कास्की: मंगलबार खराब मौसमका कारण पोखरामा हवाई उडान प्रभावित बनेको छ ।
बिहानैदेखिको निरन्तर वर्षाका कारण मंगलबार पोखरामा एउटा पनि उडान हुन सकेको छैन् । उडान ठप्प हुँदा पोखरामा हवाई यात्रु अलपत्र परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
मंगलबार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । त्यस्तै, जनकपुरमा पनि मंगलबार केही ढिला मात्र विमानस्थल खुलेको थियो । यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा भने अवरोध आएको छैन ।



























































Discussion about this post