाई पञ्चकन्या देवि भनेर पूजा गर्ने गरेको र पूजा गर्नाले मनोकान्छा पुरा हुने विश्वास रहेको स्थानीय ध्रुव बस्नेतले बताए ।
जङ्गलको बिचमा रहेको पहरामा भएकाले पुग्न निकै अप्ठ्यारो छ । पौराणिक घरलाई संरक्षणको अभाव भएको छ। पहिला पाँच मानव कङ्गाल, माटोका भाँडा र महिलाले लगाउने बहुमूल्य वस्तु रहे पनि हाल अधिकांश वस्तु चोरी भएको बताइन्छ ।





























































Discussion about this post